Skip to content


कोरे पत्र अभिवादनको रतन्धोलाई
जो पिलाउँदै थियो दूध सर्पलाई
वरदान र अभिशाप नचिन्ने अन्धो
मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो
ज्यानमारा मुर्दाको बारीमा
दापमा राखिएको भुत्ते खुकुरीलाई
उद्धयाएर हिँडेकी कुखुरी
बिजुलो छिनाल्दै राग सुघ्दै थिई
धारिलो खुकुरीको आडमा
भेटे पत्र आक्रमणको
तल्तले नगरे विषादी भट्टको
सैन्य बल खडा छन् रे तल
तापेर बसेको आगो चन्दनको
आउँछन् रे छिट्टै खेल्न होली रगतको
छिनाल्न माथ नेपाली भ्रातृत्वको
को थिए र दरिद्र शङ्कर यहाँ
चुडिन गयो नाता रगतको

मैतिदेवी, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *