म त हेर अपाङ्ग हुँ छैन मेरो भर
साथी भाइ मदेखि त धेरै भए पर
किन मलाई सबैजना हेला गर्दै छन्
वाणझैँ तिखा वचन मलाई छर्दै छन् ।

दैवले नि किन मलाई यस्तो पारिदिए
पढ्ने लेख्ने उमेरमा कुँजो बनाइदिए
पढ्ने लेख्ने रहर मेरो अझै बाँकी छ
घृणित भई यो समाजमा बाँच्नु पर्‍या छ ।

अपाङ्ग नि यही देशका मान्छे होइनन् र
अपाङ्गको यहाँ कुनै हक छैन र
छ भने अपाङ्गको कुरा सुन्नु पर्‍यो
अपाङ्ग नि सक्षम छन् सबले बुझ्नुपर्‍यो ।

दिनेशकुमार श्रेष्ठ,कक्षा ः ९,
सरस्वती उमावि, खानी भन्ज्याङ,ओखलढुङ्गा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *