नपर्खे बहिनी तिहारमा मलाई दोबाटो कुरेर
ओइलाई जाला नराखे अब फूल माला उनेर
आउने बाचा तोडेको भनी नश्राप्नू मलाई
आउदो साल दिल खोली बहिनी हसाउँला तिमीलाई
साइँला र माइला लिंगे पिङ लाउन बाबियो बाट्दा हुन्
लाउरे र गाउँले चौतारी बसी दुख सुख साट्दा हुन्
सोध्दा हुन् मलाई हर्क र वृष दौंतरी सबैले
सम्झना छ रे आघौं आउँछ भन्दिनू तिमीले
देउसी-भैली आउलान नाचगान गर्लान् आँगनी भरेर
नाङ्लामा सजाई दान दिनू बहिनी दीपज्योति बालेर
हाँसेर मनाऊ तिहार हाम्रो घन्काउ मादल
सबैले मिली हटाउनू बहिनी हिंसाको बादल
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया

धन्यवाद बिमल जी मार्मिक
धन्यवाद बिमल जी मार्मिक कविताको लागि!
आउँदो दिनमा पनि यहाँको कलमले सधैं मार्मिक्तालाई
अङ्गालेर निरन्तर चली रहोस् भन्ने कामना सहित
दिपावलीको शुभकामना ब्यक्त गर्दछु
यहाँका दिन शुभरहुन्
गीता थापा
ईजरायल
बिमल जी तिहारको पनि अग्रिम
बिमल जी तिहारको पनि अग्रिम शुभकामना,
बनाउदिना अब हसिलो बनाबटी मुहार |
गर्दिन आशा घुमेर आउने प्रतेक तिहार |
मानेर पूजेको थिए एउटा दाजु त्यो पनि भएन,
मुंगलान भासिएको २५ वर्ष भयो फर्केर आएन,
तिहारको कविता पस्किनु भएको ठिक लागो,
तपाइलाई धन्यबाद |”
मिना बान्तवा,
देउसी-भैली आउलान नाचगान
देउसी-भैली आउलान नाचगान गर्लान् आँगनी भरेर
नाङ्लामा सजाई दान दिनू बहिनी दीपज्योति बालेर
हाँसेर मनाऊ तिहार हाम्रो घन्काउ मादल
सबैले मिली हटाउनू बहिनी हिंसाको बादल
तपाईंको यो मिठो रचनाको लागी धन्यवाद र तपाईंमा शुभ दीपावलीको शुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना
Bimal ji ani ramro lagyo
Bimal ji ani ramro lagyo safalatako subhakaamana