Skip to content


राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि
आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि
त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी

रातै नीद भयो, भयो फरक के फर्की उषा आउँछ
पैलेदेखि अझै निरन्तर हुँदै धर्ती सदा गाउँछ
छर्दै छन् मुटुका कथा कति यहाँ छन्दै पियारो बनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी

गाऊँ गीत र काव्यका स्वर छरुँ, रेटुँ कि तारै बसी
जे गर्दा पनि छर्छु रे हृदयका पन्नाहरूमा खुसी
स्वादै तिक्खर हुन्छ, दिन्छ रस त्यो टाँकिन्छ छातीमनि
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *