Skip to content

मायाको मोल घट्ने विनिमय कस्तो

  • by


मायाको मोल घट्ने विनिमय कस्तो
सागरको पानीभन्दा आँसु भयो सस्तो ।

किनबेच हुन्छ माया बढेको छ भाउ
च्याँखे थापी बसीराख पर्खिएर दाउ ।

पसलेले पोको पारी माया बेचेजस्तो
सागरको पानीभन्दा आँसु भयो सस्तो ।।

मायाको बजारभित्र चलखेल चर्को
खाली हात र्फकन्छ क्वै, किनिलान्छ अर्को ।

मायाको परिसूचक किन यति खस्तो
सागरको पानीभन्दा आँसु भयो सस्तो ।।

-दियाले-५, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *