घाँसै ला ! कतिले भनेर विचरा सारै गरेथे अरे
ठूलो मानव पो भएर जगमा त्यो पो उदायो भरे
साँचो मानव भन्दथे जगतमा बाँच्नै कठिन हुन्छ रे
हो त्यो पागल हो भनेर कतिले राँची पुर्याए अरे
मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा
सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-
“जीवनको सार के हो ?”
करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः
र मनले खालि चाल पाउँछ ः
जीवन ! ओ जीवन ! अफशोच ! तेरो चोला, तेरो बास छोटो छ ।
आफैसँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुँड्न पाए हुन्थ्यो ! !
“ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो”२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
यो देश कसको हो र चल्छ कसको अधिनमा
बुझनै कठिन भो सारै गणतन्त्र नेपालमा |
जितने सडकमा सडछन् हार्ने सत्ता चलाउछन,
हार्ने नै यदी हुन् शासक, किन चुनाव गराउछन ?
पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिबन अभिशाप हैन न त हो श्राप नै,
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै।।
दुनियाँको यो चाला देखेर धैर्यको फुटिसकेको छ बाँध, यो धरतीको गृहकलहको महाभयङ्कर कुरुयुद्धमा बीभत्स बनेको छ, मानवगाउँ डामिएका छन्, फूलका वृक्षहरू विरूप बनेका छन् फूलको सौन्दर्य