पसिनाको रङ
श्रममा खुलेको मृदुल सरगम सुनिरहेछु । कलकल बगिरहेछ जीवन, छलछल चलिरहेछ जीवन । कलकल बगिरहेको जीवन पिइरहेछु । मस्त उमङ्गमा जिइरहेछु । दुःखका विद्रुप छायाँहरुले बिदा लिँदा छन् । जीवन मोहनिन्दार देखिँदो रहेछ । पसिनाले लथपथ छु र पनि सुखी छु । विहानीको पाँच बजेदेखि बेलुकीको आठ बजेसम्म श्रमरत छु, हाडगोडा मिहेनत गरिरहेछु र पनि सन्टुष्ट छु । पाँच बजे घरबाट निस्केको मान्छे आठबजे घर फर्किँदा पसिनाले लथपथ हुन्छु । पसिनाले शरीर भिज्छ, लुगा भिज्छ गर्मीमा प्रत्येक रात नुहाउँछु । एक ताजगीमा विश्राम गर्छु । पुनः सवेरै उठेर कर्मपथमा डट्छु । मेरो शरीरबाट कतिमाना पसिना बग्यो होला ? अनुमान लगाउन सक्तिन । तर पसिनाले एक मस्ति दिइरहेछ ।

आजको परिवेश भिन्न छ । म यो बन्द कोठामा एउटा कुनामा सिरक ओडेर भित्ताको सहारामा छु । के गर्नु र सहारा दिने अरु कोही भएन । बत्तीले आफ्नो उज्यालो दिने काम गरिरहेको छ । लक्ष्मीनगर, यो सुनसान वातावरणमा कयौं रात यही भित्ता, बत्ती र टेबलमा रहेकी उनीसँग भलाकुसारी गरेर बिताएको छु । ऊ सदैव मेरो साथको लागि लडिरहेकी हुन्छे, ऊ मेरे छेउमा आउँछे र मलाई सान्त्वना दिन्छे । निदाउन नसकेको देखेर होला ऊ पनि चिन्तित छे । किनकि भोलि उसलाई धेरै कुराहरू बुझाउनु छ मलाई ।
प्यारा नानीबाबुहरू !
तासमा मात्र होइन, जिन्दगीमा पनि हुने रै’छ –कट्फर । 
बडो प्रेमका साथ हजुर मनो गन्थन अघि सार्न प्रोत्साहन गर्नुहुन्थ्यो। हामी पछि सरे अघि सर्न बाटो प्रशस्त गर्नुहुन्थ्यो। पुरानो पुस्ताको अनुभव, अनुभूति र अनुमानको असली ज्ञाता भए मात्र नयाँ पुस्ताको विज्ञानले शुद्ध नतिजा दिन सक्छ भन्नुहुन्थ्यो। हजुरबा ! हजुरले एक पटक भन्नुभएको थियो, ‘जुही ! आफ्ना कुरा र परिस्थिति लुकाउनु भनेको आफूले आफैंलाई धोका दिनु हो। मान्यवरलाई सुनाउनु भनेको समस्या समाधानको लागि जिम्मा लगाउनु हो। आशा र भरोसा प्राप्त गर्नु हो।’
म के लेखुँ? र म के नलेखुबाट लामो समय गुज्रिरहे। लेख्नु र नलेख्नुको अन्तर र प्रभाव केलाउदा केलाउदै दिन गए। स्वान्त सुखायको लागि केही लेख्ने कि भन्ने त पहिलेदेखिनै लागेको थियो तर के लेख्ने? भन्ने चाहिँ धेरै भएको छैन।