नदेखिने दाम्लो


पशु एउटा देखिने दाम्लोले बाँधिने रहेछ तर मान्छे अगणित अदृश्य दाम्लाहरुले बाँधिदो रहेछ । बाहिरी दाम्लो फुकाउन सजिलो छ । भित्रिंदाम्लो फुकाउन अप्ठ्यारो छ । देखिने दाम्लो सजिलै फुकाउन सकिन्छ । नदेखिने दाम्लो फुकाउन निकै गाह्रो छ । हामी मान्छे थरिथरिका परिपरिका दाम्लोबाट बँधेरिएका छौँ । ती दाम्लालाई स्थूलआकारमा देख्न सकिन्न,ती दाम्लालाई बाहिरी इन्द्रियहरुले देख्न, छुन र अनुभूति गर्न सकिन्न । ती दाम्ला अदृश्य छन् । सूक्ष्म छन् । तिनलाई विचार, भाव र अनुभूतिका आँखाले देख्न सकिन्छ । तिनका रुपलाई महसुस गर्न सकिन्छ ।

रुसोले सत्यको अभिव्यक्ति दिएका हुन्, मान्छे स्वतन्त्र जन्मिन्छ तर जन्मेपछि चारैतिर सिक्री नै सिक्रीले कसिएको हुन्छ । सिक्री भनूँ, झँञ्जिर भनूँ, चेन भनूँ, दाम्लो भनूँ, पाश भनूँ कुरा एउटै हो । रुसोले मान्छे बँधेर्ने दाम्लोलाई संकेत गरेका हुुन् । हुनपनि हो शैशावस्था पार गरेर बाल्यावस्था लागेपछि मान्छेको गर्धनमा नानाभाँतीका दाम्ला गथेर्न सुरु गरिन्छ । ती दाम्लाहरू मातापिताले गथेर्छन् । गुरुले गथेर्छ । परिवारले गथेर्छ । समाजसंस्कृतिले गथेर्छ । धर्म, कानून र सामाजिक रीतभाँतले गथेर्छ । राज्यका आचारविचार र संहिताहरुले गथेर्छन् । जातभात र रिवाजहरुले गथेर्छन् । ती दाम्लाहरू किशोरावस्था, युवावस्था, वयस्क अवस्था, प्रौढावस्थामा अरु थपिँकदै जाइन्छ । र मान्छेलाई साक्षात् पशुकै अवस्थामा पुर्याइन्छ ।

मान्छे नदेखिने दाम्लोले कसिएको छ । अदृश्य दाम्लोले यसरी बँधेरिएको छ, जसलाई खोली दिने मुक्तिदाता उसले अहिलेसम्म पाएको छैन । यस विषयमा ज्यादै मार्मिक कथा सुनेको छु –फिरन्ता ऊँट व्यापारीहरुको झुण्ड कुनै सुदूर यात्रामा हिँडेको थियो । त्यो समूहमा सयवटा ऊँटका लस्कर थिए । दिनभरिको यात्रापछि उनीहरू बेलुका निर्जन एकान्तमा पुगे । जहाँ नजिक मानव बस्ती थिएन । उनीहरुलाई रात बिताउनु थियो । ऊँटलाई विश्राम दिनु थियो । आफूपनि सुस्ताउँनु थियो । बास बस्ने उपयुक्त थलोको खोजीगर्दा त्यस निर्जन एकान्त वनमा एउटा फकिरको कुटी भेटे । फकिरसित अनुमति लिएर त्यहीँ बास बस्ने भए । कुटी वरिपरिको चौरमा ऊँट बाँध्नलाई किला ठोक्नथाले । सयवटा ऊँटका सयवटा दाम्ला र सयवटा किला बोकेका थिएँ । जहाँजहाँ ऊँटलाई बेलुका बास राख्थे, त्यहाँत्यहाँ पहिले किला गाडेर ऊँटलाई बाँध्ने काम सम्पन्न गर्थे । अनि अन्य काममा लाग्थे । किला ठोक्ने मुङ्ग्रो पनि साथमै हुन्थ्यो ।

ऊँट व्यापारीहरू किला ठोक्तै गए, ऊँटलाई एकएक गरी दाम्लोले बाँध्दै गए । यसरी बाँध्दै जाँदा सयमा उनान्सयवटा ऊँट बाँधिसकेपछि एउटा ऊँटलाई किलो दाम्लो पुगेन । बोक्न त सयवटै बोकेका थिए । तर बाटोमा किलोदाम्लो झरेछ या हराएछ । उनीहरुलाई ठूलो आपत आइलाग्यो । अब एउटा ऊँट कसरी बाँध्ने नजिक गाउँ बस्ती थिएन । फेरि जहाँ आश्रय लिएका थिए । नंगाफकिरको कुटीमा आश्रय लिएका थिए । उसको कुटीमा किलादाम्लो रहने कुरापनि भएन । साँझ अरु घना हुँदैथ्यो । एउटा ऊँट राति भागिदियो भने उनीहरुलाई ठूलो घाटा पर्नेवाला थियो । साह्रै आपत परेपछि उनीहरू फकिरसामु गएर आफ्नो समस्या दर्साए –“सयवटा ऊँटमा एउटा ऊँटको किलोदाम्लो दुवै हराएछ । अब कसो गरौँ ? यो निर्जन ठाउँमा किलो दाम्लो पाउने के उपाय होला ? हाम्रो ऊँटको सुरक्षा कसरी गरौँ ?” फकिरले भन्यो –“तपाईंले देखिहाल्नुभयो, म त केहीचिज नभएको नंगाफकिर हुँ । मलाई केहीचिज चाहिने भए गाउँमै बसिहाल्थेँ । यो निर्जन जंगलमा एक्लै किन बस्थेँ होला ? जहाँसम्म दाम्लो र किलोको कुरा छ । मसित न त कहिल्यै ऊँटै थियो; न त कुनै पशुप्राणी नै थिए । तीचिजै नभएपछि किलोदाम्लो मेरो झुपडीमा हुने कुरै भएन । म तिमीहरुलाई किलोदाम्लो दिन असमर्थ छु ।”

उनीहरुले फेरि दुःखेसो पोखे –“यो निर्जन ठाउँमा ऊँटलाई त्यसै छोडिदियो भने भाग्नपनि सक्छ । हराउनपनि सक्छ । चोरले लैजानपनि सक्छ । अब कसरी बाँधेर राख्ने होला ? यस ऊँटलाई कसरी सुरक्षितगर्ने होला । हामीले केही सोच्नै सकेनौँ ।”

फकिरले सम्झायो –“यो निर्जन एकान्त कुटीमा तिमीहरुले कसै गर्दापनि किलोदाम्लो भेट्टाउन सक्तैनौ । तर ऊँटलाई सुरक्षित गर्ने एउटा उपाय भने म बताइदिन सक्छु । पहिलो गल्ती त तिमीहरुले यो गर्यौ कि केही चिज नभएको ठाउँमा बास बस्न आयौ । तलै गाउँमा बास बसेका भए यो समस्या व्यहोर्नै पर्दैनथ्यो । अब सुन, केही नभएको ठाउँमा बसेपछि एउटै उपाय छ, नभएको किलो ठोकेर, नभएको दाम्लोले बाँधेर त्यस ऊँटलाई रातभरि सुरक्षित राख्न सक्छौँ ।

फकिरको रहस्यदर्शी कुरा ऊँटव्यापारीले बुझ्न सकेनन् । कसरी नभएको दाम्लोले नभएको किलोमा ऊँट बाँधेर राख्न सकिन्छ । उनीहरुले प्रश्न गरे । उसले फेरि सम्झायो –“त्यो विचरा पशु हो । त्यो दिनदिनै बाँधिएर बानी परेको छ । अब तिमीहरू त्यसको नजिक जाओ । कसैले झोलाबाट किला निकाले जस्तो गर । अनि कसैले मुङ्ग्रोले ठोके जस्तो गर । अनि किलोमा दाम्लो मिलाए जस्तो गर । अनि कसैले ऊँट डोर्याएर ल्याएर नभएको दाम्लोले ऊँटको गलामा बाँधे जस्तो गर । अनि त्यसलाई बसाइदेऊ । त्यो बाँधिएर बसिहाल्छ ।

नभन्दै फकिरले अह्राएजस्तै उनीहरुले नभएको किलो भएजस्तै गरी भूइँमा ठोके । नभएको दाम्लोले भए जस्तै गरी ऊँटलाई बाँधे । सबै काम उनीहरुले बनावटी ढ्रंगले सम्पन्न गरे । तर नभएको किलोमा नभएको दाम्लोले बाँधिएर ऊँट रातभरि एकै ठाउँ बस्यो ।

उज्यालो भयो । ऊँटका फिरन्ते यात्रीहरू बाटो लाग्ने सुरसार गर्न थाले । सुरुमा बाँधिएका ऊँटको गलाबाट दाम्लो फुकाए । अनि किला उखेल्दै झोलाझ्याम्टा मिलाएर ऊँट खेद्न थाले । उनान्सय ऊँट दाम्लो खोलेपछि जर्याकजुरुक उठेर बाटो लागे । तर त्यो अदृश्यदाम्लोले बाँधिएको ऊँट आफ्नो थलाबाट उठेन । सबै साथीहरू बाटो लागि सक्तापनि त्यो ऊँट चल्मलाएन ।

ऊँट व्यापारीहरुले सोचे, बिनादाम्लो बाँधिएको ऊँट थलोबाट नउठ्नुमा पक्कैपनिरहस्य छ । पक्कै त्यो फकिरले यो ऊँटलाई टुनामुना गरेको हुनुपर्छ । उनीहरुको मनमा शंका उठ्यो । अदृश्य दाम्लाले बाँधिएको ऊँट आफ्नो थलोबाट नउठेको कुरा फेरि फकिरलाई सुनाए ।

फकिरले सोध्यो –“तिमीहरुले त्यसको गलाबाट दाम्लो खोल्यौ त ?”

उनीहरुले जवाफदिए –“दाम्लो नै गलामा छैन, के खोल्नु ? खोली राख्ने जरुरतै परेन ।”

फकिरले भन्यो –“यही त तिमीहरुले भूल गर्यौ । त्यो ऊँटलाई हिजो जुन दाम्लोले जसरी बाँधेका थियौ, त्यसरी नै खोली देओ न ।” फकिरको कुरा अँझै बुझेनन् उनीहरुले । उसले फेरि थप्यो –“अब तिमीहरू त्यहाँ गएर सधैँ जसरी दाम्लो फुकाउँथ्यौ । त्यसरी नै त्यसको गलाबाट दाम्लो खोलेजस्तो गर अनि किलो, दाम्लो उखेलेजस्तो गर । त्यसपछि त्यो हिँडिहाल्छ ।” नभन्दै फकिरले जसो जसो गर भनेको थियो त्यसै गरे । त्यति गरेपछि ऊँट जुरुक्क उठेर बाटो लाग्यो ।

कथाको सारले भन्छ –मान्छेपनि ऊँट जस्तै नदेखिने दाम्लोले बाँधिएकोछ । त्यो अदृश्यदाम्लोको बन्धनले मान्छेलाई जीवनपर्यन्त छोड्दैन । देखिने दाम्लो फुकाउन सजिलो छ । तर अदृश्यदाम्लो फुकाउन अप्ठ्यारो छ । मलाई लाग्छ, हामीलाई हुँदै नभएको किलोमा नभएको किलोमा बँधेरिएका छौँ । देखिने दाम्लाको बन्धन सजिलो खालको हुन्छ, खोल्न मिल्ने खालको हुन्छ । तर नदेखिने दाम्लाका बन्धन जटिल खालका हुन्छन् । मानिस ऐन, नियम, धर्म, संस्कृति, पार्टी, सामाजिक मूल्यका कथित अदृश्य दाम्लोले मात्र जेलिएको हुन्न । यसलाई त आफ्नै स्वार्थका साङ्लाले पनि फनफनी कसेको हुन्छ । आफ्नै अहम्का डोरीले बँधेरेको हुन्छ । मान्छे आफ्नै वासना वृत्तिका साङ्लामा फँसेको हुन्छ । आफ्नै कामना कृतिका दाम्लामा टुमोरिएको हुन्छन् । आफैँभित्रका पाखण्ड, ढोगँ र दुष्पुर आकाँक्षाका डोरीमा जेलिएको हुन्छ ।

पशुसित त विवेक र चेतना हुँदैन । जसले गर्दा उसले अदृश्य दाम्लोलाई सत्य ठान्छ । हुँदै नभएको दाम्लोलाई हो ठान्छ । गलामा दाम्लो छैन तर पनि मान्छेले बाँधेजस्तो गरिदिए पछि त्यसैलाई स्वीकार गर्छ । तर मानिस विवेकशील प्राणी भएरपनि यसलाई नदेखिने दाम्लाले पशुलाईभन्दा बढी बाँधेको छ । पशुको अदृश्य दाम्लो फुकाइदिने त मान्छे छ, तर मान्छेको गलामा बाँधेको अदृश्यदाम्लो फुकाउने मान्छे मैले आजसम्म भेटेको छुइँन । त्यो फुकाउने भन्दापनि दाम्लोको कथित भ्रमबाट ब्यूँझिने चेतनाको खाँचो छ । मेरो गर्दनमा कुनै प्रकारको दाम्लै छैन भन्ने मुक्तभावको उदय भएपछि मान्छेले साँच्चै मुक्ति पाउँछ ।

मृत्युको घडीमा लाशलाई चितामा चढाएपछि हाम्रो सनातन परम्पराले मृतकका बन्धनहरू खोली दिन्छ । जनै लाएको छ जनै चुडाइँ दिन्छन् । औंँठी, घडी, सिक्री, माला, पोते, मुन्द्री, गरगहना, चुराचुरी जे जति बन्धनयुक्त चिज छन्, तिनलाई शरीरबाट निकालिदिने वा चुँडाइदिने काम गरिन्छ । आखिर कम्मरको कन्धनी र ईंजार समेत चुडाई दिइन्छ । मान्छे बन्धनमा पर्छ भनेर । यी त देखिने दृश्यमान बन्धनहरू न हुन् । ऊभित्र उसलाई बँधेर्ने कति धेरै अदृश्य बन्धनहरू थिए होला । ऊ जीवित छदैँ ती बन्धन खोल्ने उपाय न त उसले खोज्छ । न त अरुले खोजी दिन्छ । निर्बन्ध हुने चेतनाको यात्रा कमै मानिसले गरिरहेको हुन्छ । तपाई मुक्ति भन्नुस्, मोक्ष भन्नुस्, निर्वाण भन्नुस् यसलाई जे नामले पुकारे पनिआखिर आफूलाई बाँध्ने अदृश्य दाम्लाको बन्धनबाट माथि निक्लिने हो । आफू भित्रबाट जागेपछि आफूलाई कस्ने अदृश्य दाम्लाका रुपहरू देख्न सकिन्छ र बिस्तारै अदृश्य दाम्लाका बन्धनबाट मुक्त हुने दिशातर्फ अभिमुख हुन थालिन्छ । त्यही यात्रा मुक्त बन्ने यात्रा हो, त्यहीयात्रा स्वायत्त बन्ने यात्रा हो । आफू स्वायत्त नबनी स्वतन्त्रताको साँचो सुख अनुभूति गर्न सकिँदैन ।

पुण्य कार्की
२०६९–११–०५

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *