
नटुङ्गिने यात्राको गन्तव्यमा अनेकौ सोच र जिम्मेवारीको भारि बोकेको काँध, उकुश मुकुसको वातावरण अनि दिशाहीन यो बटुक, साथ् दिदै छन् मेरा सोचले, आत्माविश्वासले अनि २-४ जना सहयात्री हरूले पक्कै पनि एकदिन मन्जिल पाउने अठोट का साथ् डगहरू लमकदै छन्, एक अलौकिक संसारको विचरण गर्ने अभिलाषा र महत्वाकान्छा को सहयोगमा, सपना हरू साकार होलान वा नहोलान तर बिश्वास छ अवस्य एकदिन पुरा हुनेछ ।
राजनीति को यो रंगमंचको यात्रामा थुप्रै पात्रहरूको भिडमा आफुलाई प्रतिष्ठापित् गर्ने होड र दौडको दयनिय वातावरण्मा देशको सिमाना मिच्दै, संरचनाहरू भत्काउदै, बिखन्डन गर्न लालाहित, अर्थतन्त्रकै मेरुदण्डलाइ भाच्दै, कसैको इसारामा नाची हिड्ने, कुर्सि र सत्ताको मोहजालमा सम्बृद्ध र उन्नत नेपालको खोक्रो भाषण दिदै १००औ वर्ष पछाडि धकेल्दै तछाड मछाड गर्दै उफ्री रहेका छन्, नाची रहेका छन् बेसुरे लयमा अनि तिनैका श्रोताबिन्द हरू सोहि लयको मोहजालमा पर्दै तिनैलाई शिखर मा राख्दै तिनैको नाचगानमा रमेको देख्दा आस्चर्य लाग्छ यो कस्तो यात्रा हो ? कस्तो गन्तब्य ?