Skip to content

जलवायु परिवर्तनले मानिसमा घात भयो

  • by


जलवायु परिवर्तनले मानिसमा घात भयो
विज्ञानको झिलीमिली एकैछिनमा रात भयो ।

आँप, आलु-सागमा मिसाएको खादले
मानिसको जीवन, हेर्दाहेर्दै शुकरात भयो ।

बैठक बसी केही हुन्न कालापत्थर-कोपेनमा
स्याउ-आँम, मधेसी-पहाडे सब एक जात भयो ।

खुर्सानीमा दम छैन दूधदही शक्तिहीन
जलवायुको परिवर्तन हाम्रालागि अन्तर्घात भयो ।

‘पन्थी’ अब सचेत भयो घरमै सब्जी फलाउँछ
मेरो सिको नगर्नेको पक्कै दसा साढेसात भयो ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *