आहा ! हाम्रो माया बस्या अँधेरीको रात प्यारो
बेहोसिन बाध्य पार्ने तिम्रो उही मात प्यारो
नजरको ईशारामै लट्ठ पर्दा झनै तिम्रो
ललिते त्यो मिठो बोली फसाउने बात प्यारो
यौवनको उर्लिदा छाल् दुनियानै अन्धो ठानी
माया गर्न बलै शान्ति तान्ने उही हात प्यारो
तिम्रो लागि सुख खोज्दै प्रबासिएँ आज म त
जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो
सम्हालेर राखेको थ्ये तिम्ले दे’को उपहार
फूल् मरे नि लाग्छ ऐले सुकेको यै पात प्यारो
(२६औ घायलको तरहि मुसायरामा मेरो गज़ल )
मरुभुमीको छातीबाट
स्याङ्जाली रमेश
स्थाई घर अर्जुन चौपारी ४
