सबै सुम्पे वर्तमान र भबिष्य नै तिम्रो हातमा
भएको नै एउटै मुटु सबै लग्यौ मेरो आत्मा ।
जिन्दगीको यात्रा सधै तिमीसँगै गर्छु भन्थे
बेहोसीमै ढल्न पुगे देख्दा तिम्रो कोही साथमा ।
हुदो रै’छ रुप अनेक को नै पस्न सक्छ मनमा
बचाउ अब प्रभु मलाई परे मत ठुलै घातमा ।
आत्मा मुटु खम्बा सबै बिस्वासको ढलेपछि
मेरो कसुर सोध्दा आखिर खोट रैछ मेरै जातमा ।
धन चल्दा मुटु मिल्यो पितृ पुराण चल्दैन रे
किन छाड्छौ रित्याएर पुर्याएर फाल्देऊ घाटमा ।
भरतपुर-१३,गजलकुन्ज
चितवन,

hi
nice