Skip to content

अप्ठ्याराको खाँचो हुन्न

  • by


अप्ठ्याराको खाँचो हुन्न भीरबाट लड्नेलाई
चोटहरूको के कुरा र अचानामै अड्नेलाई ।

बस्दा भुइँले डसेको छ हिँड्दा पाउ फसेको छ
लाभा छर्ने ज्वालामुखी यो छातीमै पसेको छ

पोलाइको खाँचो हुन्न आगोसित डढ्नेलाई
चोटहरूको के कुरा र अचानामै अड्नेलाई ।

खस्छ आकाश आँखाभरि दुख्छ सधैँ ठाउँसरी
बाहिर हेर्दा बाँच्नुपर्छ भित्र आफैँ मरीमरी

डुबाइको खाँचो हुन्न पहिरोसित बग्नेलाई
चोटहरूको के कुरा र अचानामै अड्नेलाई ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *