यो शीत-ताप नियन्त्रित कोठा, यो आराम-
सबै चीज नष्ट हुनेछ
अकस्मात
जब दिनको धुकधुकी एक्कासी बन्द हुनेछ ।
असद चिन्तन गर्दछ,
ऊ दृढप्रतिज्ञ छ-
स्मरण गर्नुको कुनै उपयोगिता छैन ?
मरण अवश्यम्भावी छ, सबै सिद्धिन्छ ।
असद केही गर्न सकेन,
ऊ कलाबाट अथवा शारीरिक बलबाट
ऊ आफ्नो शक्ति साबित गर्न सकेन
मेरुदण्डविहीन प्राणीहरूको अगाडि
जस्का निम्ति मूल्य र नैतिकताको केही अर्थ हुँदैन ।
असद कहिले पनि झुक्ने छैन,
उ, आफ्नो
‘बस’ को घर जान सक्दैन सधैँभरि
ऊ आफ्नो ‘बस’ की श्रीमतीको इच्छा पनि पूर्ति गर्न सक्दैन
असदहरू सधैँ असफल नै रह्यो ऊ अरूजस्तो लूटमा पनि संलग्न हुन सकेन ।
ऊ बर्बादीमा कहिले पनि संलग्न हुँदैन ।
असद सधैँ अयोग्य नै बनि रह्यो,
उसले मूर्खझैँ मेहनत गर्दैर् रह्यो
ऊ अयोग्य नै भइरह्यो ।
असदलाई नै दोष दिन सकिन्छ
किनभने ऊ खुशामदको कला जान्दैन ।
ऊ यो र त्यो केही पनि ग्रहण गर्न सकेन
ऊ नितान्त एक्लो भयो,
ऊ कडा मेहनत गर्दछ तर नितान्त एक्लो, असमर्थ
तर पनि ऊ आफ्नो आदर्शको कोष समातिराखेको छ
संसारलाई देखाउनका लागि
कि ऊ अयोग्य नै रहेछ ।
(बङ्गलादेशका कवयित्री अमिना महमूदको अनुदित कविता )
(अनुवादक : रामदयाल राकेश)
मधुपर्क २०६८ मंसीर
