नजाऊ न टाढा-टाढा

  • by


नजाऊ न टाढा-टाढा, आऊ न मेरो छेउ
नरिसाऊ न माया तिमी, लौन बोली देऊ

लाग्दैन भने जस्तो, मुटु दुख्ने गरी
आजभोलि हिँड्छौ किन, आँखा तरी-तरी
गल्ती भए माफ गर, गर्छु लाख बिन्ति
मर्न पनि तयारी छु, म त तिम्रो निम्ति

दुःख-सुख बाँड्थ्यौँ हामी, अँगालोमा कसी
आँखा-आँखा जुधाउँथ्यौँ, मुसु-मुसु हाँसी
कहिले गर्थ्यौँ चिठी लेख्ने, कहिले गर्थ्यौँ भेट्ने
अतीतका सम्झनालाई, खै ! कसरी मेट्ने

सम्झनाले पोल्छ छाती, निन्द्रा छैन राति
तिमी बाहेक जिन्दगीमा, कोही छैन साथी
मरणको दोसाँधमा, छोटो सास फेर्दै
बसेको छु म त पर्खी, तिम्रो बाटो हेर्दै

पारखी माइला तामाङ
डाढीगुराँसे गाविस- ८,
संगमभन्ज्याङ, सिन्धुली ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *