ks
तीन दर्जन स्रष्टा आसाम जादै
काठमाडौं– असम नेपाली साहित्य सभा (अनेसास)को निमन्त्रणामा नेपालबाट तीन दर्जन बढी स्रष्टाहरू फागुन २६ गते आसाम जाने अन्तिम तयारीमा जुट्नु भएको छ । उहाँहरू भारतको आसामस्थित शोणितपुर जिल्लाको विश्वनाथ स्थित कमलीयामा आयोजना हुने तीन दिवसीय साहित्यिक महोत्सवका अवसरमा त्यसतर्फ जान लाग्नु भएको हो । महोत्सवको मूल कार्यक्रम फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ भने फागुन २९ गतेका दिन शोणितपुरमा रहेका स्थानीयस्तरका साहित्यिक संस्था तथा स्रष्टाहरूसँग नेपाली टोलीको विशेष परिचयात्मक कार्यक्रम तथा कवि गोष्ठी गरिने आयोजकको भनाई छ ।
सरुभक्तको “पागल-बस्ती” अब विद्युतीय संस्करणमा
नेपाली साहित्यका पुस्तकहरूलाई विश्वभर फैलाउने उद्देश्यले स्थापित इबुकभण्डारले आफ्नो पहिलो कोसेली स्वरुप प्रसिद्ध साहित्यकार सरुभक्तको मदन पुरस्कार प्राप्त बहुचर्चित उपन्यास “पागल-बस्ती”को विद्युतीय संस्करण (ebook) बजारमा ल्याएको छ । यो किताब आइप्याड, आइफोन, आईपड टच आदिमा पढ्नको लागि एप्पलको इ-बुक भण्डारमा किन्न सकिन्छ भने कम्प्युटर, अन्ड्रोइड ट्याब्लेट र फोनमा पढ्नको लागि गुगलको इ-बुक पसलमा किन्न सकिने कुरा इबुकभण्डारले जनाएको छ ।
लेखकलाई अत्यन्त जरुरी सूचना
-प्रिय लेखकज्यू !
-पारिश्रमिक पाइन्न, कमसल कुरा चाहिन्न ! लेख्नुस् र पठाइहाल्नुस् ! बन्दा लेखक बन्नुहुन्छ ! धन्दा नमान्नुस् !
कुरा सोझो गर्नुपर्छ । सपना ठीक्कको साँच्नुपर्छ । धर्ती नछाडी सगरमाथा टेक्नुपर्छ । मूल्य दिन मन छ, सित्तैमा लिने मन छैन । मूल्य तिर्न थालेँ भने पत्रिकाको प्रकाशक/सम्पादक हैन, झोली-तुम्माको मालिक हुनुपर्छ । साहित्यको उचाइ वृद्धि गर्न, परम्परा जिउँदो राख्न र तीतो पाटोलाई मीठोमा बदल्न भएको कुरा लेख्नै पर्यो ।
तेस्रो टोरोन्टो नेपाली चलचित्र महोत्सव सम्पन्न
२०१० देखि टोरोन्टोमा अध्ययनरत् नेपाली विद्यार्थीहरूको प्रयासबाट शुरुभएको टोरोन्टो नेपाली चलचित्र महोत्सव (TNFF)ले आफ्नो तेस्रो महोत्सवलाई दुई दिनसम्म दसवटा कथानक तथा डकुमेन्ट्री चलचित्रहरूको प्रदर्शन गराएर मनायो ।
महिला दिवसका दिन गत ८ मार्चमा क्यानाडाका लागि महामहिम राजदूत डा. भोजराज घिमिरेको समुपस्थितिमा शुभारम्भ भएको महोत्सवमा सुजाता थापाले स्वागत मनतव्यबाट सम्पूर्ण प्रायोजकहरू, स्वयम्सेवक तथा उपस्थित दर्शकलाई स्वागत तथा कृतज्ञता प्रदान गर्नु भएको थियो भने चलचित्र निर्णायक मण्डलीका तर्फबाट प्रदर्शन गरिने चलचित्रका बारेमा मञ्जुश्री थापाले जानकारी गराउनु भएको थियो ।

हजार चोट जस्ले दियो उस्कै यादले पिर्छ किन
तिम्रै हुँ म सधैंभरि तिम्रो कसम खान्छु प्रिय
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
छल गर्यो ? बल गर्यो ? खै के गर्यो ? सम्झना उस्कै छ
सम्झिएर कसुर तिम्रो हाले रिट अदालतमा
धर्धरी रुवायौ नि आमालाई, बगेको आँशु देख्दैनौ नेता
नरोऊ है कालु तिमी आउनेछु फर्किएर
गोली