कुखुराले डाँको छोड्यो ल्याइन् तिन्ले चिया
रातभरि अङ्गालोमा बाँधिइन् ती प्रिया
सपनीमा नभै हामी विपनीमै रै छौं
मिलनमा समाहित मिल्दो रैछ निया
आजकाल अति खुसी छैन आनाकानी
प्रेमआत्मा महानता लाग्न दिन्न खिया
मन पर्छ न्याय प्रेमी अन्यायको शत्रू
यदाकदा रहिजान्छ चामलमा बियाँ
हो संसार यस्तै यस्तै हुन्छ दिन रात
चाहिदैन यो संसारमा दुख दिने सिया
