ks
जन्म र मृत्युको चक्रीय खेल वारे पाठकलाई
श्रद्धेय पाठकवृन्द,
म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।
सेतो धरती उपन्यास पढेपछि
अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै पात्रलाई उल्लेख गरेको हुँदा उपन्यास भनिएको हो कि जस्तो मलाई लाग्यो ।
यस उपन्यासभित्रको पहिलो भाग आमाको आकाशबाट धरतीमा झरेको तारा शीर्षकभित्र न्यौपानेले म जन्मिएको जूनले देखेको भए सायद मेरो नाम आमाले राखिदिनु हुन्थ्यो होला– इन्दू या पूर्णिमा र सधैँ जूनको उज्यालोले छुने थियो मलाई भनेका छन् ।
अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१
२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।
कवितालाई बुझ्नेहरूका लागि यो अमृत हो भने नबुझ्नेहरूका लागि अपूर्ण वाक्यहरूले भरिएको अर्थ खोलाउन नसकेको पंक्तिमात्र मात्र हो । भनिन्छ प्रश्रव पीडाबाट निस्किएको चित्कारमा मातृवासल्यताको कविता सुनिन्छ भने मृत्यु सय्यामा लम्पसार मृत शरीरको अग्निका रापहरूमा जीवनका पीडाहरूका कथाव्यथा समेटिएको कविता सुनिन्छ । यो सुन्ने कर्ण प्रकृतिले कविलाई मात्र दिएको हुन्छ । त्यसैले भनिन्छ जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्ने गर्दछ ।
मूर्ख बाँदर (लघु-कथा)
कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।
राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।
स्वास्थ्य उपदेश
अशुद्धै खाना त्यो, अनि दुषित पानी न पिउनु,
नलाऊँ मैला त्यो, वरु ठिक लुगा, जीर्ण सिउनु ।
नखाऊ नौला ती, छन जहरिला, औधि त मिठो,
छ खानै उव्जेको, घरतिर जो, मिल्दछ पिठो ।।
जवानीमै रोगी, बनिकन बुढो, बाँच्नु कसरी,
यसैले बाँचौ लौ, असल तन यै, हुन्छ जसरी ।
ति वासी खानाले, तन धन दुवै, चीज वहने,
सफा खाऊ लाऊ, शरिर मन त्यो, शुद्ध रहने ।।
नमिठो पल (लघुकथा)
बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” ।
“हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।
हामी:अमृत र म तेर्सोतेर्सो हुदै छड्के ओरालो लाग्दै साँस्कृतिक कार्यक्रम भैरहेको कम्युनिटी हलतिर लम्कियौ । एम्रिगेशन प्रहरीले देख्ला भनेर अमृत हतार हतार हलभित्र पस्यो ।

भत्काएर मेरो स्वर्ग, तिम्रो धर्ती टेक्नु छैन अब
परदेशमा प्यारो मुटु दुखाएर बसेको छु
गल्ती छ कि तिम्रो पनि, जमानालाई दोष नदेऊ
तिम्रो सधैँ जीत कस्तो आफ्नो हराइले मार्यो
दू:खको जीवन कर्मले सप्रिन्छ एक दिन
खोलाहरू उल्टा बगेर
न डुब्न सकें न तर्न सकें जीवनको डुंगामा
एकातर्फ
आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
आँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा