Skip to content

ks

भत्काएर मेरो स्वर्ग

  • by

भत्काएर मेरो स्वर्ग, तिम्रो धर्ती टेक्नु छैन अब
खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब

जून हुँ म आफै उज्याली छु चाहिँदैन तिम्रो प्रकाश
जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब

जन्म र मृत्युको चक्रीय खेल वारे पाठकलाई

  • by

श्रद्धेय पाठकवृन्द,

म जन्मिरहन चाहन्छु । म मरिरहन खोज्दछु । म कतै कतै जन्मेँ । म थोरै ठाउँमा मात्रै मरेँ । आफ्नै कारणले र आफ्नै रहरले ! रहरको खेतीको महाअभियानमा सफल हुन ज्यादै चर्को रहेछ । कतै न कतै धेरथोर त म मरेँ पनि मन भरिउञ्जेल मर्न सकेको छैन । तर, म लेख्दै छु । म बोल्दै छु । म हिँड्दै छु । र, यत्तिखेर तपाईंहरू सामु गन्थन अघि सार्दै छु ।

परदेशमा प्यारो मुटु दुखाएर

  • by

परदेशमा प्यारो मुटु दुखाएर बसेको छु
अनगिन्ती कथा व्यथा लुकाएर बसेको छु

रातो दिन घोट्टिएर काम काज गर्दा खेरी
भोक प्यासले शरीरलाई सुकाएर बसेको छु

सेतो धरती उपन्यास पढेपछि

  • by

अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै पात्रलाई उल्लेख गरेको हुँदा उपन्यास भनिएको हो कि जस्तो मलाई लाग्यो ।

यस उपन्यासभित्रको पहिलो भाग आमाको आकाशबाट धरतीमा झरेको तारा शीर्षकभित्र न्यौपानेले म जन्मिएको जूनले देखेको भए सायद मेरो नाम आमाले राखिदिनु हुन्थ्यो होला– इन्दू या पूर्णिमा र सधैँ जूनको उज्यालोले छुने थियो मलाई भनेका छन् ।

गल्ती छ कि तिम्रो पनि

  • by

गल्ती छ कि तिम्रो पनि, जमानालाई दोष नदेऊ
जाती माया घाती हुन्छ, भावनालाई चोट नदेऊ ।।

वारिपारि तिम्रै छायाँ, सपनी र विपनीमा
साँचो माया दिंदा खेरि, मायालुलाई खोट नदेऊ ।।

फागु फुल्यो (कविता)

  • by

मनमा अनेक उमंग बोकेर
अंगअंगमा तरंग भरेर
फागु पनि फुल्यो
चितुचांगे, चाँप, गुराँस फुल्यो
आँगनी, करेसो, कान्ला फुल्यो
वनै फुल्यो, तनै फुल्यो
उभेको छु मजधारमा
डुब्न लागेको घामझै

RakeshKarki-02

तिम्रो सधैँ जित कस्तो

  • by

तिम्रो सधैँ जीत कस्तो आफ्नो हराइले मार्यो
आयो जवानी या उन्को मन पराइले मार्यो

व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत
छातीभरि बल्झेको उफ् घाउ चराइले मार्यो

दू:खको जीवन कर्मले सप्रिन्छ

  • by

दू:खको जीवन कर्मले सप्रिन्छ एक दिन
पसिना बनेर कोपीला फक्रिन्छ एक दिन

सम्पती ओईरो लाग्दैमा,घमण्ड गर्छ मान्छे,
सुरिलो रुख नि! फलेर लत्रिन्छ एक दिन

चुनाव र चटक

  • by

खोलाहरू उल्टा बगेर
हिमालको जरामा थिग्रदैछन
झरेका पातहरू फेरि
हाँगा खोज्दै हिंडेका छन्
तर मध्यदिन, चमकन्न सूर्य
बस्ती अँध्यारोको अँध्यारै छ
अँध्यारै पर्दा हालेर
अँध्यारैमा आज–
फेरि एउटा चटक शुरु होला जस्तो छ ।

टाढैबाट खाली नजर

  • by

टाढैबाट खाली नजर, जुधाउँछिन उनी
हेर्दा लाज्ले परेली ती, झुकाउँछिन उनी

कति चाह होला मन्मा, बोलुँ बोलुँ भन्ने,
नसकेर होला मात्र, मुस्कुराउँछिन उनी,

अन्तर्राष्ट्रिय कविता दिवस् अर्थात मार्च २१

  • by

२१ मर्चलाई विश्वभरी नै अन्तर्राष्ट्रिय कविता दिवस्का रुपमा मनाउने पराम्पराको थालनी भएको छ । साहित्यको सबैभन्दा जेठो विधा हो कविता ।

कवितालाई बुझ्नेहरूका लागि यो अमृत हो भने नबुझ्नेहरूका लागि अपूर्ण वाक्यहरूले भरिएको अर्थ खोलाउन नसकेको पंक्तिमात्र मात्र हो । भनिन्छ प्रश्रव पीडाबाट निस्किएको चित्कारमा मातृवासल्यताको कविता सुनिन्छ भने मृत्यु सय्यामा लम्पसार मृत शरीरको अग्निका रापहरूमा जीवनका पीडाहरूका कथाव्यथा समेटिएको कविता सुनिन्छ । यो सुन्ने कर्ण प्रकृतिले कविलाई मात्र दिएको हुन्छ । त्यसैले भनिन्छ जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्ने गर्दछ ।

सम्झनाका लहरहरू छल्किएको

सम्झनाका लहरहरू छल्किएको धेरै भयो
हृदयको भित्री घाउ बल्किएको धेरै भयो

चाहनाको संसारमा आगो लाग्दा हुरुरुरु
डँढेलोले अभिलाषा सल्किएको धेरै भयो

न डुब्न सकें न तर्न सकें

  • by

न डुब्न सकें न तर्न सकें जीवनको डुंगामा
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

तरेर पारी सकेन जान, बिचैमा दोभानछ
बाँच्नुको अर्थ रहेन मेरो, मरौं त यौवन छ
बिलौना मेरो सुनेनौ दैव, के पुजौँ ढुङ्गामा ?
न झर्न सके न हाँस्न सके फूलको थुंगामा !

फेसबुक यात्रामा

  • by

एकातर्फ
-स-साना खोलीहरू
स-साना बिचारका तरेलीहरू
स- साना खुशीमा रमाइरहेछन
तिनीहरूले अरूलाई बिचार लाद्नु छैन
तिनीहरूले अरूबाट कवि भनिनु छैन ।

मूर्ख बाँदर (लघु-कथा)

  • by

कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।

राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।

आज पनि उही पुरानै तारिक

  • by

आज पनि उही पुरानै तारिक खेपी धाउँदै छु
पत्र काटी बोलाउदा अदालतमा आउदै छु

हिरासतमा थियो मन धरौटीमा छाड्ने भन्छन
सबुत प्रमाण प्रेम पत्र एकेक गरी पाउँदै छु

स्वास्थ्य उपदेश

  • by

अशुद्धै खाना त्यो, अनि दुषित पानी न पिउनु,
नलाऊँ मैला त्यो, वरु ठिक लुगा, जीर्ण सिउनु ।
नखाऊ नौला ती, छन जहरिला, औधि त मिठो,
छ खानै उव्जेको, घरतिर जो, मिल्दछ पिठो ।।

जवानीमै रोगी, बनिकन बुढो, बाँच्नु कसरी,
यसैले बाँचौ लौ, असल तन यै, हुन्छ जसरी ।
ति वासी खानाले, तन धन दुवै, चीज वहने,
सफा खाऊ लाऊ, शरिर मन त्यो, शुद्ध रहने ।।

आँशु बग्न दे’की छैन

आँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा
सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा

फकाएर काखमा राखी खेलाउनु भ’को पल
जोगाएर मनभित्र साँचिरहेकी छु आमा

नमिठो पल (लघुकथा)

  • by

बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” ।

“हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।

हामी:अमृत र म तेर्सोतेर्सो हुदै छड्के ओरालो लाग्दै साँस्कृतिक कार्यक्रम भैरहेको कम्युनिटी हलतिर लम्कियौ । एम्रिगेशन प्रहरीले देख्ला भनेर अमृत हतार हतार हलभित्र पस्यो ।