Skip to content


म पिउँछु मस्त पिउँछु त्यसैले त मलाई आराम भयो
म नशामा चुर भएँ छु लडखडाउँदा वदनाम भयो

म लडखडाउँदै घर पुगें तिनी त रिसले चुर भइन्
पिउनको कुनै अर्थ रहेन हेर सबै वेकाम भयो

बिचार थियो जीवनको हर घडीलाई चिरफार गर्ने
सारा जिन्दगी नशामा डुब्दा डुब्दै नै वेदाम भयो

म झगडिएँ झगडैमा अल्भि्कंदा सारा दिनरात वित्यो
घरको चुल्हो जलेन त्यसैले घरकाको मुख जाम भयो

आजकल धेरै दिन भयो नशा पिउन छाडीदिएँ
त्यसैले उनी साह्रै खुसी छिन् अब घरमै चारधाम भयो

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *