Skip to content

ks

देवताले दिने गर्थे

  • by

देवताले दिने गर्थे रिस उठे शाप सधैं
अवशेष अझै छ है पापाग्निको राप सधैं

आँफै साँढे भए पछि जे जे गरे हुने रैछ
भष्मासुर पछि लागे तिन्ले कस्छन् टाप सधैं

BishnuNeupane

युवा पीडा

  • by

धान्दैन ज्ञानले मात्रै
जिन्दगी जीउने कला
खोज्दै आधार नासिन्छन्
आधा जीवनका पला

खोल्छन् आदर्श धेरैले
जुक्ति हुन्न कसै सित
बेसहारा बँचाईमा
मुक्ति हुन्न कदाचित

AshafalGautam

भन्यो मनले

  • by

बिस्तारै लेखनीको गति दौडाउछु भन्यो मनले
विचारमा कलमको मसी पौडाउछु भन्यो भनले
कहिले के भन्छ दौडाउछु, कहिले के भन्छ पौडाउछु
यहाँको चलन देखेर कुन दिन बौलाउछु भन्यो मनले

मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ

मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ तिमी सानु
संसार् सारा भूल्ने माया लाउँथ्यौ तिमी सानु

माया कति गर्थ्यौ तिमी हिसाब कुनै छैन
अधेँरी त्यो रातमा पनि धाउँथ्यौ तिमी सानु

मेरो सिक्किम यात्रा र नेपाली चलचित्र आचार्य

  • by

मलाई धेरै पहिले देखि सिक्किम घुम्न जाने ईच्छाले सताइरहेको थियो । धेरैचोटी यात्राको प्रयास गरें तर सफल हुन सकिन ।

तर एकदिन मेरो लामो समयदेखिको प्रतिक्षाले सार्थकता पाउने संकेत मिल्यो । कारण सिक्किममा बस्नुहुने मेरा काका काकी सिक्किमबाट केही समय छुट्टी बिताउन र स्वास्थ्य उपचार गर्नको लागि नेपाल आउनुभयो ।

शराब पिई जिउँदैछु

  • by

शराब पिई जिउँदैछु, नशाहरूमा नशा भरेर
फाटेको मन सिउँदैछु, नशाहरूमा नशा भरेर

लागेर बस्यो ओझेल याँ, खुशीका मिठा लहरहरू,
प्यालामा आशु पिउँदैछु, नशाहरूमा नशा भरेर

मन नमिल्दै लाउने माया

  • by

मन नमिल्दै लाउने माया एउटा भुल भन्थे
बिझेपछि मुटु भित्र बन्छ ठुलो सुल भन्थे ।

लुकी छिपी लगाउनु गल्ती रैछ माया प्रीति,
यथार्थमा मिलन हुन्न विछोडको मुल भन्थे ।

महाशय! मलाई कविता लेख्न आउदैन

  • by

म आफ्नो कवितामा
श्रमको, पसिनाको, स्वाभिमानको
गीत गुन गुनाउन थाल्छु
म आफ्नो कवितामा
मेरो देशको पाखा, पखेरो
उकाली, ओराली डुल्न थाल्छु

उराठ यो जिन्दगीमा रङ्ग छैन

  • by

उराठ यो जिन्दगीमा रङ्ग छैन
आशाहरू मरिसके उमङ्ग छैन

खुसी हुन भाग्यमा नै हुनुपर्छ
अभागी छु दु:ख मात्रै छुनुपर्छ
मेरो आकाशमा नौ गंगा छैन
त्यसैले त यो मन् चङ्गा छैन

देखाएर आशा कति झुक्याउँछौ

  • by

देखाएर आशा कति झुक्याउँछौ जाली नेता
संविधान भंग भयो अब खान्छौ छाली नेता ।।

जनताको मर्म कहिले बुझ्न सक्छौ तिमीहरू
कुकुर जस्तै झगडामा झुलिरहन्छौ खाली नेता ।।

स्वनिर्णय (कथा)

  • by

रातिको यस्तै १२ बजेको हुँदो हो । सारा गाउँ निदाएको थियो । आकाशभरि टहटहाउँदा ताराहरूको विस्कुन अनि भुईभरि पूर्णिमाको जुनेली च्यादर । आहा ! कति सुन्दर थियो त्यो रात । निकै दिनदेखि बुनिदै गरेको हाम्रो योजना अनुरुप नितान्त दैनिक आवश्यकताका मेरा अवशेषलाई पोको पारी सकेकी थिएँ मैले । मनभरि अनेक किसिमका निरुत्तरित विचारहरूको अन्तरद्धन्द्धले थिल्थिलाएको गरुङगो शरीर लिएर एक्लै ओछ्यानमा छट्पटाई रहेकी थिए म । यत्तिकैमा सिरानी निरको सानो झ्यालबाट रातिको सन्नटालाई तोड्दै परिचित आवाज आएर मेरो कानमा ठोकिन्छ । कानलाई झ्यालमै टाँसेर सुनें । कसैले डाक्दै थियो – “सुमी ! सुमी !!”

सपनीमा कालो काग कराएको देखेँ

  • by

सपनीमा कालो काग कराएको देखेँ
चिताबाट आफ्नै लास हराएको देखेँ ।

मडारिँदै कालो बादल, सगरमाथा ढल्दा अनि
बुद्धलाई लाको घाउ चराएको देखेँ ।