Skip to content

ks

एउटा फूल तिम्रै नाममा

  • by

एउटा फूल तिम्रै नाममा चढाऊँ कि सानु
आरतीमा पन्च बत्ती बढाऊँ कि सानु ।

पूजा गरी तिमीलाई मनको अक्षताले
स्वस्ति शान्ति गर्न बाहुन पढाऊँ कि सानु।

प्रीतको सयरभित्र थियौं

  • by

प्रीतको सयरभित्र थियौं औंशी रात नि सफेद थियो
वर-पीपल झैं जोडी रम्ने वर-पीपलकै फेद थियो ।।

प्रत्येक रंगीन साँझदेखि माथमा शीत झर्दासम्म
शब्द, वाक्य मात्र हैन प्यारकै अनुच्छेद थियो ।।

सम्झन्थे मैले तिमीलाई

  • by

सम्झन्थे मैले तिमीलाई चाँदनीपूर्ण रात प्रिया
तिमीमा आयो असाध्य नै थामिनसक्नु मात प्रिया

आज कथा व्यथा बढ्दै जाँदा बढ्दै गयो शूल हेर
शूलको मूलको कारणले बढ्दै गयो घात प्रिया

KrishnaJalanBesahara

उपहार त छैन हातमा

उपहार त छैन हातमा, फूल दिउँला हुन्न ?
त्यसमा रस भर तिमी, मूल दिउँला हुन्न ?

भागेरै भए पनि, भेट्न आए एकान्तमा
वैरीको त्यो नजर छोप्न, तूल दिउँला हुन्न ?

BinaTamang-04

छुकी

म उनको कोठामा गैइरहन्थेँ । हाम्रो कोठाहरू बीच मात्र एउटा लबीको दुरी थियो । विगत २ वर्षदेखि म त्यस घरमा बस्दै आएको थिएँ जहाँ उनी आफ्नो २ सन्तान र एक बहिनीसँग बस्दै आएकी थिइन् । चिम्सा चिम्सा आँखा, बाटुलो अनुहार अनि सुलुत्त परेको नाक ।

सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे । एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’ । उनको वास्तविक नाम चाहिँ छोईङ् रहेछ । घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।

खै त कहाँ गयो फेरि हाम्रो संविधान

खै त कहाँ गयो फेरि हाम्रो संविधान
कहिले बन्ला समावेसी राम्रो संविधान ।

नेताहरू कहिलेसम्म गर्छौ गफ मात्र
बनाउन कति गार्‍हो चाम्रो संविधान ।

एकता नै प्यारो छ

टुक्रा टुक्रा राज्य जोडेर सिंगो देश निर्माण गर्दा
फुटेका थिए कत्ति कत्ति चुरा
अनि
अंग्रेजको गिद्दे नजरबाट देशलाई बचाउँदा
धेरै बच्चाहरू गर्भ मै भएका थिए टुहुरा
त्यस्तो इतिहाँसलाई बिर्सिएर
समाजमा संकीर्णता फैलाउने गर्दैछन कुरा

नेता र संघीयता

  • by

चुनाव जित्यौ संविधानको काम गर्न गाह्रो भयो
नगरी काम फिर्ता भयौ जनताको तारो भयो
सभासदका अस्थिपञ्जर मुर्दा बोक्ने घारो भयो ।
तिम्रो सस्तो संघीयता तिमीलाई नै घाँडो भयो ।

संघीयताको आगो देशमा बलेपछि

  • by

संघीयताको आगो देशमा बलेपछि थाहा पायौ
खण्ड अनि अखण्ड भई लडेपछि थाहा पायौ ।

गाउँ बस्ती बुकुरामा अधिकारका कुरा गर्यौ
अधिकार खातिर देशै जलेपछि थाहा पायौ ।

मिथ्याको महाजंगलमा हङकङका नेपाली

  • by

हङकङको नेपाली समुदायमा अविस्वासको पहाड उठेको छ । कसले कसलाई विस्वास गर्ने पत्तो छैन । विस्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विस्वास अड्ने एउटै खम्बा छ अविस्वास । हामी मात्र होइन, विश्व नै यसरी उभेको हुनुपर्छ र त एउटा राष्ट्रले भनेको अर्को राष्ट्रले विस्वास गर्दैन र युद्ध हुन्छ । विन लादेन, सद्दाम, कदाफिहरू मारिन्छन्, ट्वीन टावरमा हवाइजहाज छिराइन्छ । नेपालमा बन्दै गरेको संविधान बीचमा तुहाइन्छ ।

सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ

सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ
आईनौ त साँझ झनै चर्किएर रोएँ

अनिदोमै गल्यो रात तिमी बिना मेरो
बिछ्यौनामा यता उता फर्किएर रोएँ

देशको परिवर्तनको लागि मैले एउटा लडाईँ छेड्नु छ

  • by

यो म नै हुँ त?
हो त
म छामछाम् छुमछुम गर्छु
सबै सबै अङ्गहरू सग्लै रहेछन्
म त क्षतविक्षत थिएँ
कसरी कसरी पुर्ण र सग्लो भएछु
हिजो सम्म म यहि क्षत् विक्षत् शरीरलाई
लाशहरूको थुप्रोमाथि चढाउँदै थिएँ

समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

  • by

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो।

मेरो ऊ

  • by

जब नाङ्गा साल सिसौहरूमा बशन्तले पालुवा लाउन थाल्छ । जब रातको अध्यारोमा जूनकिरीले उज्यालोको रोशनी छर्न थाल्छ । जब फूलबारीबाट बाबरी फूलको बासना पर-परसम्म चल्न थाल्छ । तब मेरो ऊ मेरो मसित हिडिरहे जस्तो लाग्छ । मतिर हासेर बोली रहे जस्तो लाग्छ । मेरो ऊ मसित टोलाई रहेजस्तो लाग्छ ।

सुन्दर त्यो फूलमाथि भमराको

  • by

सुन्दर त्यो फूलमाथि भमराको, दबाब बढ्दै थियो
जति बढ्यो दबाब त्यहाँ फूल्को, अभाव बढ्दै थियो

ऊ फूलाउँछे बैँश अनि भँवरालाई निम्तो गर्छे
बैँशालु यौवन् लुट्ने भमराको, रवाफ बढ्दै थियो

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१२, मे)

  • by

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कवि गोष्ठी मे २६, २०१२ का दिन श्री हरि अधिकारी, श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसन स्थित वंहाहरूकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो ।