ks
छुकी
म उनको कोठामा गैइरहन्थेँ । हाम्रो कोठाहरू बीच मात्र एउटा लबीको दुरी थियो । विगत २ वर्षदेखि म त्यस घरमा बस्दै आएको थिएँ जहाँ उनी आफ्नो २ सन्तान र एक बहिनीसँग बस्दै आएकी थिइन् । चिम्सा चिम्सा आँखा, बाटुलो अनुहार अनि सुलुत्त परेको नाक ।
सबै उनलाई ‘छुकी’ दिदी भनेर बोलाउँथे । एक्दमै मन् पर्ने नाम थियो मेरो लाग्यो ‘छुकी’ । उनको वास्तविक नाम चाहिँ छोईङ् रहेछ । घरमा माया गरेर सबैले छुकी भनेर बोलाउने गर्दा रहेछन् ।
मिथ्याको महाजंगलमा हङकङका नेपाली
हङकङको नेपाली समुदायमा अविस्वासको पहाड उठेको छ । कसले कसलाई विस्वास गर्ने पत्तो छैन । विस्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विस्वास अड्ने एउटै खम्बा छ अविस्वास । हामी मात्र होइन, विश्व नै यसरी उभेको हुनुपर्छ र त एउटा राष्ट्रले भनेको अर्को राष्ट्रले विस्वास गर्दैन र युद्ध हुन्छ । विन लादेन, सद्दाम, कदाफिहरू मारिन्छन्, ट्वीन टावरमा हवाइजहाज छिराइन्छ । नेपालमा बन्दै गरेको संविधान बीचमा तुहाइन्छ ।

एउटा फूल तिम्रै नाममा चढाऊँ कि सानु
उपहार त छैन हातमा, फूल दिउँला हुन्न ?
म माग्दिन तिमीसित
खै त कहाँ गयो फेरि हाम्रो संविधान
टुक्रा टुक्रा राज्य जोडेर सिंगो देश निर्माण गर्दा
आँखामा तस्विर छरेर गयौ
सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ
यो म नै हुँ त?
सुन्दर त्यो फूलमाथि भमराको, दबाब बढ्दै थियो