Skip to content

मन नमिल्दै लाउने माया

  • by


मन नमिल्दै लाउने माया एउटा भुल भन्थे
बिझेपछि मुटु भित्र बन्छ ठुलो सुल भन्थे ।

लुकी छिपी लगाउनु गल्ती रैछ माया प्रीति,
यथार्थमा मिलन हुन्न विछोडको मुल भन्थे ।

सिर्जीएर मनभरि माला गाँसें थुंगासरी
बिहे गर्नुभन्दा अघि नबिर्सनु कुल भन्थे ।

रोजीरोजी छाँटी दियौ मनभित्रको मिठो माया,
आफन्तलाई बार लाउने यो त रित्तो झुल भन्थे ।

बिर्सिएर ती दिनलाई रमाउँछ्यौ कसो गरी
बल्ल खाइस् स्वाद पाइस् दुश्मनका हुल भन्थे
मन नमिल्दै लाउने माया एउटा भुल भन्थे

सुरज गिरी (कावासोती, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *