ks
साङ्गीतिक क्षेत्रमा सप्तरी
मानवले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम विहानीदेखि अस्तको कालो सन्धासम्म सङ्गीतलाई अस्तित्वको रूपमा स्विकार गर्नुपर्छ । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै श्मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै श्मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ ।
युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि
यो गजलसङ्ग्रहका गजलकर र प्रकाशक हुन् युद्धविक्रम शाही। यो गजलसङ्ग्रह भित्र ४२ वटा गजलहरू समावेश गरिएका छन्। गजलकार युद्धविक्रम शाहीको जन्म २०२७ साल फाल्गुण १२ गते भएको र उहाँको वास्तविक नाम गणेशवहादुर शाही हो। उहाँ बुबा स्व रत्नबहादुर शाही र आमा कुसुमकला शाहीका सुपुत्र हुनुहुन्छ। शिक्षाको हकमा उहाँले वि.ए.(अधुरो) र वि.एड.अध्ययनरत हुनुहन्छ भने हालको बसाइ वीरेन्द्र नगर नगरपालिका, वडा नं.५, चिसापानी, सुर्खेतमा हो। युद्धविक्रम शाही जी एक कवि, गजलकार, समाजसेवी र राजनीतिक कर्मी हुनुहुन्छ।
भ्रमखेती
राणाकालीन दन्त्यकथा होइन यो । पञ्चायतकालको उत्तरार्द्र र दमनको चरमोत्कर्ष । ‘हरियो वन–नेपालको धन’ मूल नारा बोकेर वृक्षारोपन गरियो । यति धेरै वृक्षारोपन गरियो कि – नेपालको कुल क्षेत्रफलभन्दा पनि बढी भूभागमा वृक्षारोपन गरियो । घर, सडक, खेतबारी, नदी र हिमाल पनि जङ्गलै जङ्गलले भरिए ।
अलिकपछि बहुदल आयो । एउटा पार्टी अस्तित्वमा आयो र सो पार्टीमा प्रवेश गर्नेहरूको लहर चल्यो । यति धेरै मान्छेहरू त्यो पार्टीमा प्रवेश गरे कि नेपालको कुल जनसङ्ख्याको आकारभन्दा पनि त्यो पार्टीमा प्रवेश गर्नेहरूको संख्याको आकार ठूलो भयो ।

जताततै काटामार, मानव् मूल्य सस्तो होला?
एउटा मानिस
एटम बम उसको छातीमा हराउँछ, गोली र बन्दुकको के कुरा ? दुनियाँका सासकहरुका हिटलरशैली अब हावामा हराएर जान्छ । जनशक्तिका अगाडि बम र बारुद, दम्भ र घमण्ड सब चुरचुर भएर हराउँछ । मानव चेतनाको प्रतीक रहेको कलमले सारा संसारलाई उज्यालोको अनुभूति गराउँछ । कलम मानव मस्तिष्कको नेत्र एटम बम हो ।
(१)
हात दिए ए हजुर घरबार सजाउँथे
विश्वको शिर सगरमाथा ढल्दै छ रे बुद्ध
आफ्नो छाती चुसाएर फकाएर आमा
पहिलो भेटमै अछुत यी हात नमाग