ks
लोकतन्त्रको परिभाषा
विहानको सूर्योदयसँगै राम भुजु, बगरे बजारको एउटा कुनाको सानो चिया पसलको पलङ्गमा बसेर खलियाँ कुर्मीको शरीरको आगाडिको आकर्षक भागतिर दृष्टीगोचर गर्दै त्यसैको मजामा चियाको चुस्की र बिँडीको सर्को तान्ने तरखरमा थियो । खलियाँ त्यस्तै ३५/३६ की हुँदी हो । सानो चिया दोकानबाट घर गुजारा गर्नु पर्ने । यसो निहुरिएर चनाको तरकारीमा हाल्नको लागि जीरा र खुसार्नी पिँधिरहेकी छे । यसै बेला उसका अलि अलि फाट्न लागेका कपडाबाट आधा जति बाहिर चियाउन लागेका लाजतिर हेर्दै रामभुजु निकै रातो पिरो भई सकेको छ । यत्तिकैमा “चिया खाइसक्यौ, राम भुजु ?” भन्ने शतिबार रावतको आवाज सुनेर रामभुजु झसङ्ग हुन्छ ।
बुढी आमालाई युद्धले दिएको घाउ
अँधेरी रात थियो, जुन्किरीहरू तँछाड मछाड गर्दै पिलपिल बत्ती बालेर उँडिरहेका थिए । सुनसान सन्नाटालाई चिर्दै बेला बेला झ्याउँकिरीहरू कानै खाने गरी कराउँथे अनि सिरिसिरी बतास चल्दा मकैको पातले पनि संगीतको धुन बजाए झैं भान हुन्थ्यो । पुरै गाउँ निदाएर चकमन्न थियो तर सरीता र उत्तमको आमा मात्र निदाएका थिएनन् । सरीता ढोकातिर हेर्दै बत्ती कातिरहेकी थिइन् । निकै बेरपछि उत्तमकी आमाले सरीतालाई भनिन्, “हेर दुलही काममा गएको मान्छे कतिखेर आउने हो उसलाई कुरेर साध्य हुँदैन, यसरी भोकै नबस जाऊ खाना खाएर सुत ।”
कल्पनाको सपनामा हराउँदा
रौम्य र सौम्य अनि अदम्य र असह्य मनको कथामा आधारित यस कल्पनाको यात्रामा हराउँदा भन्ने शीर्षकले कोरेको शब्दावलीको विश्लेषण एवं व्याख्या हो । सर्बसुलभ मानवको जमातमा पसेर भोलिका सन्ततिका निम्ति चिन्तन र उनीहरूका कल्पनासँगको मोह माया वा जीवनको यथार्थ सत्यतालाई बोध गराउँछ । मैले पनि पिरती जोडेको थिएँ – यस्तै कल्पनासँग कहिल्यै कुनै पनि क्षणमा नछुट्टिने वाचालाई शिरोपर गरी जोडेको पिरती थियो । कुन्नि ! किन अहिले रिसाएकी छिन् कल्पना ? उनी– मसँग भेट गरी, मनका कुरा बाँड्न र केही दुःखका क्षणमा शान्त्वना दिन किन हिचकिचाउँछिन् ?
समयमै संविधान जारी गर्नका लागि साहित्यिक खबरदारी
कोहलपुर, बाँके,
जेष्ठ ९, २०६९
समयमै संविधान जारी गर्नका लागि आज बाँकेको कोहलपुमा रचना वाचन मार्फत साहित्यिक खबरदारी गरिएको छ ।
पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपुर स्थित लोकतान्त्रिक पीपलचौतारामा सम्पन्न भएको सो कार्यक्रममा संविधान जारी गर्ने समय नजिकिदै जाँदा रचना मार्फत नेताहरूलाई कटाक्ष गरिएको थियो ।

संविधान लेख्ने कलम बन्न बाँकी नै छ
नजाऊ प्यारा देश छाडी एक्लै आज पर्छिन् आमा
बुद्ध भारतमा जन्मेको, सरासर झुट हो ।
तिम्रै यादमा तड्पिएर बसेको छु यतिखेर
स्वाभिमान ओढेर
प्रकृतिको अनुपम छटा
मुक्तिका सपना उनेर
बग्छु जब तरङ्गमा, एउटा लहर हुन्छ