Skip to content

ks

एक जोडी परेवाको दुःखद अन्त्य

  • by

धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे ।

कोपिलाको माया फुल्दा

कोपिलाको माया फुल्दा, बास्ना उड्यो अन्त कतै,
आज त्यही सुवासको, चर्चा छ रे जता त्यतै,

कस्तो भोक थियो उनको भने हुन्थ्यो मन खोली
ज्यानै दिई पुरा गर्थें त्यो ओठको सबै बोली,
मुटु माझ छुरा हाने थापी दिन्थें हाँसी खुशी
जति घृणा गरूँ भन्छु माया बढ्दै हुन्छ झुसी

जिन्दगीभर सधैभरि

  • by

जिन्दगीभर सधैभरि, रुवाएरै किन छोड्यौ
बाचाकसम खाएका ती, तुहाएरै किन छोड्यौ

आँशु पुछ्ने कोही छैनन्, अज्ञात छन् सबैजसो
थोपा-थोपा गर्दै सारा, चुहाएरै किन छोड्यौ

बूढानीलकण्ठमा अन्तर माध्यामिक विद्यालय कविता वाचन प्रतियोगिता

  • by

वाग्द्वार साहित्य समाज बूढानीलकण्ठ र चोमोलुङ्मा यूनेस्कोले संयुक्त रुपमा मिति २०७० साल आषाढ ३ गते सोमबार सामुदायिक भवन बूढानीलकण्ठमा अन्तर माध्यामिक विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न गर्यो ।

प्रतियोगितामा १५ वटा स्कूलका ३२ जना विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।

आँखा रसाउनु सर्जकको एउटा लक्षण (‘समय रक्तस्नान गरिरहेछ’ लोकार्पणसमारोह)

  • by

जाँदो वैशाख ११ बिहान दिनेशविक्रम थापाले आफ्नो प्रथम कवितासङ्ग्रह ‘समय रक्तस्नान गरिरहेछ’ को लोकार्पणमा उपस्थित हुन खबर गर्दा नागर्जुनडाँडा घुम्न जाने कार्यक्रमलाई मैले रद्ध गरेँ ।

दिनेशविक्रमबाट मन्न्तव्य गयो, “सानैबाट पालेको रहर पूरा हुँदैछ । विशेष गरी मेरो साइँलादाजुको हात छ, म साहित्य तर्फ लाग्नुमा । जीवन सङ्गिनीको निधनले मलाई कविता लेखनतिर तान्यो । मेरी छोरी कविताको पनि प्रेरणा ।

काठमाण्डौंमा

  • by

आफू नमरी स्वर्ग देखिदैन भन्थें
मैले त नर्क देखें काठमान्डौंमा
वगेको खोलो फर्किदैन भन्थे
मैले त फर्केको देखें काठमाण्डौंमा

अस्ति भर्खरै काँधमा झोली भिरेर
खुट्टामा हात्तीछाप छपाएर
म छिरेको सपनाको शहरमा
अवसरको सागर, कथित स्वर्गनगरी काठमाण्डौंमा

दैव तिमी निष्ठुर रैछौ

  • by

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन
विचरा ! ती निर्दोषको बास लुट्यौ किन

लह लह धान झुल्थे हरियाली फाँट
ढुङ्गे बगर बनाएर गाँस लुट्यौ किन

बर्खे झरी जस्तै झरे

  • by

बर्खे झरी जस्तै झरे मेरा, आँसुहरू आँखाबाट
लडेर ढलेपछि म बाटोमा, तिमी हेर्नु टाढाबाट
बदलिएछ तिम्रो मन, बदलिएछौ तिमी पनि
फूल भए पो भन्ने थिए, के पाइन्थ्यो काँडाबाट ।

ध्रुब बिष्ट *अतित * कार्यक्रम संचालक
हाल-रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा

पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना

  • by

स्रष्टा जन्माउने स्रष्टाप्रति भावपूर्ण अभिवादन
गजलबाट माथि उठी कविताले पायो छादन
पश्चिम काली पूर्व मेची पुष्पजीको फूलबारी
कविताले खोजेको छ शान्ति-स्वस्ति वाद्यवादन

परिचय

स्व. पिता झपन बहादुर अधिकारी र माता देवकुमारी अधिकारीको पुत्ररत्न हुन पुष्प अधिकारी अञ्जलि । उनी एक यस्ता स्रष्टा हुन् जो आफै गजलकार, सम्पादक, हाइकुकार, मुक्तककार, निवन्धकार र कवि पनि तर यो भन्दा पनि माथी उनले साहित्य साधनमात्र गर्दैनन् नयाँ र युवा पुस्ताका युवायुवतीलाई साहित्य साधनमा सहभागी गराएर अभिपेरित गर्दछन् ।

20130618_KapilAnjan_News_01

मोफसलको रचनाले ततायो राजधानीलाई

  • by

समकालीन गजलका दुई प्रतिनीधि गजलकार कपिल अञ्जान (बाँके) को गजल संग्रह ‘तस्बिर’ र भावना पाठक (चितवन) को ‘सफर’को बारेका परिचर्चा शनिबार काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका डा.टिकाराम भण्डारीले अञ्जानको ‘तस्बिर’ अहिलेको परिप्रेक्षमा सबै कुरालाई उठाउन सक्ने कृतिको रुपमा टिप्पणी गरेका छन् ।

जिन्दगीको इतिहासै हराउँदा

  • by

जिन्दगीको इतिहासै हराउँदा दुख्छ मान्छे
आफन्तले बिरानु झैं गराउँदा दुख्छ मान्छे

पसिनाले सिञ्चन गर्दै माया दियो बगैँचालाई
ध्वस्त पार्दै गाईबस्तु चराउँदा दुख्छ मान्छे

घामको किरण यत्ति साह्रो

  • by

घामको किरण यत्ति साह्रो, किन चढेको होला
दु:खको संसार प्रतिदिन, किन बढेको होला

अधिकार दिलाउन, खोस्रा नारा बाढ्नेहरू
जनताको हार हुनेभए, किन लडेको होला

JayaBahadurGhimire

वीर्यदान

अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? हामीमा यी सबै कुराहरू मिलेको कारण आत्मिक रुपमा साह्रै नजिक भयौ ।

दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने सम्मका आश्चर्यलाग्दा गफ गर्दथ्यौं हामीहरू ।

ए जिन्दगी !

  • by

ए जिन्दगी मलाई आफ्नै तरिकाले बाँच्न दे
किन खोस्छस सारा खुसी? सक्छस भने हाँस्न दे

एकतामा बल हुन्छ छिन्न भिन्न हुनुहुन्न
भाँच्चिएर गएका ती सम्बन्धहरू गाँस्न दे

पिरतीका मनका कुरा

  • by

पिरतीका मनका कुरा लुकाएर बस्छ्यौ कति
आफू हाँसी पिरतीलाई रुवाएर बस्छ्यौ कति

तिम्रै घरको बाटो पर्‍यो आउदा जादा देख्छु सधैं
एकदिन् हैन सधैं भरी लजाएर बस्छ्यौ कति

केही खोज्छन् ती परेली फक्रेको छ जवानी झन्
सारा चाह यौवनका दबाएर बस्छ्यौ कति

तीन मुक्तक (दुखः पर्दा कोही मेरा)

  • by

१)
दुखः पर्दा कोही मेरा आँशु पुछ्ने भेटिन,
बगेका यी मेरा अँश्रुधारा कोही रोक्ने भेटिन
चाहे म खुशी थिए या, दुखी नै किन नहुँ
तर मेरो दुखःमा कोही खुशी, थप्ने भेटिन

छाती दुख्दा छामी हेरें

छाती दुख्दा छामी हेरें, कलेजीमा तिमी थियौ
केही सम्झी हाँस्न खोज्दा कलेटीमा तिमी थियौ

दोबाटोमा बिदा हुँदा टाढा भयौं जस्तो लाग्यो,
बास्ना छर्दै आँगनीको चमेलीमा तिमी थियौ