Skip to content

ks

पानी है पर्‍यो ए कान्छा

  • by

पानी है पर्‍यो ए कान्छा लौ कम्मरै कस न
थकाई लागे नजिकै आई आलीमा बस न

कुलो है लगाई पानी त्यो भरी माटोलाई सम्याऊ
रोप्नलाई धान बाउसे है गरी माटोलाई सम्याऊ
ए दिदी अब धान त्यो रोप्न हिलोमा पस न
पानी है पर्‍यो ए कान्छा लौ कम्मरै कस न

एकाबिहानै काग उड्दै

  • by

एकाबिहानै काग उड्दै काँ-काँ भन्छ यो शहरमा
कुकुर भुक्दै सबै दुषित खा-खा भन्छ यो शहरमा

भँगेराको हुल नाच्दै गिज्याए झैँ गरी हेर त उफ्फ!
पखेटा फट्फट्फट्याउँदै खुचिङ् फसिस् ला-ला भन्छ यो शहरमा

NishaKhanalAryal

लौ भन्नुस ! ठुलो भिखारी को त ?

हर दिन हर महिना एकै नाशले बाबा बैधनाथको दरवारमा दर्शन गर्न जाने मानिसहरूको घुइरो त हुन्छ नै । चाहे त्यो सुतेर दण्ड नतमस्त हुदै जाने हुन् वा हिड्न नसकेर दुई जनाले डोली बनाएर काधमा बोकेर लाने हुन् । बाटामा देखिने बसका भीड अनि धनीहरूका कार र जिप, त्यस्तै लस्कर भएर हिडिरहेका दौडिरहेका मानिसहरूको भीडले हजारौ किलोमीटर हिडेर जाने ब्यक्तिहरूको अनुहारमा देखिएको उत्सुकताले अति नै मन प्रफुल्ल र आन्नदको अनुभूति हुने गर्दछ ।

त्यस्तो भीडमा सबैको मुखबाट निस्कने उही बाबाको नाम – “बोलबम बोलबम” । त्यै पनि साउनको बेला त घुइचोको के बर्णन गरु म !

स्वीकार छ मृत्युदण्ड

अस्त-ब्यस्त समय
परिवर्तित सोचका लहरहरू,
भावनाको चट्टानमा घरि-घरि ठोकिदा,
ध्वनि हुदै प्रति-ध्वनि गुन्जन्छ,
मन, मुटु र मस्तिष्कका भित्ताहरूमा,
ठुल-ठुला अवाज दिएर,
शान्ति, शान्ति, शान्ति,

BalKrishnaPokharel

भान्जी किमाथाङ्कालाई पत्र

भान्जी किमाथाङ्का !
मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का !
मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का !
तिमी कति निष्ठुरी !
बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी !
हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ ।

कृतिकारको कृति बिक्रीमा

  • by

पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे ।

प्रज्ञा भवनमा पुस्तकको विमोचन कार्यक्रम सकिएपछि मैले पुस्तक लेख्ने कृतिकारलाई अनुरोध गरेँ,”आज बिमोचन भएको एकप्रति पुस्तक मैले पढ्न पाउँ ।”

कृतिकारले उत्तर दियो,”सभाहलको बाहिर बिक्रीमा राखेको छ, किनेर लैजानुस न !”

युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा

  • by

यही २०७०साल जेष्ठ २५ गते युगिन साहित्य समाज, रूपन्देहीले बृहत साहित्य गोष्ठीको आयोजना गर्यो । युगीनले सञ्चालन गरेको उक्त कार्यक्रममा ‘युगीन’ पत्रिकाको विमोचन, स्रष्टा सम्मान तथा बृहत साहित्यिक गोष्ठीमा म पनि आमन्त्रित भएको हुँदा, सहभागी हुने सौभाग्य मिल्यो र सहभागी भएँ । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको त्यो कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठ, सदानन्द अभागी, तुलसी घिमिरे “पुष्प”, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञावली, महेश पाल्पाली, लगायत करिब ३ दर्जन जति साहित्यकारहरूले कविता वाचन गरेका थिए । उक्त कानर्यक्रममा महेश पाल्पालीलाई सम्मान गरिएको थियो र युगीन साहित्य समाज रुपन्देहीले सामुहिक सृजनाको सङ्गालो ‘युगीन’को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व विनोद उदयले गर्नु भएको थियो ।

NischalKaucha

समय

  • by

समय आफ्नै गतिमा दौडिरहेछ
सेकेण्ड, मिनेट, घण्टा गर्दै
आफ्नै आयु घर्किरहेछ/घटिरहेछ
म भ्रममा बाचिरहेछु ।
भित्ताका पात्रोका पानाहरू पल्टाइरहेछु
समय परिवर्तनशिल छ
समयले कसैलाई पर्खदैन
समयको गतिसँग म हिडन सक्दिन
म आफैलाई ! धिक्कार्छु
थुईक्क मेरो ‘अभागी’ जिन्दगी

20130626_SanchuBlongTamang_News

तामाङ साहित्य एकेडेमी गठन

  • by

तामाङ पहिचानका लागि साहित्य लेखन भन्ने नाराका साथ यही २०७० साल असार ८ र ९ गते आयोजित दोस्रो तामाङ साहित्य सम्मेलनले तामाङ साहित्य एकेडेमी गठन गरेको छ ।

तामाङ भाषामा लेखिएका साहित्यको संरक्षण, स्तरीयता र नयाँ विधामा तामाङ भाषामा साहित्य लेखनलाई जोड दिदै तामाङ साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्ने उदेश्यले देशैभरीका सहित्यकारहरूको दुई दिने सम्मेलन भएको हो ।

धोबीखोलाय नमः (प्रेम ओलीका हाव्य कविता)

  • by

फोहरको भारी बोकेर
धोबी खोला
कहिले टाउको
कहिले कुन ठाउको
खस खस कनाउदै थियो
पसिनाले भिजेर हो कि केले हो
ठस ठस गनाउदै थियो ।

IhaKarki

युद्ध

बन्दुक उठाउदै सिपाहीहरू टाढासम्म मार्च गरे
अनि जानुपर्ने समय आयो युद्ध गर्न झरे
हेर्दै खोज्दै भीड्न आउनेलाई
तिनीहरू बलबुताले लडिरहेछन् लडाइँ

सिपाहीहरू मार्च गरे बहादुरी र गौरव मानी
डराएनन् तयार भए चिहान जान पनि
वरिपरि सर्वत्र बन्दुकहरू पड्के
बिचरा मरेका सिपाहीहरू जमिनमा लडे

20130623_PremOli_News

आरम्भ ३०औ बहुभाषिक गोस्ठी सपन्न

  • by

घट्टेकुलो विकास समाजको हलमा आरम्भले आफ्नो ३० बहुभाषिक कविता बाचन शृंखलाभव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बिष्णु प्रभात तथा बिशेष अतिथिहरू भारतीय दुतावासका प्रथम सचिब, साहित्यकार अभय कुमार र डा. राम दयाल राकेस तथा कृष्ण मुरारी चट्याङ मास्टर, ज्ञानु वाकर, लक्ष्मन गाम्नागे, कृष्ण जोशी, इन्दिरा प्रसाई, प्रत्रकार रामचन्द्र हुमागाई, कलाकार मदनदास श्रेष्ठ अतिथिका रुपमा उपस्थित थिए ।

‘भगजोगनी’को उज्यालोमा मधेश

  • by

कवयित्री झाका कविता सिर्जनाको भावभूमि भनेकै वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किंकर्तव्यविमूढता हो । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुनन्त भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ । उनका धेरै जसो कविताले यसै भन्छन् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई सर्वाङ्ग नग्न बनाउन समेत छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका विद्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ ।

पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस

  • by

असहाय हुन्छ
निरूपाय हुन्छ
अपाहाज हुन्छ
फुर्ति सबै हराएको हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस ।

जीवन हुन्छ पीडादायी

  • by

जीवन हुन्छ पीडादायी हिड्दा बाटो छोड्यो भने
सफल हुन्छ खेतीपाती झारपात गोड्यो भने

हो उद्देश्यको पहिचान गर्नु पर्छ यात्रा गर्दा
कठीन हुन्छ फलप्राप्ति बीचमा नै मोड्यो भने

आनन्द हो प्रेम विहार शुद्धताको रोजाइमा
तीतो हुन्छ यो जिन्दगी स्वार्थमा नै तोड्यो भने