ks
लौ भन्नुस ! ठुलो भिखारी को त ?
हर दिन हर महिना एकै नाशले बाबा बैधनाथको दरवारमा दर्शन गर्न जाने मानिसहरूको घुइरो त हुन्छ नै । चाहे त्यो सुतेर दण्ड नतमस्त हुदै जाने हुन् वा हिड्न नसकेर दुई जनाले डोली बनाएर काधमा बोकेर लाने हुन् । बाटामा देखिने बसका भीड अनि धनीहरूका कार र जिप, त्यस्तै लस्कर भएर हिडिरहेका दौडिरहेका मानिसहरूको भीडले हजारौ किलोमीटर हिडेर जाने ब्यक्तिहरूको अनुहारमा देखिएको उत्सुकताले अति नै मन प्रफुल्ल र आन्नदको अनुभूति हुने गर्दछ ।
त्यस्तो भीडमा सबैको मुखबाट निस्कने उही बाबाको नाम – “बोलबम बोलबम” । त्यै पनि साउनको बेला त घुइचोको के बर्णन गरु म !
युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा
यही २०७०साल जेष्ठ २५ गते युगिन साहित्य समाज, रूपन्देहीले बृहत साहित्य गोष्ठीको आयोजना गर्यो । युगीनले सञ्चालन गरेको उक्त कार्यक्रममा ‘युगीन’ पत्रिकाको विमोचन, स्रष्टा सम्मान तथा बृहत साहित्यिक गोष्ठीमा म पनि आमन्त्रित भएको हुँदा, सहभागी हुने सौभाग्य मिल्यो र सहभागी भएँ । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको त्यो कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठ, सदानन्द अभागी, तुलसी घिमिरे “पुष्प”, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञावली, महेश पाल्पाली, लगायत करिब ३ दर्जन जति साहित्यकारहरूले कविता वाचन गरेका थिए । उक्त कानर्यक्रममा महेश पाल्पालीलाई सम्मान गरिएको थियो र युगीन साहित्य समाज रुपन्देहीले सामुहिक सृजनाको सङ्गालो ‘युगीन’को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व विनोद उदयले गर्नु भएको थियो ।
तामाङ साहित्य एकेडेमी गठन
तामाङ पहिचानका लागि साहित्य लेखन भन्ने नाराका साथ यही २०७० साल असार ८ र ९ गते आयोजित दोस्रो तामाङ साहित्य सम्मेलनले तामाङ साहित्य एकेडेमी गठन गरेको छ ।
तामाङ भाषामा लेखिएका साहित्यको संरक्षण, स्तरीयता र नयाँ विधामा तामाङ भाषामा साहित्य लेखनलाई जोड दिदै तामाङ साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्ने उदेश्यले देशैभरीका सहित्यकारहरूको दुई दिने सम्मेलन भएको हो ।
आरम्भ ३०औ बहुभाषिक गोस्ठी सपन्न
घट्टेकुलो विकास समाजको हलमा आरम्भले आफ्नो ३० बहुभाषिक कविता बाचन शृंखलाभव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बिष्णु प्रभात तथा बिशेष अतिथिहरू भारतीय दुतावासका प्रथम सचिब, साहित्यकार अभय कुमार र डा. राम दयाल राकेस तथा कृष्ण मुरारी चट्याङ मास्टर, ज्ञानु वाकर, लक्ष्मन गाम्नागे, कृष्ण जोशी, इन्दिरा प्रसाई, प्रत्रकार रामचन्द्र हुमागाई, कलाकार मदनदास श्रेष्ठ अतिथिका रुपमा उपस्थित थिए ।
‘भगजोगनी’को उज्यालोमा मधेश
कवयित्री झाका कविता सिर्जनाको भावभूमि भनेकै वर्तमान युगको चरम विसङ्गति, अतृप्ति, छटपटी र किंकर्तव्यविमूढता हो । उनका अधिकांश कविताले वर्तमान बोकेका छन्, विगतलाई झपारेका छन् र भविष्यलाई खबरदारी गरेका छन् । मानिसले भूतबाट पाठ सिक्दै एवम् समुनन्त भविष्य बनाउने आशावादी सोचका साथ वर्तमान समयको भरमग्धुर उपभोग गर्नुपर्छ । उनका धेरै जसो कविताले यसै भन्छन् । उनी हावामा महल ठड्याउँदिनन् । खोक्रो आदर्शको पछि दगुर्दिनन् । तर, समाजका कुरूप पाटाहरूलाई सर्वाङ्ग नग्न बनाउन समेत छाड्दिनन् । उनका कवितामा कोमल, करुण र हृदयस्पर्शी भाव पनि आएका छन् । खरा, दह्रा र मनमस्तिष्कमा आँधीबेहरी ल्याउने खालका विद्रोही स्वरहरू पनि परेका छन् । कतै काँचो शैली छ, कतै पाको शैली छ ।

पानी है पर्यो ए कान्छा लौ कम्मरै कस न
एकाबिहानै काग उड्दै काँ-काँ भन्छ यो शहरमा
अस्त-ब्यस्त समय
भान्जी किमाथाङ्का !
पुस्तक बिमोचनको निमन्त्रणा पाएर एकदिन म प्रज्ञा भवन पुगे ।
देश सप्रिने, आशै हरायो
समय आफ्नै गतिमा दौडिरहेछ
फोहरको भारी बोकेर
जीवन कोलाइडरमा
असहाय हुन्छ