Skip to content

बूढानीलकण्ठमा अन्तर माध्यामिक विद्यालय कविता वाचन प्रतियोगिता

  • by


वाग्द्वार साहित्य समाज बूढानीलकण्ठ र चोमोलुङ्मा यूनेस्कोले संयुक्त रुपमा मिति २०७० साल आषाढ ३ गते सोमबार सामुदायिक भवन बूढानीलकण्ठमा अन्तर माध्यामिक विद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न गर्यो ।

प्रतियोगितामा १५ वटा स्कूलका ३२ जना विद्यार्थी भाइबहिनीहरूले भाग लिएका थिए ।

चोमोलुङमा यूनेस्को केन्द्रको अध्यक्ष हरिवंश किरांतले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार राम बहादुर पहाडी प्रमुख अथिति रहनुभएको थियो भने वाग्द्वार साहित्य समाजका अध्यक्ष श्याम संकल्प, समाजसेवी विकास तामाङ, सामुदायिक प्रहरी इन्चार्ज सुभदेव शर्मा, माधव श्रेष्ठको आथित्यता रहेको थियो ।

करीब ३ घण्टामा समापन भएको उक्त कार्यक्रमका निर्णायक मण्डलमा साहित्यकार श्याम भावुक र नवराज भण्डारीरहनुभएको थियो कार्यक्रम बिना तामाङ्ले संचालन गर्नुभएको थियो ।

समसामयिक विषयमा १५० शब्दमा नबढाई वाचन गरिएका कविताहरू मध्ये बुढानिलकण्ठ मोडल कम्युनिटी एसोसियनकी मनीषा बिष्ट प्रथम हुन सफल भइन भने ॐ स्कुलकी अनु भण्डारी द्वितीय र टोखा सरस्वती मा.वि.का भाइ सनिल लामा तृतीय हुन सफल भए ।

विजयी सहभागीहरूलाई प्रमाण पत्र को साथमा क्रमश नगद रु १५००, १००० र ७०० प्रदान गरिएको थियो भने सम्पूर्ण सहभागी विद्यार्थीहरू र विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

बिना तामाङ
बुढानिलकण्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *