पिरतीका मनका कुरा लुकाएर बस्छ्यौ कति
आफू हाँसी पिरतीलाई रुवाएर बस्छ्यौ कति
तिम्रै घरको बाटो पर्यो आउदा जादा देख्छु सधैं
एकदिन् हैन सधैं भरी लजाएर बस्छ्यौ कति
केही खोज्छन् ती परेली फक्रेको छ जवानी झन्
सारा चाह यौवनका दबाएर बस्छ्यौ कति
अमूल्य यो जिन्दगीमा प्रेमलाई मिसाईदेऊ
चुपचाप सपनीलाई नचाएर बस्छेउ कति
जोडौ नाता सुमधुर सम्बन्धमै रहिरहोस्
दिन रात मलाई यादमा अल्झाएर बस्छ्यौ कति
स्याङ्गजा अर्जुनचौपारी
हाल – मरुभूमिको छातीबाट
रमेश अर्याल
