Skip to content

ks

परिवर्तन

  • by

परिवर्तनशिल समय भएर नै होला, बिहान उदाउने सूर्यले बालक कालको अनुभूति न्यानो ताप संग, जस्तै जन्मदाको सानो बालकलाई काखमा लिदा सुन्दर र गर्ब, आनन्दको अनुभूति हुने गर्दछ ! त्यस्तै जीवनका तिता मिठा पलहरूसँग बढ्दै गएको उमेर अर्थात् दिउसोको चढ्दै गएको चर्को घाम, वित्तिरहेको समय संगको भर्भराउदो जवानी उमेरलाई सूर्यको दिउसोको कडा तापले हामीलाई अंकित गर्दै जीवनको महत्व याद गराइरहेको हुन्छ, त्यस्तै बिहान, दिउसो गर्दै ढल्दै जाने समय …सँग बुढेस काललाई अर्थात् अन्त हुने समयलाई अन्धकार भएर देखाइरहेको हुन्छ ! आखिर समयले कसैलाई पर्खदैन रहेछ त्यस्तै जन्मनु, बढ्नु र बुड़ो हुनु प्रकृतिले हामीलाई यसरी दीइरहेको संकेत उदाहरनीय छ ! जसरी बिहान दिउसो अनि रात्री पछि बिहान फेरि हुन्छ त्यस्तै जन्मने र मर्नेको सफर, कुनै न कुनै रुपमा फेरि अबश्य हुन्छ भन्ने बोध क्रमश जारी नै रह्यो !

नियात्रासित

  • by

नियात्रा !
अहिले प्रत्येक पलमा
म तिमीलाई सम्झिरहेछु

हो ;
तिमी नमान्न सक्छौ
यो एउटा सहयात्रा मात्र हो
सगै हिड्ने साथीको सम्बोधन मात्र हो
मेरो यो आशयलाई
तिमीले -“यो एउटा घटिया पुरुष शोच मात्र हो !”
भनेर थुक्न पनि सक्छौ

सुन्य- सुन्य भएँ

  • by

सुन्य- सुन्य भएँ, कमल बिनाको दह जस्तो
माया सम्झे दुख्छ, बल्झिने मुटुको बह जस्तो

साथ छैन केही, सम्झना भनेर याद गर्दा,
मधुरो भो बिम्ब, ओझेल परेको टह जस्तो

भानु यो देशका गौरव

  • by

भानू-भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,
यी साहित्य-सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।
घाँसीका सुनिवात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे ल पृथ्वी भरी ।।१।।

मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा – धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनायौ छुरा ।।२।।

सेतो धरतीमा रातो फूल

  • by

जति छन् विधुवा बाला यिन्कै आत्मा वृत्तान्त हो
धराको गुण धार्नाले, यो सेतो धरती भयो ।

कला अमरको राम्रो, वाङ्मय सूक्त साधना
छताछुल्ल छ नारीका, सुस्केरा मन वेदना । (अनुष्टुप)

फूल जस्तो सुन्दर

  • by

फूल जस्तो सुन्दर कोमल मुहारमा हराइरहेँ
आफै भुली एकोहोरो तिम्लाई मन पराइरहेँ

तिम्ले पनि माया दियौ के थाहा त्यसमा घात छ भन्ने
धनी हुँदा जूनै ठान्थेँ के थाहा धनमा रात छ भन्ने
आफ्नै धन घातक बन्यो तिम्ले माया मारी जाँदा
रुनु पर्यो किनारामा तिम्ले एक्लै छाडी जाँदा

याद गरे दाज्यु, याद गरे भाइ

  • by

पूर्वका किल्ला याद गरे दाजु, देखाउनु भाइलाई पनि
पश्चिमका किल्ला नबिर्से दाजु, सोध्नु न बाउलाई पनि
उत्तरका किल्ला पहाडी जिल्ला, याद गरे हिमाल गनी
दक्षिणका किल्ला सलक्कै मिल्ला, लैजालान तानी तानी ।

ससुरै पर्लान ज्वाई नै पर्लान, भुलाउलान जानी जानी
याद गरे दाज्यू याद गरे भाइ, नगरी आन कानी
फुकेको कम्मर सुकेर आजकल, सारंगी भाको छ रे
मलिलो माटो ओरालो बाटो, दिन दिनै गाको छ रे ।

फाँटेको नोट आफूलाई मिल्ने रहेछ

  • by

रामजीलाई आमाले बोलाएर पाँचसयको नोट दिदै भनिन् – “एक धार्नी आलु किनेर ल्याइज त छोरा ।”

रामजीले तरकारी पसलमा पुगेर एक धार्नी आलु जोखेर लियो र पसलेसँग पैसा कटाउनु त साहुजी भनेर पाँचसयको नोट दियो । साहुजीले एक धार्नी आलुको साठी रुपैया कटाएर चार सय चालिस रुपैया रामजीलाई फिर्ता दियो ।

दुध पाउने पसलमा (दुई मुक्तक)

  • by

१)
दुध पाउने पसलमा, सराब छ यहाँ
बुद्धको देशमा सान्ति, धराप छ यहाँ
आफू अनुकुल हुदा,कानून सर्बप्रिय रे
नाता कृपाबादको, करकाप छ यहाँ

प्रेम र विश्वासको फूल फुलाऊ

  • by

प्रेम र विश्वासको फूल फुलाऊ मान्छे
श्रद्धाले अलिकति शिर झुकाऊ मान्छे

एकले अर्कोलाई मार्न, पछार्न उद्धत छ
बरु हिम्मत तिम्रो छ भने बचाऊ मान्छे

सुका मानु घिउ खाएँ

  • by

सुका मानु घिउ खाएँ, भन्नु हुन्थ्यो बाले
अठन्नीमा लुगा लाएँ, भन्नु हुन्थ्यो बाले

ईमान्दारी थिए धेरै, जाली फटाहाभन्दा
शान्तिसँग बाँच्न पाएँ, भन्नु हुन्थ्यो बाले

पूर्णिमाको जून पनि

  • by

पूर्णिमाको जून पनि, हराँउदै छ अचेल
उसकै नाम लिई मुटु, कराँउदै छ अचेल
जसको लागि सबै त्यागे, उसैले नि घात गरी
दिलको डेरा अन्तै तिर, सराँउदै छ अचेल ।।

ध्रुब बिष्ट अतित
कार्यक्रम संचालक
रेडियो अमरगढी 97.4 मेगाहर्ज डडेल्धुरा

MohanRawalAnmol

प्राय शहरमा

  • by

प्राय शहरमा ठुला-ठुला महल भेटिन्छन्
कोही सज्जन भेटिन्छन् कोही पागल भेटिन्छन्

जहाँ भोक र अनिकालले मान्छे मरिरहेका छन्
त्यहाँ खाद्यन्नभन्दा सराबका पसल भेटिन्छन्

कालिजको शिकार

  • by

फाल्गुनको महिना, कृष्ण पक्षको निष्पट्ट अँध्यारो रातको ३ बजे, दिउसो भए तल हेर्दा रिगंटा लाग्ने भिर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँऊ बस्तीबाट दुई घण्टाको दुरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको साहयताको भरले अत्यन्तसानो मान्छे हिडेको गोहो पहिल्याउदै म वासस्थान फर्कने शुरमा छु । हात खुट्टा लगलग कामिरहेको छ । सानो पोथ्रो गुराँसको फेदमा छु ।

जे भन्यौ ठिकै भन्यौ

  • by

सुस्तरी मनको दरबार मक्कियो
फेरि हेर्दा हेर्दै सबै भत्कियो
थाहै छैन कहिले र कसरी यस्तो भयो
ठिकै छ मलाई गुनासो पनि छैन
किनकि,
नहुनु थियो भइसक्यो, नजानु थियो गैसक्यो

ॐ विपरीताय नमः

  • by

देवी माता, हजुरको सेवकको यत्ति विन्ती सुनिदिनुपर्यो, बुझिदिनुपर्यो । मेरो आफ्नो नाम राख्ने रामकहानी सुनिदिनुपर्यो । सर्वदा कृपा गरी इहलोक र परलोक सपारिदिनु पर्यो । मप्रति गिद्धेदृष्टि लगाउनेका आँखा निकाली दिनुपर्यो । म मुखमा रामनाम जपेर बगलीमा छुरा राखी नेपाली जगत्को भलो गर्ने सेवकरामको रामकहानी बुझेर कृपा गर्दिनुपर्यो ।

समय अघि जाँदै छ । म पनि अघि नै गएँ भने मेरो मौलिकता कहाँ बच्छ र ? समय पूर्व लागेमा मैले पश्चिम लाग्नुपर्छ ।