Skip to content

ks

आज राति सपनीमा

  • by

आज राति सपनीमा एक्लै गाउँमा घुम्दै छु
सम्झी सम्झी लेखन थालेँ, खुबै दुखी छु
जे- जे देखेँ सपनीमा, त्यही त्यही लेख्दै छु
जन्म भूमि घान्द्रुक गाउँ, यहीँ देख्दै छु

जेठ -असार सबै व्यस्त, घर खाली खाली
रोपाईं गर्न मेला पसे, स्याखु टाली टाली
गाउँन थाले असारे गीत, भाका हाली हाली
म पनि त हिंडदै रैछु, खेत आली आली

तिम्रै यादमा यो जिन्दगी

  • by

तिम्रै यादमा यो जिन्दगी, ढलाउदै छु प्रिया
बिनासिती यो मुटुलाई, जलाऊदै छु प्रिया
आफ्नो भन्नु तिमी थियौ, त्यो पनि त छैन अब
चिहान घाटमा देह-आत्मा, सेलाउदै छु प्रिया ।

ध्रुब बिस्ट (अतित)
पाटन ०२ बैतडी

मुर्कुचीका शेर्पा र पडरियाका मियाँ : एकै मनका दुई मूर्ति

  • by

चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ ।

होशियार

  • by

स्वभाविक रुपले एउटा असल मानिस आफू
आफ्नो परिवार र राष्ट्रप्रति उत्तरादायी भएर बाँचेको हुन्छ ।
यी सम्पूर्ण कुराबाट पृथक भएर म किन बाँचिको छु ?
म आफैलाई थाहा छैन ।
किन भने म जन्मदाता, पितामाता, सहधर्मिणी
नजिकका नातेदार दाजु, भाइ, दिदी, बहिनी
तथा यौवन अवश्थाका शुभचिन्तकहरू
कसैको आशा अनुरुप भएर हुर्कन सकिन ।

भत्किएका रहरहरू

  • by

चर्किएका भित्ताहरू चुहिने तिनै छाना मिनु,
जीर्ण – जीर्ण घरहरू, भत्किएका रहरहरू
छाउनु पर्ने चुहिने छाना, खरबारी नै जले पनि
टाल्नु पर्ने भित्ताहरू, छेउमै पहिरो चले पनि

घुम्ने होलान तिनै फेरि, चुनाबका गीत बोकी
झिनो आशा – अभिलासा, भाषण खोकी खोकी
शब्द अनि भाव उस्तै, किन चोर्ने जानी जानी
स्वर अनि ताल बिना, किन गाउँने तानी तानी

उनको खुशीमा आज अलिकति पिएँ

  • by

उनको खुशीमा आज अलिकति पिएँ, माफ गर
यो दिल पनि कसैलाई दिएँ, माफ गर

बेसरी पिएको छु आज होश हराएको छु
शायद तिमीलाई आज कष्ट धेरै दिएँ, माफ गर

ऊ घर फर्किएन

  • by

प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र ? पढाइ राम्रो र आर्थिक सम्पन्नता भएको भए यूरोप, अमेरिका, जापान, सिंगापुर । त्यसो नभए त आफ्नै इमान र इज्जतलाई धितो राखेर आत्मा रुवाउँदै जाने पानी पँधेरो जस्तै ठाउँ त्यही अरब त हो नि !

तिम्रो यादमा यो परानी

  • by

तिम्रो यादमा यो परानी गलाए त के भो
तिम्रै लागि आफ्नो मुटु जलाए त के भो

जीवनसाथी तिमीलाई मैले, भन्न नपाए नि अचेल
पुष्प मुना तिम्रै लागि पलाए त के भो

प्यास सायद मेट्यौ होला

  • by

प्यास सायद मेट्यौ होला, मूल नबिर्स साथी
महासागरमा पुग्नु छ तर्ने, पुल नबिर्स साथी

निरन्तर सर्बप्रिय पात्र बनेरै, बाँच्नु ठुलो कुरा
सहारा काँडाको लिन्छौ त, फूल नबिर्स साथी

शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू

  • by

प्रिय शिक्षक साथी,

आज म शिक्षा र शिक्षकको दिशा र दशाको गहिराइमा चुर्लुम्म डुबेको छु । म किनारमा जे लिएर निस्कन्छु, त्यसले मनमा आँधी ल्याउन सक्छ, घनघोर वर्षा ल्याउन सक्छ, मन अमिलो पार्न सक्छ, वितृष्णाको महल ठडिन सक्छ । म वर्तमान पढेर लेख्दै छु, भविष्य देखेर गन्थन अघि सार्दै छु । स्वाभिमानमा पर्न पुगेको चोटप्रति क्षमा चाहन्छु । जत्रो र जस्तो स्वाभिमान छ, त्यसैमा चोट पर्ने हो । चोटले दिमाख खुल्छ । चोटले दुनियाँ बदल्छ ।

सपनीमा मात्र सधै

  • by

सपनीमा मात्र सधै नम्बर पाँउने किन हो,
सधै राति राईफल बोकी धाउने किन हो ।

रातभरि मनको मझेरीमा बास बसेर,
सधैभरी सम्झना मात्र ल्याउने किन हो ।
सधै राति राईफल बोकी धाउने किन हो ।

सहमति नहोस

  • by

हे गुहेश्वरी हे पशुपति हे हाम्रा देउता
पाउमा भक्ति, हामीलाई वरदान मिलोस एउटा

निरन्तर चालु रहेको रह्यै यो खिचातानीको
हुँदैछ फेरि सहमतिभन्दा लाग्दैछ ननिको ।
किन पो चाहियो यो सहमति ननिल्नु ओकल्नु
आपसमा सधैं लुछा र चुँडी आपसमै धकेल्नु ।

NarayanChandraGhimire

जीवन-मृत्यु

  • by

म लेख्दैछु बाँचेको खबर ।
मेरो जीवनका साक्षी बसेकाहरू
तमसुक देखाउँदै
तँ जिउँदै छस् भन्नुहुन्छ
मैले कसरी नपत्याउँ
चिमोट्दा दुःख्छ
घाउ लाग्दा रगत आउँछ
आशा निराशा छन उत्तिकै छरपष्ट ।

ओइ काठमान्डू !

  • by

ओइ काठमान्डू !
मलिलो पसिना
कानमा फुल
फराकिलो छाती
हरिया हरिया तुल
खोइ काठमान्डू ?

बजार भाउ भुसुक्क छ
मान्छेको मुहार ठुसुक्क छ
लोकल ठर्राले फुसुक्क छ
फोहर पहाड झै टुसुक्क छ
ओइे काठमान्डू !