आज राति सपनीमा
आज राति सपनीमा एक्लै गाउँमा घुम्दै छु
सम्झी सम्झी लेखन थालेँ, खुबै दुखी छु
जे- जे देखेँ सपनीमा, त्यही त्यही लेख्दै छु
जन्म भूमि घान्द्रुक गाउँ, यहीँ देख्दै छु
जेठ -असार सबै व्यस्त, घर खाली खाली
रोपाईं गर्न मेला पसे, स्याखु टाली टाली
गाउँन थाले असारे गीत, भाका हाली हाली
म पनि त हिंडदै रैछु, खेत आली आली

तिम्रै यादमा यो जिन्दगी, ढलाउदै छु प्रिया
चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ ।
मर्छु क्यार लौ, दुखेरै सधैँ
१)
प्यास सायद मेट्यौ होला, मूल नबिर्स साथी
सपनीमा मात्र सधै नम्बर पाँउने किन हो,
म लेख्दैछु बाँचेको खबर ।
ओइ काठमान्डू !