Skip to content

कान्तिपुर

संगीतमा राष्ट्रिय पहिचानको खोजी

हामीले देशभर योजनाबद्ध तरिकाले संगीतलाई एउटा अभियानका रूपमा बढाउने हो भने हाम्रो संगीतले स्वतः राष्ट्रिय पहिचानको बाटो समात्नेछ ।

अचानक हराएको स्वर सम्झेर

  • by

बाले खैरो रङ्गको खोल भएको ट्रान्जिष्टर किन्नुभएको थियो । मलाई काम अह्राउनुपरे भर्‍याङ छेउ झुन्डिएको त्यही ट्रान्जिष्टर मेरो काँधमा झुन्डन पुग्थ्यो

समय रेखा: बीपी, अदालत र नाटक

  • by

एउटा प्राज्ञिक कर्मले गर्दा म नेपालको इतिहासका केही क्षणहरूतिर फर्किन्छु । खास बीपीले अदालतमा आफ्नो बयान आफैँ दिएको एउटा महान प्रसङ्ग छ ।

एउटा रंग उडेको पन्ना

  • by

भनिन्छ, मान्छेको लेखाइको लिपिबाट पनि उसका बारेमा धेरै कुराहरू थाहा हुन्छ रे । आजकल त कम्प्युटरको सहज पहुँचले गर्दा लौ त भन्ने हो भने मानिसहरूले हातले लेख्न बिर्सेजस्तो भइसक्यो । तर, हातले लेखिएका अक्षरहरूको महत्त्व अर्कै हुन्छ ।

घर फिर्तीको कथा

  • by

आज एकजना गर्भवती बहिनीलाई जेलमा भेटेर आएँ । निकै कमजोर र सानै उमेरकी रहिछन् । अब स्वदेश पठाउन चाँजोपाँजो मिलाउँदै छु,’ एक साँझ लेबनानबाट फोनसम्पर्कमा आएका दीप्रेन्द्र उप्रेतीले भने । त्यहाँको नेपाली दूतावासका स्वयंसेवी दीपेन्द्रले भेट्दा युवती सात महिनाकी गर्भवती थिइन् ।

एउटा अनुदार अनुभूति

  • by

म सडकमा थिएँ । बिहानको समय थियो । मानिसहरू आ-आफ्ना धन्दाहरूमा अल्झिरहेका थिए । धेरैलाई थाहा थिएन, एउटा विशाल व्यक्तित्व हाम्रै छेउबाट बिदा भएको थियो । मलाई पनि थाहा थिएन । चाबेल चोकमा भेटिएका साथीहरूसँग म सानोतिनो गफमा अल्झिरहेको थिएँ । आठ बज्न लागेको थियो ।

कथाका दस अवतार

  • by

विभिन्न कालखण्डहरूमा पढिइएका कथाहरू एकमुष्ट बदलिएको परिवेशमा पुनर्पठन गर्दा एक प्रकारको ‘फ्ल्यास ब्याक’ जस्तो हुँदो रहेछ । मेरो सक्रिय पत्रकारिता युगका सहकर्मी मित्र सरोजराज अधिकारीका फुटकर कथाहरूको ओजिलो संग्रह ‘रूपबजारकी नोरा’ पढ्दा त्यस्तै अनुभव गरें ।

काँधैमा महाकवि

  • by

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

लक्ष्मी, उत्सव र हुरी

  • by

‘शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा,/ दिनको स्वणिर्म सहिदी च्यानमा बर्सन्छन् जल भै तारा,/ जराकी बैरी, बढार्छु बैरी सडल दलको देश ।/ संक्रान्ति ज्वर हुँ प्रकृतिकी जो बर्बर छु किटेर दारा’ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘हुरीको गीत’ मा एउटा समयभित्रको विचलन देखे । एउटा शक्तिको खेल देखे । एउटा परिवर्तनभन्दा पहिलेको समय देखे ।

‘बुवा ! मलाई पनि कविता चाहियो’

  • by

महाकविको जीवनकालमा आफू आठ वर्ष जतिको मात्र हुनाले कवि भन्या के हो बुझ्ने उमेर भएको थिएन । दिनहुँ पद्मोदय स्कुलको सरस्वती प्रार्थनामा उहाँले रचेको “सरस्वतीका कुमार हामी सरस्वतीको पुकार गर्छौं” भन्ने रचना भट्याउँथे । तर त्यसका रचनाकार उहाँ नै हो भन्ने हेक्का त्यति बेला रहेन, गर्व महसुस हुने कुरै भएन ।

अक्षरले जोडिएको नाता

  • by

मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो ।

आत्मआलोचित कमरेड

  • by

कमरेडले बिहानको भव्य समारोहमा गरेको आत्मआलोचनालाई के दोहोर्‍याएका थिए, एउटा धुमिल आकृति अगाडि ठिङ्ग उभियो ।

रातको बेला थियो ।

चारैतिर सन्नाटा ।

सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । वि. सं. १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं ।

सन्दर्भ लक्ष्मी जयन्ती

  • by

२००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- ‘देवकोटाजी हुनुहुन्छ ?’ माथिबाट कुनै अंग्रेजी ऐतिहासिक किताब जोरसँग घोकेको शब्द आइरहेको थियो । मेरो मनमा लाग्यो सायद हेनरी आदौंका जीवनी पढ्ने यो कुनै मेट्रिकको विद्यार्थीका घरमा म पुगेछु भूलले ।

तिलिचोका दुई हिरो

  • by

हेर्दाहेर्दै आँखै सामुको भीरबाट भुजुङ गुरुङको घोडाले बल्ड्याङ खायो । श्रीखर्क पर्तिर अक्कर भीरको त्यही गोरेटो नाघेर तिलिचो ताल पुग्नु थियो । बल्ड्याङ खाएको घोडा निकै तल ठूलो ढुङ्गाको आडमा पुगेर अडिएपछि भुजुङ फेरि माथिबाट कुदेर तल आए र, घोडा सम्हाले ।

दूराग्रह पखाल्ने उपन्यास

  • by

मानिसहरू अक्सर आग्रहहरूद्वारा वशिभूत हुन्छन् । कुनै आग्रह सामान्य हुन्छन्, तर केही आग्रहहरूले दूराग्रहको श्रेणीमा काम गर्छन् । पन्छाउन सकिने दूराग्रहहरूलाई नपन्छाउँदा हामी अक्सर गल्ती गर्न पुग्छौं । जीवनको सामाजिक व्यवहारदेखि लिएर मानिस र तिनका कर्महरूलाई हेर्ने र बुझ्ने मामिलामा त्यस्ता आग्रह र दूराग्रहहरूले हामीलाई प्रभावित गरिरहेका हुन्छन् । एउटा लेखक वा उसको कुनै सिर्जनालाई बुझ्ने कुरामा समेत दूराग्रहले हामीलाई दोषी बनाइरहेको हुन्छ । एउटा पाठकको हैसियतले मैले त्यस्तो अवस्थासँग पटक-पटक साक्षात्कार गरेको छु ।