Skip to content

कान्तिपुर

हरायो हाँसो

  • by

हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन ।

मिथिलाञ्चलको राजधानी कटेर उकालो

  • by

मिथिलाञ्चलको राजधानीमा उत्रिँदा एउटा स्वच्छ, घमाइलो संसारमा पुगेजस्तो भयो । काठमाडौंको धूवाँ र धूलो त्यसमाथिको लामो झरीले निस्सासिएका हेमन्त र म । पहिलोपल्ट उपत्यकाबाहिर उडेकी बार्बरा । हवाईमैदान वरिपरिको विस्तृति टाढाबाट उठेका घरबस्ती हेर्दै हामी सहर पस्यौं । सहर घुम्ने इच्छा थियो, समय थिएन तर पनि यी टाढाबाट आएकी नेपालप्रेमी विदुषीलाई पहिलोपल्ट जनकपुर ओराल्न पाउँदा नेल्टालाई कम खुसी लागेको होइन ।

यो दसैंमा आइनँ आमा !

  • by

हेर्दाहेर्दै दसैं पनि आइसकेछ । सुन्छु- देशमा महँगी खुब बढेको छ रे । ढुंगैढुंगा मिसाएको चामलसमेत ५० रुपैयाँ केजीभन्दा तल पाइनै छाड्यो रे । तरकारी उस्तै । केही वर्षअघि २० रुपैयाँ किलो पाउने तरकारी पाउकै २० रुपैयाँ भइसक्यो रे । के खाएर कसरी टिक्ने हो ? मलाई त तपाईंकै चिन्ताले सताउँछ । यताबाट पठाउनु हो भने म आफ्नै समस्यामा फसेको छु ।

डब्लिन, साहित्य र चतुरे

  • by

साहित्य पढेको आधारमा बुझिएको भृ्मि अतिरञ्जक हुन्छ । तर त्यसरी हिँडेको भूमि वा थलो एउटा मञ्च हुन्छ । त्यसमाथि हिँड्ने जो पनि एक आफ्नै मनको नायक हुन्छ । त्यस अर्थमा यही सन् दुई हजार दसको अक्टोबरको पहिला तीन दिनसम्म मैले हिँडेको गणतन्त्र आयरल्यान्डको राजधानी डब्लिन मेरो रङ्गमञ्च भएको थियो । म त्यसमाथि हिँड्ने एक पाठक यात्री थिएँ ।

बैग्लै स्वादको पुस्तक

  • by

अंग्रेजीको ‘सेक्स’ शब्द यौनमा मात्र सीमित छैन । अब यौनसँग कुनै सम्बन्ध नै नभएको सन्दर्भ र अर्थमा समेत सेक्स शब्द प्रयोग हुन थालेको छ । जस्तै, नयाँ डिजाइनको कुनै राम्रो मोटर कार वा मोटरसाइकलाई प्रशंसा गर्नुपर्दा सेक्सी कार वा सेक्सी बाइक भन्ने गरेको पाइन्छ । सेक्स शब्द कुनै पनि चित्ताकर्षक वस्तुको पर्यायवाची शब्द बन्न पुगिसकेको छ, जसको यौनसँग सम्बन्ध हुनुपर्छ भन्ने जरुरी छैन ।

भाषाको प्रगतिशील पक्ष

  • by

कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ । यसै पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ । नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न । उहाँको पातलो “सर्मावाद” नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरह्यो ।

बादलले ढाकेको त्यो शिखर

  • by

कृष्णचन्द्रसिंह प्रधानको देहावसानले साहित्य जगत्मा ठूलो रिक्तता उत्पन्न गरेको छ । उहाँको अन्त्यकाल अप्रत्याशित भएकाले हामी चल्दाचल्दै अचानक रोकिएजस्ता भएका छौँ । उहाँको जीवनकालमा गर्ने भनी थालिएका तीनवटा ठूलाठूला कर्म थिए । त्यसो त ती कर्मको सोच र तयारी अघिदेखि नै भएको थियो । असार ९ गते तिनीहरूको अन्तिम स्वरूप खिचेका थियौँ- पुस्तुनजी, उहाँ र म धेरै बसेर छुटेका थियौँ ।

दोषी चस्माको विपक्षमा

  • by

विताको सामथ्र्यमाथि विचार गर्दा मेरो चेतना परिसरमा यस्ता कविताहरू आइपुग्छन् । तर अचेल यस्ता कविताहरूको वर्चस्वलाई धराशायी तुल्याउने उद्योग फस्टाउन थालेझैं प्रतीत हुन्छ । किनभने संगीत र संगति दुवै नभएका कविताहरू बजारमा बग्रेल्ती छन् । तिनीहरूबाट भाग्न खोज्दा मलाई आख्यानले आकषिर्त गर्न थाल्छ । त्यही क्रममा म विश्वेश्वरप्रसाद कोइरालातिर पुग्न थाल्छु । खासगरी साउन ६ गतेको दिनलाई एउटा स्मृति दिवसका रूपमा सम्मान गरिरहँदा मलाई विश्वेश्वरप्रसाद कोइरालाको साहित्यले आकषिर्त गरिरहन्छ ।

KrishnaDharabasi

छापामार युवतीको डायरी

छापामार युद्धमा सामेल भएका युवायुवतीहरूका बारेमा युद्धबाहिर रहेको समाजले जहिले पनि रहस्यमयी अनुमान गरिरहेको हुन्छ । खास गरी उनीहरूसँग एकप्रकारको अज्ञात त्रास अनुभव गरिरहन्छ । छापामारहरूमा पनि जसका लागि लडिरहेका हुन्छन्, उनीहरूलाई नै तर्साएर आनन्द लिने बानी परेको देखिन्छ । हतियार साथमा भएपछि एकप्रकारको दम्भ हुनु त स्वाभाविकै हो । विजय मल्लको ‘कृष्णे र खुकुरी’ कथा एउटा सुन्दर बिम्ब हो हतियार दम्भको ।

तर यथार्थमा छापामार जीवनमा गएका युवाहरूभित्रका पीडा समस्या र द्वन्द्वात्मक भावुकताको अध्ययन छुट्टै तरिकाले गर्नुपर्ने देखिन्छ । उनीहरू छापामार दुनियाँमा जानुका पछि दबिएर रहेका कारणहरूको समाजशास्त्रीय अध्ययन आनावश्यक छ । अहिले दस वर्षे जनयुद्ध समापनको घोषणा गरिएको तर छापामारहरूको व्यवस्थापन हुन नसकेको समय छ । त्यसो त माओवादीइतरका अरू थुप्रै छापामार संगठनहरू अझै सक्रिय अवस्थामा छँदै छन् र त्यतातिर आकषिर्त भइरहेको युवा जमात छँदै छ । द्वन्द्व व्यवस्थापनका लागि सक्रिय भएका संगठन तथा व्यक्तिहरू बाह्य आर्थिक स्रोतका आन्तरिक उपभोक्ताभन्दा बढी देखिँदैनन् । यो शान्ति प्रक्रियाको दोसाँधेकालमा जति सक्रियतापूर्वक यस विषयमा सोचिनु र अध्ययन गरिनुपर्थ्यो त्यसप्रकारको काम हुनसकेको छैन । यसबाट थाहा हुन्छ- हाम्रो देशमा गम्भीरतापूर्वक कुनै पनि कुरालाई हेर्ने शैलीको विकास भएकै छैन ।

माग्नेकी आमा

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

नमस्ते नमस्तेलाल

  • by

उनको नाम सुन्दै मान्छे अचम्म मान्छन् । पहिलो पटक भेट्दा कोही पनि नझुक्कियून् र अचम्म पनि नमानून् भन्ने सजकताका साथ उनी आफ्नो नाम प्रस्ट र पूरै भनिदिन्छन्, ‘नमस्तेलालभूमि श्रेष्ठ’ ।

सपनामा मार्क्स

  • by

अचानक टुट्यो लालप्रसादको निद्रा । बिहानको तीन पनि बज्न पाएको छैन, उसले हातमा बाँधेको महँगो रोम्यान्सन घडी हेर्यो- दुई बजेर पैँतीस मिनेट मात्र गएको छ । यो पनि कुनै निद्रा टुट्ने समय हो ?

सब भन्न सक्छु

  • by

म कुनै सिद्ध आत्मा होइन,
न कुनै दिव्य दृष्टि छ मसित
तर आँखा चिम्लेर भन्न सक्छु
यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा
राष्ट्रको ढुकुटीबाट
लाखौंलाख बाडिँदै छ
आफ्ना कार्यकर्तालाई

पत्नीदान

  • by

‘पार्वती ?’ प्रेमपूर्ण बोलाहटको भाषामा यसरी नै सम्बोधन गरें मैले उनलाई । पार्वतीले बोकेको वजनदार सुटकेसलाई भुईंमा राख्ने क्रममा निहुरिँदा भुईंमा खसेको चुन्नीलाई सम्हाल्दै आफ्नो वक्षस्थलको आवरण ढाक्न अ

सन्चो त हुनैपर्‍यो

  • by

पुरानो नेपालको घुस्याहासँग नयाँ नेपालको घुस्याहाको जम्काभेट भयो । दुवै एकअर्काका नजिकका सम्बन्धी नै थिए । नयाँ नेपालको घुस्याहा पुरानो नेपालको घुस्याहाको ज्वाइँ पथ्र्याे । सायद भान्जी-ज्वाइँ । अथवा बह

उस्तै छ मुनामदनको क्रेज

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम क्षणमा भनेका थिए-‘मुनामदन बाहेक मेरा अरू सबै सिर्जनाहरू जलाइदिनु ।’ सिर्जनाहरू मध्येबाट किन मुनामदनलाई मात्र माया गरेका होलान् त ?

विचारको मृत्यु

  • by

नित्सेले भने- “ईश्वरको मृत्यु भयो ।” ईश्वरको लासको छेउमा टुक्रुक्क बसेर उनले यो कुरो भनेका थिएनन् । बरु मानवसभ्यता र आधुनिक चेतनाको भौतिकस्तर बढ्दै गएपछि मानवजीवन र जगतको गतिविधिलाई हेर्दै भनेका थिए ।

एक क्रान्तिधर्मी लेखकको स्मृति

  • by

अग्निशिखा एकजना समर्पित लेखक एवम् पार्टीप्रति प्रतिबद्ध पत्रकार हुनुहुन्थ्यो । उहाँका बारेमा मैले भूमिगत काल खासगरी २०४० सालतिरै सुनेको थिएँ ।

थाइभूमिमा बितेका दुई रात

  • by

त्रिभुवन विमानस्थलबाट बैंकक ताकेर थाईएअर अकासियो । हेर्दाहेर्दै साउनको कालो बादलभित्र जहाज डुबेपछि मेरो मन पनि सन्देहको बादलमा मडारिन थाल्यो । सन्देह तीव्र हुँदै गयो । हर्मन हेस्सेको सिद्धार्थ पढ्न था