कालो भूतजस्तो मध्यरात थियो । पहरा दिइरहेको एउटा सिपाही अचानक चलमलायो ।

त्यसभन्दा अघि ऊ सिमन्टीको खम्बाझैँ अविचल र कठोर थियो । सायद परम कर्तव्यवोधले ओतप्रोत थियो ।

तर अचानक ऊ चलमलायो ।

‘हल्ट ।’ बन्दुक ताक्दै ऊ करायो ।

सुनसान सडकमा उसको भयमिश्रित तर कठोर गर्जनका लहरहरु फैलिए । आकाशमा चट्याङ पर्दा चिरिएको दृश्यजस्तो ध्वनिका धर्का निकै टाढासम्म बगे । तर कतैबाट पनि कुनै प्रतिकि्रया आएन । नजिकैका सबै घरभित्र अँध्यारो कैद थियो र घरका अट्टालिकाहरु सुनसान थिए ।

जब सिपाहीको कर्कश आवाजपछि कुनै प्रतिकि्रया आएन त्यसपछि स्वभाविक थियो ऊ अझ बढी भयभीत भयो । फलस्वरुप उसको दाहिने हातका बूढी र चोर औँला बन्दुकको कमानी दबाउन हतारिए ।

तर निशाना ?

ठ्याक्कै कहाँनेर छ निशाना ?

उसले जता बन्दुक सोझ्याएको थियो त्यता केही क्षणअघि मात्र छायाँजस्तो एउटा टाटो देखिएको थियो । तर होइन छायाँ पनि कसरी भन्ने त्यो निस्पट्ट अँध्यारोले चेपिएको मोडमा छायाँ देखिन कतै उज्यालो पनि त हुनुपर्यो ! तर उसको वरिपरि तथा निकै परसम्म कहिँ पनि उज्यालोको सानो टुक्रासम्म थिएन ।

त्यसपछि ऊ झन् अलमलियो । कतै अँध्यारोमा आँखाको भ्रम मात्र पो थियो कि मनमा यस्तो दुविधा पलाएपछि कमानीमा गाडिएका उसका औँलाहरु त्यसै त्यसै शिथिल भए ।

‘के पो होला त हँ त्यो ‘ उसले आफैँसित सोध्यो । त्यसपछि उसलाई निकै चर्को लज्जाबोध भयो । त्यो मोडदेखि दुई सय मिटर दक्षिणको अस्थायी पोष्टमा ऊजस्तै अर्को सिपाही थियो । तर अँध्यारोले गर्दा ऊ दृश्यमा थिएन । सायद उताको सिपाहीले उसको चर्को ‘हल्ट’ को आवाज सुनेन । नत्र केही न केही परिणाम त हुनैपथ्र्यो । अथवा सुनेर पनि सुन्न सकेन कि यस्तो पनि हुन्छ कहिलेकाहिँ । विशेष गरी खासखास अवस्थामा जतिसुकै ठूलो आवाजको पनि सत्व हुँदैन । भनिन्छ जागृत संवेदनाहरुको बीचमा मात्र आवाजको अर्थ रहन्छ । हुन पनि हो त्यो अँध्यारोमा उज्यालोझैँ संवेदनाहरुको समेत अनिकाल थियो । त्यो वफादार सिपाहीहरुलाई पनि हो त्यो अँध्यारोमा उज्यालोझैँ संवेदनाहरुको समेत अनिकाल थियो । त्यो वफादार सिपाहीलाई पनि धेरथोर यो विषयको आभाष नभएको चाहिँ होइन ।

ऊ आफ्नो पेशाको कर्तव्य अनुरुप कफ्र्यूको तेस्रो रात पनि पहरामा संलग्न थियो । तर अगाडिका दुई वटा रातहरु अलि फरक किसिमले बितेका थिए । दुवै रात ऊ अन्य सिपाही साथीहरुसँग सामुहिक गस्तीमा थियो । त्यसबखत अँध्यारो थियो तर डरको अनुभव भएन । प्रायः समूहमा डरहरु व्यक्तिगत हुँदैनन् । त्यसमाथि गएका दुई रात उनीहरुले अँध्यारो त के त्यो भन्दा भयानक राक्षसलाई समेत थर्कमान पार्न सक्ने आयातित बख्तरबन्द गाडीमा गुडेर बिताएका थिए । सडक कम्पायमान पार्दै गुड्ने त्यो गाडी कुनै मित्रराष्ट्रको सदाशय र सहयोगको प्रतिफल थियो । शत्रुका गोलीहरु समेत सितिमिति नछिर्ने अद्भूत लौह संरचनाभित्र बसेर सवार हुनु साँच्चै नै उसका निम्ति गौरव र रोमााचक क्षण थियो ।

‘तर एक्लो भएपछि जतिसुकै शुरो मानिस पनि डराउँछ किन सायद सबैले यो कुरा बुझेका भए जीवनको नाममा यस्ता अप्ठ्याराहरु हुने थिएनन् कि ‘

उसले फेरि आफैँलाई सोध्यो । तर उसले ती सादा प्रश्नहरुको उत्तर दिन सकेन । समयको यो कस्तो वियोगान्त हो जहाँ आफ्नै सपाट प्रश्नहरु पनि विचल्लीमा पर्छन् त्यसपछि ऊ सोच्न छोडेर टाढा अँध्यारोमा हेर्न थाल्यो ।

ऊ मृत अिजङ्गरजस्तो सडकको उत्तरतर्फ केही अघि सल्बलाएको छायाँ खोजिरहेको थियो । तर त्यसैबखत उज्यालोको ठूलो मुस्लो यतातिर पोखियो । उज्यालोसँगै भारी आवाजको बख्तरबन्द ट्रक नजिकै आयो र रोकियो । सिपाहीका लागि यो निकै सुखद् घटना बन्यो । प्रथमतः उसका अर्थहीन प्रश्नहरु मस्तिष्कबाट फरार भए । दोस्रो अचानक उसको डर गायब भयो र तेस्रो त्यो आयातित उज्यालोमा अघिदेखिको छायाँ फगत भ्रम मात्र रहेछ भन्ने प्रमाणित भयो । बरु त्यसको ठाउँमा निरीह मुर्कट्टाझैँ अटेसमटेस उभिएका घरहरु स्पष्ट र निख्खर देखा परे । एकातिर झ्यालैझ्यालको भित्रपिट्ट झुण्डिएका रङ्गीविरङ्गी पर्दाहरु उसको अनुमानका विषय बने भने अर्कोतिर त्यहाँ थुनिएको एकान्तको तह कति बाक्लो होला त्यसको अनुमान गर्न उसलाई असहज भएन । त्यसैबेला उसले राम्रोसँग बुझ्यो उज्यालोको महत्व कति धेरै रहेछ ।

उसले बख्तरबन्द ट्रकको उज्यालोमा आफ्नो नाडी घडीमा आँखा लगायो । समयको सुइ रातको दुई बजेर चौध मिनेटमा कुदिरहेको थियो । उसले स्वास्नीलाई सम्झ्यो । कारण हङकङ बजारमा आफूलाई घडी किन्दा स्वास्नीलाई पनि एउटा जनाना घडी किनिदिएको थियो उसले । अचेल उसकी स्वास्नी गाउँमा त्यो घडी देखाएर आफ्ना छिमेकी र सङ्गीनीहरुलाई भुतुक्कै पारिरहेकी होली । ऊ अँध्यारोमा मुसुक्क हाँस्यो । तर तुरुन्तै उसको हाँसो अमिलो भयो । युद्धमैदान बनेको गाउँमा उसकी स्वास्नीले त्यस्तो अभिनय गर्ने वातावरण कसरी होला र

बख्तरबन्द ट्रकको अघिल्लो सीटमा कप्तानसा’प विराजमान थिए र पछाडिपिट्ट निद्रा कचल्टिएका सिपाहीहरु थिए । सम्भवतः गाडी गुड्दाको एकोहोरो आवाज र मनभित्र शुन्य भएको संवेगहीनताले सिपाहीहरुमा निद्राको प्रकोप बढाएको थियो । कडा आदेशका कारण निदाउन पनि नसक्ने र आएको निद्रालाई हटाउन गीत सित गाएर होहल्ला गर्न पनि नसक्ने अवस्थामा थिए उनीहरु । तर अर्धबैँसे कप्तान र सँगैको चालकका अनुहार चाहिँ ज्यादै टाठा र चनाखा देखिन्थेँ मानौँ उनीहरुका निम्ति भर्खरै मात्र सूर्यास्त भएको थियो ।

‘वीर सिपाही सबै ठीकठाक छ हैन ‘ कप्तानले सोधे ।

‘सबै ठीक छ सा’प ।’ सिपाही तन्कियो सलाम ठोक्यो र उत्तर दियो ।

त्यतिाजेलसम्ममा ऊ पहिलेझैँ सिमन्टीको खम्बा भइसकेको थियो ।

‘अनि यो टोलमा बिजुली छैन ‘

‘छैन सा’प ।’

‘किन नभएको ‘

‘आतंककारीले टान्सफरमरमा हानेकाले सा’प ।’

‘कहिले हानेको ‘

‘अस्ति राति रे सा’प ।’

‘ल ल । ठीक छ । क्यै छैन । देशभक्त वीरलाई के उज्यालो के अँध्यारो । कसो ‘

‘होस्सा’प् ।’

‘जननीजन्मभूमिश्च… ।’ उसले अन्त्यको ‘च’ लाई स्पष्ट रुपमा ‘छ’ भनी उच्चारण गर्यो ।

‘होस्सा’प् ।’

‘यो क्षेत्र निकै संवेदनशील छ । अनुमति नलिआउने भुस्या कुकुर समेतलाई ढिम्किन नदिनू ।’

‘हस्सा’प् ।’

त्यसपछि कप्तानले चालकलाई गाडी गुडाउन आदेश दिए । गाडी अगाडि घसि्रन थालेपछि पुनः ऊ आफ्नी स्वास्नी आफ्नो गाउँ र आफ्ना परिवारमा केन्द्रित हुन लाग्यो । सँगै दशैँ नमनाएको कति पो वर्ष भो’ दश वर्षभन्दा बढी नै भो होला । कान्छी छोरी नै एघार वर्षकी भइसकी । सात वर्षअघि एउटा छुट्टीमा जाँदा त्रिवेणीको जात्रामा सँगै गएपछि ऊसँग राम्रोसँग दुःख सुखको कुरा गर्न पनि पाइया छैन । ऊ भावुक हुँदै थियो तर त्यसलाई दक्षिणतर्फबाट हुइँकिँदै आएको भ्यानले बिथोल्यो । भ्यान ठिक्क काँढेतारको गुजुल्टो अगाडि रोकियो ।

‘हामी प्रेस हौँ हजुर ।’ भित्रबाट चालक करायो ।

‘कफ्र्यूपास छ ‘ उसले सोध्यो ।

‘छ हजुर ।’ चालकले झ्यालबाट एउटा कागज बाहिर तेस्र्यायो ।

‘जानोस् ।’ अनुमतिपत्र हेरेपछि उसले भन्यो ।

त्यसपछि एक घण्टाजतिको अन्तरालमा युनिफाइड कमाण्डको एउटा मात्र जीप हुइँकिएर आयो र कतै नरोकिइ अँध्यारोमा बिलायो । त्यसपछि पट्यारलाग्दो समय र अँध्यारो मात्र बाँकी रहयो उसको सामु । अँध्यारोमा पुनः ऊ र डर समानान्तर रेखामा आएर बसे । अनि वरिपरिका घरहरु निश्चल भुताहा छायाँमा बदलिए । यसरी रातको निशब्दतामा उसका आँखाहरु दोस्रो पटक हल्लिन थाले । आँखा अगाडि थियोँ छायाँ छायाँ र छायाँ । यसरी भदौ महिनाको नरम तापक्रम भएको रातमा पनि ऊ पसिनैपसिनाले निथ्रुक्क भिज्यो ।

साँच्चै त्यो छायाँ अझ बढी चल्मलाएझैँ देखियो । त्यो भ्रम थिएन । स्पष्ट थियो अँध्यारोमा एउटा आकृति । पचास मिटरजति टाढाबाट यतै आइरहेको । अब डरले उसका सबै रोमकुपहरु सुन्निए ।

‘हल्ट ।’ ऊ उत्तेजित भयो र करायो ।

तर पनि छायाँले उसलाई टेरेन । त्यो त काट्टीकुट्टी आतंकवादी शैलीमा अघि बढ्न पो थाल्यो । अब ऊ र त्यो छायाँको बीचमा पच्चीस मिटरजतिको मात्र दूरी थियो ।

‘हल्ट अघि नबढ् गोली खालास् ।’ ऊ पहिलेभन्दा बढी डराउँदै र ठूलो आवाज निकाल्दै चिच्यायो ।

‘ए भाइ गोली नचलाउ ।’ उताबाट छायाँ पनि करायो ।

‘को होस् तँ ‘

‘म महानिर्वाणका निम्ति मध्यरातमा निक्लेको बुद्ध हुँ ।’ छायाँले भन्यो ।

‘कफ्र्यूपास छ कि छैन ‘

‘पास त छैन ।’

‘पास नभए मध्यरातमा किन हिँडिस् त ! ल एक इाच पनि अघि नबढ् ।’

‘अरे भाइ म महाकवि पनि हुँ । तीन दिन भइसक्यो चुरोट खान नपाएको । अब पनि चुरोट खान पाइनँ भने म साँच्चै आतंकवादी बन्ने स्थिति हुन्छ । लौन ए भाइ तिमीसँग चुरोट होला ‘

छायाँ अझै केही अगाडि बढ्यो । ऊ सशस्त्र थियो या शस्त्रहीन कसैले पनि ठम्याउन सक्ने विषय थिएन । तर उसको बोलीको हाउभाउ चाहिँ दुरुस्तै आतंकवादी ढाँचाको थियो । उसको कुरामा स्पष्ट विरोधाभाष पाइन्थ्यो । पहिले उसले आफूलाई बुद्ध भनेर भन्यो त्यसपछि भन्यो महाकवि । पक्का ऊ छली हो । यो कुराको प्रमाणका लागि के यत्ति नै पर्याप्त छैन

सिपाहीले अचानक कप्तानसा’पको उद्गार सम्झियो । उसको शरीरमा रक्त प्रवाहको नयाँ तरङ्ग दौडियोँ जननीजन्मभूमिश्च । भुस्याहा कुकुरलाई समेत नछोड्नू … ।

ढ्याङ ढ्याङ ढ्याङ ।

‘ए मलाई किन गोली हानेको म तिमीहरु सबैको कल्याण गर्ने पशुपतिनाथ पनि हुँ ।’ छायाँ चिच्यायो र भुइँमा पछारियो । त्यसपछि कुनै आवाज आएन । खाली हावामा बारुदको स्वाभाविक गन्ध फिँजारियो । वरिपरिका घरमा निद्रामा सपना देखिरहेका मानिसहरुले निद्रामै बन्दुक पड्केको सपना हेरिरहे । बारुदको गन्ध पनि त्यसरी नै सुँघे ।

त्यसरातको त्यो घटना युद्धको प्राकृतिक नियम अनुसार पटाक्षेप भयो । अर्थात् गोली चलेको सुन्नासाथ दुई सय मीटर तलको पोष्टको हवल्दारले ‘मािथ’ जाहेर गर्यो । जाहेरीपछि बख्तरबन्द गाडी आयो । त्यसपछि छायाँको लाश घिसारियो र अनकन्टार इलाकातिर लगियो । त्यसपछि उज्यालो भयो ।

त्यो घटनामा को मर्यो बुद्ध महाकवि पशुपतिनाथ या आतंककारी यसमा पछिसम्म पनि कसैले प्रश्न गरेन । व्यवस्थापिका कार्यपालिका न्यायपालिका साचार र मानवअधिकारवादी सबै आँआफ्नै धर्ममा हिँडिरहे ।

तर त्यो घटनापछि सिपाहीमा चाहिँ आमूल परिवर्तन भयो । उसको एकान्तको अँध्यारोमा लाग्ने डर पूर्णतया समाप्त भयो । अचेल सधैँ त्यो रातको घटना सम्झिएपछि उसलाई कप्तानसा’पको पि्रय श्लोकको स्मरण हुन्छँ जननीजन्मभूमिश्च… ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *