Skip to content

गोरखापत्र

कसले गरोस् अनुभूत !

  • by

के भएछ कुन्नि, हामी सबैलाई आश्चर्यले निकै जोडले हल्लाउने गरी एक भाइ बाहिरबाट दौडेर आई खातालखुतुल गरी तर्कारी काट्ने चक्कु लिएर कुद्नै लागिसकेको थियो ।

व्यङ्ग्यका निधि भीमनिधि

  • by

नेपाली वाङ्मयका अनन्य साधक भीमनिधि तिवारीको जन्म वि.सं १९६८ फाल्गुण ३० गते र निधन २०३० जेठ १९ गते भएको हो । सातै वर्षको बाल्यावस्थामा मातृममताबाट वञ्चित हुनु परेका भीमनिधि साहित्यका विविध विधामा मूर्धन्य हस्ती हुनाको अलवा कुशल प्रशासक, शिक्षापे्रमी, परोपकारी एवं हिन्दुधर्मप्रति उच्च आस्था राख्ने मर्मज्ञ प्रतिभा थिए ।

विगतका गल्ली गल्छेंडा हुँदै

  • by

सानैदेखि प्रतिकूल स्थितिमा हुर्कनुपर्ने विवशताले मलाई विकल्प सोच्नतिर डोर्‍यायो । यो विद्रोह थिएन । यो प्रतिकार पनि थिएन । विनाविरोध, विनाप्रतिकार अर्को बाटोको खोजीले रिक्ततापूर्ति मौन जिज्ञासालाई उत्प्रेरित गर्दोरहेछ ।
यहाँ यही शब्द ठीक र उपयुक्त लागेकोले प्रयोग गर्दैछु । किनभने वाध्यताको विरोध गर्नुभनेको आफ्नो अवस्थाप्रति अज्ञानता दर्शाउनु हो । त्यस्तो म थिइन । घरको परिस्थितिबाट अनभिज्ञ नहुनाले निदानको लागि यो विकल्प रोजेको थिएँ । साहित्यमा मेरो संलग्नताले यसको सङ्केत गर्छ ।

असल पुरुष

सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् ।

आकाशजत्रो मान्छे

  • by

मेचीका किनारहरू हुन् या ब्रम्हपुत्र, गङ्गाका किनारहरू, उनी कहिले बनारस पुग्थे, कहिले डुवर्स, आसाम, मणिपुर पुग्थे । उनी जहाँ पुगे पनि नेपालीहरूकै मायामा घेरिएर बसेका हुन्थे । एउटँ उत्कट अभिलाषा, नेपाली भाषा र साहित्यको अभिवृद्धिका निम्ति आतुर भएर विगत ४५ वर्षदेखि यसरी फकिरझैँ हिडिरहका ती कविमान्छे थिए भवानी घिमिरे ।

वर्षाद गराउछ सङ्गीतले

  • by

सा, रे, ग, म. प, ध, नि. सा, सङ्गीतका यिनै सात सुरबाट संयोजन पश्चात् निकालिने आवाज । ध्वनिबाट विभिन्न रागहरूको निर्माण गरिएको कुरा सामवेदमा प्रस्तुत गरिएको भेटिन्छ ।

सर हैन म्याम

  • by

उल्काको छ अमेरिका !

हुन नसक्ने क्यै हुँदैन त्यहाँ । बरु नहुने कुरो केही छ कि भनेर गम खानुपर्ने समाज छ त्यहाँ ।

हरेक कुरा अनौठो लाग्छ । थुपै्र असहजभित्र पनि कति अचम्म लाग्दा प्रसङ्गले अझ चकित भइन्छ ।

‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ होइन ‘लोशर’

  • by

एसिया महादेशका विभिन्न भूभागहरूमा विशेष गरी भारतीय उपमहाद्वीपमा बसोबास गर्ने शेर्पाहरूले आदिमकालदेखि प्रचलनमा ल्याएको संवत्सरको उत्सवलाई शेर्पा भाषामा ‘लोशर’ भनिन्छ ।

नेपाल बन्द

  • by

जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । केही दिन अघि नै उसको पार्टीले चरणवद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरिसकेको छ । त्यसै क्रममा सरकारलाई आफ्ना मागहरू पूरा गराउन दबाब दिनको लागि आज उसको पार्टीले बन्दको आयोजना गरेको हो । सरकारको पनि खै ! टायरको तातोले सडक नतताई,भिडन्त र दुइचार तोडफोड नभै कानमा बतासै लाग्दैन । जायज मागहरू पूरा गर्नु त परै जावोस्, सुनिदिने आश्वासनसम्म पनि दिंदैन ।

खगेन्द्र जो अब रहेनन्

  • by

अङ्ग्रेजी पत्रिका ‘हिमालियन’ को भित्री पृष्ठमा सानो दुई चार हरफको समाचार छापिएको थियो ‘साहित्यकार रहेनन्’ शिर्षक दिएर । समाचार पढेपछि म स्तब्ध भएँ । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार खगेन्द्र प्रधानाङ्गको ८६ वर्षको उमेरमा निधन भएछ । उनको निधनको समाचारले पत्रपत्रिकामा जुन महत्व र स्थान पाउनुपर्थ्यो त्यो पाएको देखिएन ।

चौध तालको माला घोडाघोडी क्षेत्र

  • by

नाम सुन्दैमा पनि अचम्म लाग्ने — घोडाघोडी ताल । केही वर्षअघिसम्म जीवित पुस्ताको कुरा मान्ने हो भने पनि करिब दुई सय वर्ष पहिले कैलालीको मध्यभागमा अवस्थित यो तालको रमणीयता हेर्न घोडा र घोडीमा सवार भएर आएका राजारानीले तालको वरिपरि घुम्न नपाउँदै सवार घोडाघोडी थाकेर मरेकोले यस तालको नाउँ घोडाघोडी रहन गएको हो ।

अलिनो समय र स्वादिलो गीत

  • by

स्वरसम्राट नारायणगोपाल नहुनुको पीडा भोग्ने वगे्रल्ती छन् तर आम गीतकारहरू जो जो नारायाणगोपालको स्वरमा आफ्ना गीति गेडाको माधुर्य चाख्न चाहन्थे, ती गीतकारहरूको ‘कल्पित-पीडा’ शब्दमा वणिर्त हुन सक्दैन । तिनै गीतकारहरूको चर्को भीड हुन्छ ‘किम्ची रेष्टुरेन्टमा’ । शायद नारायाणगोपाल हुन्थे भने धेरै गीतकारका गीतलाई ‘दनक’ लगाउँथे होलान् ।

जैमली

  • by

उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन ।

बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ जैमलीलाई भेट्ने ।

काशीः एक प्रभाव

  • by

शब्द, अर्थ र कलमलाई लिएर खेल्नेको संसारमा अभिधा, लक्षणा र व्यञ्जना गरी शब्दका तीन शक्ति शब्द-शक्तिका रूपमा परिचित रहेका छन् । रड्ढ र कुची लिएर खेल्नेमुकेश श्रेष्ठको “काशी ः एक प्रभाव” शीर्षकको प्रकाशित चित्रप्रदर्शनी शब्दमा उल्लेख गर्नुपर्दा अभिव्यक्तिका यिनै शक्तिमध्ये लक्षणा तथा व्यञ्जना शक्तिका रूपमा रहेको छ । मुकेशका चित्रभित्र चित्र अवयवका कतिपय बिम्ब अप्रत्यक्ष रूपमा आएका छन् र चित्रसिद्धान्तका प्रयोग अप्रत्यक्षकै सीमामा प्रयुक्त रहेका छन् ।

मैथिली लोकगीतमा विवाह प्रसङ्ग

  • by

लोकगीत लोककण्ठमा परम्परागत रूपमा जातीय जीवनको यथार्थ दर्शन हुन्छ । यसको अध्ययनले कुनै पनि देशको सभ्यता, संस्कृति, धर्म – नीति, रीति-थिति, कला-साहित्य, सामाजिक संरचनाको सूक्ष्म अनुभूति हुन्छ । यो शास्त्रीय आडम्वरबाट लोक जीवनको स्वभाविक उदगार हुन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न पक्षबारे यसमा गहन चित्रण गरिएको हुन्छ ।

विद्वान् खड्गमान मल्लको सम्झना

  • by

विद्यार्थी जीवन बिताइरहेका खड्गमान मल्लको जीवनले एकदिन अचानक मोड लियो । यो कुरा थियो वि.सं. १९९० साल असोजको । आफ्ना विद्यार्थीमध्येका विद्यार्थी खड्गमान मल्लको प्रभाव नाट्यसम्राट बालकृष्ण सम र सरदार रुद्रराज पाण्डेमा परेको थियो । यसै प्रभावले ती दुवै विद्वान विद्यार्थी खड्गमान मल्लको घर वटुगुच्चा टोल पुगे ।

थाहा छैन मलाई

  • by

केही दिन अघि एकजना मित्र मेरा बासस्थानमा आई आफूलाई ‘लेखक कवि’ बनाइदिने अनुरोध गरेपछि मन मस्तिष्क दुवै हल्लिन थाले मेरा । हृदयको भित्री भूइंचालो छँदैछ फेरि चर्को अर्काे एकछिन जिल्लिएँ वा आत्तिए, सीधा उत्तरको अभावमा के भनौं र गरौं भो एक्कासी मलाई । यस्तो पनि हुँदोरैछ अनुरोध भन्ने कुराले मेरा सामु साहित्य सस्तो र महँगो दुवै एकैसाथ हुनपुग्यो । ‘लेखन’ को भित्री प्रशिक्षण कुनै शिक्षक वा क्याम्पसले कतै दिए पनि मेरा दृष्टिमा त्यो बाहिरी हो ।

समानताको स्वर र असमानताको जित

  • by

यो वर्ष नेपाली आधुनिक सङ्गीतले १०१ वर्षमा प्रवेश गरेको छ भने यही वर्षबाट नारायणगोपालले गाउन सुरु गरेको पनि एकाउन्न वर्ष पूरा भएको छ । नेपाली सुगम सङ्गीतमा नारायणगोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर १० वर्ष पुगेको थियो । १० वर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको सङ्गीतमा गीत गाएर स्वर परीक्षामा उत्रेका गायक नारायणगोपालले पाँच वर्षभित्र रेडियो नेपालका एक स्तम्भ नारायणगोपाले सौभाग्य हासिल गरे

कथा त सानै हो, तर व्यथा …..?

  • by

अचम्म यसमा होइन सम्पादक महोदय, तपाईंले कथाकारसँग कथा माग्नुभएको छ, छोटो, मीठो र राम्रो । अब यस्ता खाले परिभाषामा कसले कति कथा लेखेको छन्, यो त मलाई थाहा भएन । हो, मेरा कथाकारले भने तपाईंले भने तपाईंको यस परिभाष्य कथामा अट्ने रचना लेखेका छैनन् ।

नेपाली साहित्यमा बेलायती सक्रियता

  • by

वर्षदेखि बेलायत बस्दै आइरहनु भएका हरिसिंह थापा यतिखेर नेपाल आउनुभएको छ । देशविदेश धाउने र आवतजावत गर्नेहरूको उल्लेख गरिरहन आवश्यक छैन । तर हरिसिंह थापा जस्ता मान्छेहरू आवतजावत गरेको पनि उल्लेख गर्नुपर्ने हुन्छ । देशको लिएर भन्दा देशलाई दिएर जान सक्नेहरू नै उल्लेख गर्न लायक हुन्छन् ।