ताजपुरीयाहरूको मूलथलो नेपालको पूर्वी जिल्लाहरू झापा र मोरङ हो । नेपालकै पूर्वी जिल्ला झापा र मोरङमा बसोबास गर्ने राजवंशी र यिनीहरू हेर्दा उस्तै उस्तै देखिन्छ । भेषभूषा, भाषा संस्कृति उस्तै उस्तै देखिए तापनि यी दुई जातिहरू बीच विहावारी हुँदैन ।
आफ्नै मौलिक भाषा, संस्कृतिले परिपूर्ण ताजपरीयाहरू हिन्दू धर्मावलम्बी हुन् । यिनीहरू आफ्नो हरेक धार्मिक, सांस्कृतिक कामकाजमा ब्राहृमणलाई डाक्छन् । यिनीहरू प्रत्येक धार्मिक कामकाजमा जाडरक्सीको प्रयोग गर्दछन् । यिनीहरू हिन्दूहरू धर्मका धेरैजसो चाडपर्वहरू मनाउँछन् । यो जातिमा मागि विवाह बढी प्रचलनमा छ । बिहेको सबै चाँजोपाँजो लमीले नै मिलाउँछ, जुन लमी अनिवार्यरूपमा ब्राहृमण नै हुन्छन् । एक किसिमले लमीले केटी र केटा पक्षबीच मध्यस्तकर्ताको भूमिका निभाउँछ । लमीले दुवै पक्ष बीच विवाहको लागि कुराकानी मिलाउँछ । जसलाई ताजपुरीया भाषामा ‘कारुहवा’ भनिन्छ । यस जातिमा पनि विभिन्न विधि व्यवहार गरी विवाह संस्कार सम्पन्न गरिन्छ । विवाह संस्कारको अन्तिम विधालाई बिसौनी भनिन्छ ।
भारतको बङ्गालीहरूको भाषासँग मिल्ने ताजपुरीयाहरू समग्रमा आर्थिक रूपले धेरै विपन्न पाइन्छ, जसको कारण यिनीहरू प्रायः जसो श्रमिकको रूपमा नै काम गरेको पाइन्छ । पोशाकमा ताजपुरीयाहरूमा लोग्ने मानिसले छोटी, लगौँटी, गञ्जी, टी-शर्ट, गम्छा लगाउँछन् । महिलाहरूले पेटानी, सारी, ब्लाउज, पाउजेव, चुडा, कानमा कुण्डल र खुट्टामा खराउ लगाउँछन् । यिनीहरू पशुपालनमा गाई, बाख्रा, हाँस, परेवाजस्ता घरपालुवा जनावरहरू पाल्ने गर्दछन् । यिनीहरू खानामा नेपाली खाना दाल-भात, तरकारी, अचार, मासु र माछा खाने गर्दछन् । चाड पर्वमा चामलका विभिन्न किसिमका परिकारहरू बनाउँछन् ।
ताजपुरिया जातिको सबभन्दा ठूला पर्व ‘सिरुवा पवनी’ हो, जुन नयाँ वर्षको रूपमा वैशाख १ गते मनाइन्छ । विभिन्न किसिमका परिकारहरू बनाई, नाचगान गर्दै यो पर्व यिनीहरू एक हप्ताभरि मनाउँछन् । यसको साथसाथै भदौको कृष्णपक्षमा कृष्णाष्टमी खुब धुमधामका साथ मनाउँछन् । विभिन्न पर्वहरू मनाउने क्रममा हरिबोधनी एकादशी जसमा २४ घण्टासम्म उपवास बसी ब्राहृमणलाई केही न केही दान गरेपछि मात्र अन्न जल ग्रहण गर्ने गरिन्छ । यसको साथै यिनीहरू कात्तिकमा नयाँ खबर पर्व, माघमा माघे सङ्क्रान्ति, जितिया पवनी, गितुवा पवनी जुन घटस्थापनाभन्दा ८ दिन अगाडिदेखि नै मनाइन्छ । यस पर्वमा विवाहित महिलाहरू छोरा पाउनको लागि उपवास बस्छिन् । यस पर्वका आइमाइहरू पोखरीमा दुई वटा साना साना माछा र जितुवाको फूल बाँसको सानो डुङ्गामा राखेर बगाउँछिन् । यसकोसाथै पर्वको रूपमा तिहारमा गोवर्द्धन पूजा गर्दछन् जसमा आफ्ना गाईवस्तुहरूलाई नुहाईधुवाई गरी मीठो खानेकुरादिइन्छ । जसलाई पखेवा भनिन्छ । यस पर्वमा गाईको गोबरको गोवर्द्धन पर्वत बनाई पूजा गरिन्छ ।
यो जातिको मुख्य पेशा कृषि हो । कृषिमा यिनीहरूले मुख्य रूपले धान, गहुँ, जौ, फापरको खेती गर्दछ । खेतीपातीबाट वर्षभरि आफ्नो छाक टार्न नसकिने हुनाले आफ्नो जीविकोपार्जनको लागि अरूको खेतमा मजदुरी, विभिन्न किसिमका व्यापार व्यवसाय गर्दछन् । प्रायः जसो ताजपुरीयारू गरिबी, अशिक्षाको रेखामुनि नै आफ्नो जीवन बिताइरहेका छन् ।

kami kamjori
hami purkhau dekhi pooza ma jaad raksi chalaudainau khana ma hamro tajpuriya jati lai chinanune ghumni muri ho hindu dharma sanga mel khanchha tara hamro dharma prakriti puzak hau. hamro bibaha ko kuragarda janne bujhne afanta lai lami banauchhau brahaman lai hoina. hamro jati le ashiksha ko karanle purkhauli sampati gumaisakeko chha ra hami ahile nikai pachhi pareko chhau. mero anurod chha kami kamjori lai chado vanda chado sudhar gari pau dhanyabaad.
kami kamjori
hami purkhau dekhi pooza ma jaad raksi chalaudainau khana ma hamro tajpuriya jati lai chinanune ghumni muri ho hindu dharma sanga mel khanchha tara hamro dharma prakriti puzak hau. hamro bibaha ko kuragarda janne bujhne afanta lai lami banauchhau brahaman lai hoina. hamro jati le ashiksha ko karanle purkhauli sampati gumaisakeko chha ra hami ahile nikai pachhi pareko chhau. mero anurod chha kami kamjori lai chado vanda chado sudhar gari pau dhanyabaad.