मधुपर्क २०६७ पुस

नारीवादी सशक्त उपन्यास

  • by

अन्य विधाका तुलनामा अहिले ‘उपन्यास’ विधाको चर्चा खुब चुलिएको छ । उपन्यास लेख्नु र पढ्नु नै साहित्य लेख्नु र पढ्नुजस्तै भएको छ अचेल । कविबाट सुरु हुने उहिलेको साहित्यिक अवतारमा परिवर्तन आई अब त लेखकहरू सुरुमै उपन्यासकार हुन थालेका छन् । आख्यान पुरूष ध्रुवचन्द्र गौतमले भर्खरै पच्चीसौं उपन्यास ‘अप्रिय’ बजारमा ल्याइसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विमर्शनलाई नियाल्दा

  • by

आधा दर्जनभन्दा बढी कृतिका स्रष्टा ठाकुर शर्मा नेपाली साहित्यिक आकाशका त्रिवेणी हुन् । यिनको कलम कविता विधामा जति सक्रिय देखिन्छ त्यत्ति नै सक्रिय देखिन्छ सम्पादन र समालोचनाका क्षेत्रमा पनि । उनको अध्ययन-अध्यापनको विषय साहित्यसँग सम्बन्धित भए तापनि कार्य क्षेत्र भने साहित्यभन्दा पृथक नै देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यङ्ग्यात्मक कविताको झटारो

  • by

मित्रलाल पंज्ञानी विभिन्न विधामा साहित्य सिर्जना गर्ने सिद्धहस्त स्रष्टा हुन् । विशेषतः छन्दमा लेखिएका उनका कविताले थोरैमा पनि धेरै कुरा भन्ने सामर्थ्य राख्छन् । सहजरूपमा कविताको विषयवस्तु उठान गरेर व्यङ्ग्यात्मक शैलीमा प्रभावपूर्ण कविता लेख्नु पंज्ञानीको विशेषता नै हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आञ्चलिक स्वादका कथाहरू

  • by

नारायण तिवारी नेपाली साहित्याकाशका चिरपरिचित स्रष्टा हुन् । सुनसरीमा जन्मेर विराटनगरमा स्थायी बसोबास गर्ने उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । २ कविता र ४ कथा विधाका सिर्जना प्रकाशित गराएका तिवारीको सद्य प्रकाशित कृति ‘शत्रु’ भित्र विभिन्न आकारका ३३ कथाहरू छन् । तिनीहरूले मानव जीवनका विकृति, विसङ्गतिदेखि समाजका उतारचढाव र असमानतासम्मको चिरफार गर्ने भरमग्दुर प्रयास गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नरपति पोखरेलका एकमुष्ट सँगालो

  • by

डा. रामप्रसाद पोखरेल तथा श्रीमती शोभनाको सतत् प्रयासले नरपति पोखरेलका सम्पूर्ण कृतिको सँगालो हालै प्रकाशित भएको छ । नइ प्रकाशनले आकर्षक कभर डिजाइनका साथ प्रकाशित गरेको यस पुस्तकले नेपाली भाषा, साहित्यमा धेरथोर श्रीबृद्धि गरेको छ । पचासी वर्षमा निधन भएका नरपतिका कृतिहरूको एकमुष्ट सँगालोलाई प्रकाशित तथा पुनः प्रकाशित गरिदिएर पुत्र रामप्रसाद पोखरेल र उनका परिवारले पूर्वीय दर्शन र पितृ स्नेहको थप नमुना प्रस्तुत गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘सेतो बादल’ मा सांस्कृतिक सचेतता

  • by

रत्न प्रजापति समसामयिक जीवन र संस्कृतिलाई यौनसित जोडेर कथा सिर्जना गर्ने वर्तमानका प्रखर कथाकार हुन् । ‘उकुसमुकुस’ र ‘बिसन्चो’ पछि उनको ‘सेतो बादल’ (२०६६) कथासङ्ग्रह प्रकाशित भएको छ । यसमा चौबीसओटा कथाहरू सङ्कलित छन् र तिनले उपत्यकाको नेवारी संस्कृतिमा आबद्ध जीवनपद्धतिको स्वाभाविक उद्घाटन गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘नीलो सिमाना’ भित्रको काव्यकला

  • by

कुनै पनि सिर्जनशील व्यक्तिद्वारा आफ्नो अनुभव र अनुभूतिलाई लयबद्ध तरिकाले प्रस्तुत गर्दै जीवन र जगत्का विषयमा विशिष्ट चिन्तन गरेपछि कविता बन्छ र यस्तो कवितामा शिल्प, भाव, सौन्दर्य र विषयवस्तु आदि राम्ररी सजाइएका हुन्छन् । यस्तै परिधिभित्र रहेर, भर्खरै कवियित्री सविता गौतम दाहालद्वारा लिखित ‘नीलो सिमाना’ नामक कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मान्छेः समय, परिस्थिति र निर्णयको बन्दी

सूत्रधारः- त दर्शकवृन्द ! आज मबाट ठूलो गल्ती भएको छ । त्यसका लागि मलाई क्षमा गर्नुहोला । तपाईंहरू सबै नाटक हेर्न आउनु भएको छ र म नाटक देखाइहाल्न नसक्ने भएको छु । प्राविधिक गडबडीहरू छन् । माफ पाउँ दर्शकवृन्द ! माफ पाउँ । (झुकेर प्रमाण गर्छ । दर्शकदीर्घाबाट हल्लाखल्ला आउँछ ।) शान्त ! दर्शकवृन्द, शान्त । यौटा खुसीको खबर छ । नाटक सुरू नहुञ्जेलसम्म हामी तपाईंहरूलाई एउटा जीवनको विज्ञापन देखाएर मनोरञ्जन प्रदान गर्ने छौँ । जीवन आहाहा ऽऽऽऽऽऽऽ सुन्दर शान्त जीवन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बानी

  • by

बिहान उठेर चिया खाइवरी नरेश काकाको घरतिर लागेँ । जानुका काकी भुतभुताउनु हुँदैरहेछ । राति रूपेशले ओछ्यानमा पिसाब फेरेको अरे ।

नरेश काकाका दुई छोरा थिए- दीपेश र रूपेश । दीपेश कक्षा ५ मा पढ्थ्यो! रूपेशचाहिँ २ कक्षामा । काका जागिरमा बाहिरबाहिरै हुनुपरेकाले काकीले नै सबै व्यवहार पूरा गरेर खुवाउने, पढाउने इत्यादि कार्य गर्नुभएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्णविराम

  • by

उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषधि ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चप्पल छिने के भो र यात्रा जारी छ

सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा लौरो छ बाँसको । तगारो बन्द छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्यासच्याम्बर छेउबाट

  • by

“म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भन्सारको जागिर

  • by

भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन । यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र । तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई उहाँको घरैमा बुझाउनु पर्ने रे । अरू कसैले थाहा नपाउनु पर्ने रे । उसको हाकिमले जागिर दिनुअघि फोनमा हँसिलो स्वरमा सोधेको थियो । अर्थ बल्ल पो बुझ्यो उसले, ”तिमीलाई जागिर दिएर हामीलाई के फाइदा नि ?”

अफिस जाँदा बाटोमा भेटिएको एउटा अर्को साथीले एकै सासमा उत्सुकता, खुसी अनि त्यसपछि निरास व्यक्त गर्‍यो, ”तँ त भन्सारमा रे, हैन ? मोज गर न अब । तेरै छ अब बेला । आफ्ना मान्छे सरकारमा आएको बेलामा पनि मोज नगरे कहिले गर्छस् त । मेरा आफ्ना मान्छे त अहिले कुना लाग्या छन् । कहिले सत्तामा आउने हुन् ? मैले जागिर पाउने कुरो त अब त्यत्तिकै हो ।”

उसले जवाफ दियो, ”अब के गर्छस् त ? स्वतन्त्र भएर घुम्न, आनन्दले । साथमा बेरोजगार युवा जमात छँदैछ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुई

  • by

केटाकेटीहरू बुई बोकी खेल्दैछन् ।

कक्षा कोठामा विद्यार्थीहरूसँग ज्ञानको बुई बोकी खेलिरहेका मेरा आँखा बारम्बार त्यतातिर ठोक्किइरहेका छन् । मेरो मस्तिष्क कक्षा कोठाका गतिविधिमा केन्दि्रत छ, तैपनि कुनै शून्य समय निकालेर त्यतातिर झटारिँदै पनि छु र दाँज्दै छु मनमनै- तिनको बोकी खेल र मेरो बोकी खेलमा भिन्नतै के छ र ? उस्तैउस्तै ? आखिर म पनि त बोकी खेल्दै छु, मेरा अघिल्तिर बसिरहेका दर्जनौँ मस्तिष्कलाई ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बूढो यमराजको पुँडो

  • by

जब पचासले शरीरमा बतास हुल्छ, त्यसपछि वृद्धत्वका प्रमाणपत्रहरू अङ्ग-प्रत्यङ्गले खुरुखुरु दिन थाल्दारहेछन् । आँखाहरू भित्र पस्नु, निधारमा मुजापरी सरल र बक्ररेखा देखापर्नु, भित्र हिम्मत हुँदाहुँदै पनि शरीरले प्रतिक्रियामा बोल्नु, रौँ राज्यमा श्वेत आतङ्क मजैले झाङ्गनिु, हातगोडाका तन्दुरुस्तीपनामा सुस्ती देखिनु, दृष्टि एवं श्रवण शक्तिमा केही मन्दता छाउनु, कम्मर र ढाडले पीडाको भाषा बोल्नु, वार्धक्यका सुरुआती आभूषण रहेछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्योतोः जहाँ म नेपाल देख्छु

  • by

बुलेट प्रुफ ट्रेनभित्र हामी पनि बेगिँदै थियौँ । त्यो वायुपङ्खी ट्रेन सुलुत्त सुरुङभित्र पसेर खरायोजस्तै बाहिर उज्यालोमा फुत्त निस्कन्थ्यो । घरि गगनचुम्बी महलहरूको नजिकै सडकको छाती कुल्चिएर दगुर्थ्यो, त कहिले जङ्गलको बीचबाट चेपिएर अघि बढ्थ्यो । म झ्यालनेरबाट एकटकले आँखा गाडेर बाहिरका दृश्य/परिदृश्यहरू नियालिरहेँछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुरू दक्षिणा !

  • by

मानिसहरू ख्याल ख्याल मै जीवन बिताए भन्दछन्, जुनी बिताएँ भन्दछन् । हेर्दा र सोच्दा हो जस्तो लागे तापनि जिन्दगीको पाश्र्व छायाँमा उभिएका दुःख, करूणा, वेदना, छट्पटी, त्रास र खुसीहरूले गर्दा जिन्दगी बिताउनुको स्वाद नै अर्को हुँदोरहेछ, अनौठो हुँदोरहेछ, अपत्यारिलो हुँदोरहेछ । त्यसमा पनि सुख माथिको खुसीभन्दा पनि पीडापछिको खुसी निकै नै स्वादिलो र गहकिलो हुँदोरहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुमारी धर्तीका सिमान्त चुलीहरू

  • by

बिहान सखारै ब्यूँझेर, हातमुख धोई सोफामा बसेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो, ढक्ढक्…….ढक्ढक्…….। एउटा गोरो अनुहारको फौजी भाइ मेरो सामुन्ने हाजिर भयो -अनुहारमा शुभप्रभाती शैलीको मौन सम्बोधन र हातमा अतिथि सत्कारको तातो चिया बोकेर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रमेश विकलको जीवनयात्रा र योगदान

  • by

नेपाली आख्यान क्षेत्रका मूर्धन्य व्यक्तित्व रमेश विकल स्थानीय जमिन्दार वर्गको सम्पन्न ब्राहृमण परिवारमा जन्मेर, हुर्केर पनि अग्रगामी चेतना बोकेका अग्रणी प्रगतिशील साहित्यकार हुन् । २००६ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित ‘गरिब’ कथाबाट सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गरेका विकलले छ दशक लामो साहित्यिक यात्राका क्रममा कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध, बालसाहित्य र संस्मरणहरू लेखेर सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । कहिलेकाहीँ कविता लेखे पनि विकलको साधनाको मूल विधा गद्य र त्यसमा पनि आख्यान नै हो । उनका कथासङ्ग्रह-७, उपन्यास-४, नाटक-एकाङ्की-५, यात्रासाहित्य-२, आत्मसंस्मरण-२, व्यङ्ग्य निबन्धसङ्ग्रह-१, बालसाहित्य सङ्ग्रह २३ र अनूदित-७, गरी जम्मा ५१ भन्दा बढी कृतिहरू रहेका छन् । उपर्युक्त कृतिबाहेक सङ्कलित हुन बाँकी उनका थुप्रै फुटकर रचनाहरू पत्रपत्रिकामा प्रकाशित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झमकसँग बिताएका चार घण्टा

  • by

वि.सं. २०६७ कात्तिक ४ गते झमक घिमिरेको घर पुग्दा बिहानको साढे दस बजेको थियो । धनकुटा ३ कचिडेस्थित उनको घर मलाई आज अरू दिनभन्दा शान्त स्निग्ध र सफा लागिरहेको थियो । म यो चौथो पटक झमकको घर जाँदैछु । आज म उनको घर पुगिने सल्लेरीको वनको बाटो नगएर उनकै घरभन्दा झन्नै एक किलोमिटर माथिको गाडी स्ट्यान्डमा हिले वसन्तपुर जाने माइक्रो बसबाट ओरालो झरेर गएको थिएँ । कटेरा मास्तिरको बाटो देखिनै सफा पारेर बढारिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •