Skip to content

कविता

आजभोलि के भो मलाई

  • by
DambarBikel

आजभोलि के भो मलाई गुडुगुडूँ लाग्छ
पुतलीको पंख चोरी भुरभुर उडूँ लाग्छ

उसले हेरेदेखि मायाले बेरेदेखि
हाम्रो सम्बन्धमा दुनियाँले केरेदेखि
पिरतीको आगोमा त्यसैत्यसै सल्कूँ लाग्छ
चन्द्रमाको ज्योति चोरी टलटल टल्कूँ लाग्छ

Read More »आजभोलि के भो मलाई

जुनकी छाँया

  • by
RamYonjan

पिरतीमा औकात खोज्ने सुनकी माया रैछौ तिमी
बादलुमा हराई हाल्ने जुनकी छाँया रैछौ तिमी

हेरिरहँदा शीतल दिन्छौ छुन खोज्दा टाढा भाग्ने
पराई हौ कि आफ्नै तिमी रिसाएनी माया लाग्ने

Read More »जुनकी छाँया

मातृमायाँ

  • by

DharmaRajKoirala

न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।

Read More »मातृमायाँ

मतिरै आइरहेछन

तिम्रो समथर भूगोल जस्तै,
फराकिलो मनको फूलबारीमा,
रंगिन सपनाका फूलहरुले सजिएर,
मेची किनारमा बहकिने शीतल पवन झैं,
शान्त र सुम्य भावनारुका लहरहरु,
मतिरै आइरहेछन, अँझै नजिक नजिक !Read More »मतिरै आइरहेछन

मेरो मायाको हिसाब स्वर्गमा दिनु छ

म केवल चिच्याउदिन
मेरा अन्तरङ्गहरू थर्थराइरहेछ्न
विश्वास अनि मौनता
लगाव अनि झुकाव
वायु पङ्खी घोडाको रेश जस्तोRead More »मेरो मायाको हिसाब स्वर्गमा दिनु छ

GovindaOjha

यति मिठो मुस्कान

यति मिठो मुस्कान दियौ तिमीले मलाई
विगतका पलहरु सबै सम्झायौ मलाई

यो मेरो जिन्दगीको रक्षक थियौ तिमी
जिन्दगी क्षणक्षणको सहयात्री भयौ तिमी

केही दिन अझै पर्खौँ

टाढा थियौँ पहिले हामी नजिक हुँदै आयौँ
धेरैपछि स्कुलमा भेट्ने मौका पायौंँ

रोगव्याधि आउँदा रै´छन् कस्ता-कस्ता खाले
हामीलाई नि अत्यायो लौ पापी कोरोनाले
कान दुखिन्जेल मास्क लगाई हिँड्ने गर्थेँ मैले
हात मिलाउन डराउँथेँ साथीसँग पैले

आशा र आशंका

हत्या हिँसा हराएर शान्तिको दिन आउला
निस्फिक्रि बनपाखामा चरिले गीत गाउला
पुरानो घाउमा खाटा बस्दै जाला पछि पछि
भन्ने विश्वासथ्यो मनमा चोट पो फेरी लाग्छ कि !

IMG_20210127_141242

ढाक्रे जिवन

भिरेर दुःखको गहना आफ्नो मनमा।
अनन्त यात्रामै टुङ्गो विहिन यात्री भई।।
मन निसासिदो हुन्छ एक्लो हुदा वनमा।
दुखको आँसु पिउँदै क्षण क्षणमै मन रोई।।

गरीव कोखमा वास मात्रै लिएँ ।
विचार सधै उच्च थियो के गर्नु मैले ।।
मुटुको व्यथाको स्पर्शको अनुभुती मस्तिस्कलाई दिए ।
शिशु अवस्थामै टुहुरो भई कष्ट छ जहिले ।

भई दियो गहना मेरो ढाकर तोक्मा ।
गुजार्नु छ जिवन मैले ढाकर तोक्मा लिई ।।
जुर्दैन भाग्य कहिल्यै अभागी कोखमा।
मनको ज्वाला फाट्यो दुखमा आँसु पिई।।

भन्छन कोहि अबुझ मलाई ढाक्रे जिवन।
ढाकरको माध्यमले जिवन गुजार्नु छ मैले।।
दुखिया जिवनमा सर छैन अब हुँदा नि निधन।

नेपाल मेरो घर

आकाशभन्दा माथि पर्छ क्षितिजभन्दा पर
स्वर्गभन्दा पनि सुन्दर नेपाल मेरो घर
घामको झुल्के पहिलो किरण सुनको मेरो बिहान
दिउँसोभरि चाँदी फल्छ शीरको मेरो हिमाल

हाम्रा चेलीहरूले भ्याएकै हुन्

हाम्रा चेलीहरू अरु हेरि
निकै फर्वाड छन्,
पढे लेखेका छन्,
कामधन्दा सबै जानेका छन्,
बिहे बटुलमा पुगेका छन्,
मरौपरौमा पनि सघाएका छन्,
सिँगारपटार जानेका छन्,
घर सजाएर राखेका छन्,

मेरो देश

मेरो देश
जहाँ,
नेताहरू `हामी यहाँ छौ´भनेर पलेटी कसेर घाम ताप्दैमा मस्त छन्,
सुरक्षाकर्मीहरू नेताहरूलाई सलाम ठोक्नमै व्यस्त छन्,
प्रधानमन्त्री कमेडी गर्दैमा मस्त छन्,
मन्त्रीहरू गुट र उपगुट को भेलामा गएर भाषण गर्दैमा व्यस्त छन्।

जिन्दगी

हिजो आज त जिन्दगीपनि भएको छ,
हिसाब नमिलेको बिजगणित जस्तो
नदिले छोडेको किनारा जस्तो
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।

जिन्दगी भएको छ,
भुकम्प पछिको भग्नावशेष जस्तो
पानी नपाएर छटपटाएको माछा जस्तो,
अथवा,
कयौ दिन खाना नपाएको मान्छेले भर्खर खाना खान पाएर खुसी भए जस्तो,
कतै सबैथोक भए जस्तो,
कतै केहिपनि नभए जस्तो।

सोच्दै गर्दा थाहापाए,
कसैको साथ बिना खास नहुने रैछ जिन्दगी,
सधै भरी एकै नास नहुने रैछ जिन्दगी।
कहिलेकाही त
जिन्दगीको खेलमा,
सपना पनि क्षणभरमै तुहिदो रैछन्,
काल संगै रहरहरु पनि टुट्दा रैछन्,
उमेर पाक्दै गर्दा आफन्त हरु पनि टाढिने रैछन्।

परिवर्तन

लुरे डूरे मूसो लुसुलुसु पुगिगो सदनमा
भयो हात्ती भुँडे चमक पनि आयो बदनमा
थिए नाँगा गोडा अब त चढिगो बाहन महाँ
बन्यो अर्कै जाती कसरी झरनु भूमीतलमा

निमुखा गोल्ढ्याँग्रा गरीब भिखमंगा संग गइ
यीनै मेरा साथी भनि किन दबिनु तल भई
भनी पाँचै तारे छिरी डुबन गो बोतल महाँ
चढ्याे इन्द्रै आशन कसरी झरनु भूमीतलमा

फुटेका हात् खुट्टा ठस ठस गन्हाउने शरीर त्याे
बन्याे कल्कलाउँदाे शरीर, अनि काेमल बदन भाे
बस्याे बानी सोझो सदन चढी छिर्ने ढुकुटीमा
भयो मान्ने गुन्ने कसरी झरनु भूमीतलमा

सबैले था पाए पहिरन सबै फुस्किइ सक्यो ।
लज्जा, घृणा सक्यो अब त नकचरोपन् छिरी सक्यो

भुइँमान्छेका छायाँहरू

प्रचन्ड घामको रापमुनि
बेल्चा र खन्ती बोकेका
सयौं ख्याउटे छायाँहरू
चट्टानी पहरा फोडिरहन्छन्
उबडखाबड डाँडा सम्याइरहन्छन्
ती भोका र मरञ्च्याँसे छायाँहरुको
पसिनाले भिजेको भूमिमाथि

कोरोना भाइरस

बाउ अमेरिका भन्थे आमा ती चीनकी अरे
कोरोना नाउँकी छोरी जन्मिछे चीनमा भरे

कोभिड बाउको नाउँ आमाको नाङचिङ् थियो
बिगारे नाउँ गाेराले बोल्दा नाइनटिन् भयो

समयकाे धुन

कुनै एक समय
बाख्रा बस्तु चराउने गोठालाहरुले,
एकान्त र शून्यतालाई तोड्दै पातको पिपिरी बजाउँदा
लोकभाकामा मुर्चुँगा, बिनायो र मुरली बजाउँदा,
मानिसहरू आफ्नो कामका थकानबाट मुक्तिको श्वास फेर्दथे,
एकछिन आफूलाई पनि दुनियाँबाट हराउँथे ।

यसै गरी मिलोस तिम्रो माया

चन्द्रमाको शीतल वादल वर पीपलको छाया
सधैंभरि यसै गरी मिलोस तिम्रो माया

अजम्बरी नाता हाम्रो हिमनदीको पानी
तिम्रै काखमा हासी खुसी बितोस जिन्दगानी