Skip to content

आफ्नै पौरखमा भर लाग्छ


जो गरीब छ त्यो घरमा भगवानको वास हुन्छ
जहाँ भेदभाव हुन्न त्यहाँ जीवन बिन्दास हुन्छ

चाहिन्न मसिनो मिठो जीवन पालिरहेकै हुन्छ
जस्तै दु:खमा पनि जीवन त टालिरहेकै हुन्छ

छन् झुपडी चाहिदैन कसैको अनुदान महल
चाहिन्न है मलाई कुनै ठुलो आलिसान महल

मिहिनेत मजदुरी गरेर आफ्नै पौरख खाने छु
पसिना बगाएर निरोगी बन्छ र गौरव मान्ने छु

जलप लाएको श्रँगार सुन चाहिदैन मलाई !
जिन्दगी बाँच्नलाई खान नून चाहिदैन मलाई

हात पाखुरा चलुन जेल गर्दिन आस कसैको
जस्तै दु:खमा परेपनि म खोस्दिनं गास कसैको

डम्बर धिमाल
राजदोङ्ग्यें, मोरङ
२०७७ मंसिर २३ मंगलबार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *