Skip to content
LaxmiPrasadKhatiwada


अलौकिक शक्तिको धनी तिमी
तिम्रै वशमा छौं आज हामी ।
तिम्रै शान्त वातावरण पाएर
चुस्त, फुर्तिलो भएका छौं हामी ।

तिम्रो सुन्दर र अनुपम स्वरुपमा
खेल्दै, रमाउन पाएका छौं ।
तिम्रै काखमा लडिबुडि गर्दै
अथाह ज्ञान सिक्न पाएका छौं ।।

मेरो यात्राको सहयात्री तिमी
म एक्लै हुँदा साथी बनी ।
मेरा दुख पीडा सुन्ने गर्छौ
सुख दुखकी साथी तिमी ।।

न रिस गर्छेउ न राग छ तिमीमा
न घमण्ड गर्छौ छ्यौ अनुशासित तिमी ।
मानव सभ्यताको जननी हौ तिमी
तिम्रो सम्बन्धले दीर्घायु बनेका छौ हामी ।।

संसारलाई सन्तुलनमा राख्दै
हाम्रो सहयात्रामा साथ दिएकै छौ ।
तिमी विना हाम्रो अस्तित्व नै रहदैन
साथ दिएर हाम्रो अस्तित्व राखिदिएको छौ ।।

प्रकृति तिमी महान छौं
तिम्रो काखमा पल्टेर रमाएका छौँ हामी ।
जीवित निर्जीव सबैको आश्रयस्थल
ब्रह्माण्डको एक मात्र स्वर्ग हौ तिमी ।।

1 thought on “प्रकृति तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *