हजुरबाले दन्त्यकथामा भन्नुभएको
एकहाते राक्षस
पृथ्वीमा आज फेरि
प्रकट भएर
हातहातै नदेखिने गरी
संसार डुलेको छ
डराउने र आत्तिनेलाई
निहुँ बनाएर निलेको छ ।
किनभने
मान्छेले हातैका भरमा
यतिविघ्न विकास गरेको कुरा
संसारलाई छिनभरमै जोडेको कुरा
रोग र अकाल मृत्युलाई जितेको कुरा
प्रकृतिलाई पनि चुनौती दिएको कुरा
दन्त्य कथामा हजुरबाले भने झै
एकहाते राक्षसलाई मन परेन होला
रिस उठेर आँखा देखेन होला
त्यसैले मान्छेका हातहातै
नदेखिने गरी
संसार डुलेको छ ।
छानीछानी मान्छेलाई निलेको छ ।
दन्त्य कथामा हजुरबाले भने झै
यो राक्षस प्रकट भएका बेला
सबैले हातलाई लुकाउन सक्नु पर्छ
आफूलाई निर्दोष देखाउन सक्नु पर्छ
कि त आफूपनि नदेखिने हुन सक्नु पर्छ
नत्र भने घरभित्रै बसेर
एकहाते राक्षसलाई भगाउन सक्नु पर्छ ।
२०७७ बैशाख १४

राम्रो कविता हजुर।
राम्रो कविता हजुर।