Skip to content

कविता

कोरोनालेकाण्डले जन्माएका पात्रहरु

भारतकी एउटी नागरिक
जो, बेलायतको सुप्रसिद्ध सुपरस्टारको
पदमा सुशोभित थिइन्
कालाकारको पहिचानले परिचित थिन
तर, जब कोरोनाको महामारी मच्चियो
र फैलियो
बनको आगो झै गरेर यो

तल ताल्चा लागेको छ

सुतियो नौ बजे हिजो, जागियो तीन नै बजे,
खाइयो जल तातो र , भयो उदर शुद्धि नै ।

खोलेर झ्याल ढोका नै, बसियो योग गर्न नै ,
गरियो आसनै पूर्ण, प्राणायाम र ध्यान नै।

AjitAcharya

हजुर ! यात्रा कहिले खुल्छ ?

हिंड्दै जाँदा आँखै अगाडि
कुनै भयंकर अनिष्ट देखेर
बलात् रोकिएको छ
सवारी जीवनयात्राको
अप्रिय खबर सुनेर कुनै
त्रसित छन् अनुहारहरू
आँखाको भाखाबाट सोध्दैछन्

स्वास्थ्यकर्मी

पिडा लुकाइ बाहिर मुस्कान खुसी छर्दैछन् जो
कर्म पथमा अडिग छन् सोध्छन् सन्चो विसन्चो
दिन रातै नभनि सेवामा जो अटल तल्लिन छन्
आफ्ना दुःख भूली मलम अरुलाई जो लाउछन्

परिवर्तन

विश्वभरि मडारिरहेको कालो बादलले केही सङ्केत गर्दैछ
एक सुक्ष्म जीवाणुसँग आज मानव हार्दैछ
ब्रमाण्ड त्यही गतिमा चलायमान छ
समयको रफ्तार उही छ
तर आफूलाई सर्वश्रेष्ठ ठान्ने मान्छे भने
आज ठप्प रोखिएको छ
रंग फेर्दै हिड्ने मान्छेको रंग खुइलिएको छ ।

जल्दैछ आगो

जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

छातीभित्र मुटु कसैको मनमा लुक्न नसकिने रहेछ
झुठो बोल्छन् मान्छेहरू मनमै बस्ने कुरा कथा रहेछ,
मनमै कुरा लुकाउने भेटेपछि जीउँदै आज जल्दैछु
आफ्नो भन्नेले धोका दियो पीडामा आफै जल्दैछु ।

कृषि-देशको मेरुदण्ड

कस्तो आएको छ आपत, खेर जाँदै छ किसानको पसिना
कृषिबाली नष्ट भयो, ल्यायो कस्तो लकडाउनले असिना

दिन रात एक गरी कडा परिश्रमले उनले उब्जाएको बाली
त्यो हरिभरा दिनको याद छ, घर घर हुन्थ्यो सबैको लाली

MamataPanta

पत्थर त पत्थरै हो

पत्थर त पत्थरै हो आखिर
पगालेर पग्लिन्छ कहाँ
टुट्छ फुट्छ बरु बन्छ धुलो धुलो
तर पत्थर हो त्यो, पग्लिन्छ कहाँ

कहीं पत्थरको माया त
कहीं मायालु पत्थरको
कहीं पत्थरको मुटु त
कहीं देवता पत्थरको

नेता बन्न चाहन्छु

म एउटा साधारण नेपाली,जो नेता बन्न चाहन्छु,
अनि देशको सेवा गर्न चाहन्छु!
देशका निमुखा र गरिबलाइ गाँस,बाँस,र कपासको ब्यवस्था गर्न चाहन्छु,
र भ्रष्टाचारिलाई फाँसी दिन चाहन्छु।

तर म त परे पढेलेखेको मान्छे,
नैतिकता र राष्ट्रियता भएको मान्छे,
अनि देशको लागि लड्ने वीर पुर्खाको रगत भएको मान्छे,
अनि जननी र जन्मभुमिको सम्मान गर्ने मान्छे।

मलाइ त यो देशले नेता बन्न दिदैन रे,
बुबा त भन्नू हुन्छ नेता बन्न ,Comedy champion हुनु पर्छ अरे।
अनि आमा भन्नुहुन्छ, हावा गफ नगरे त नेता नै भइदैन अरे,
फेरि दिदी भन्छिन्,बलत्कारिलाइ आश्रय पनि दिनुपर्छ रे!!

RIP (रिप)

हामी बुढा बुढी एक्लै घरमा
छोरी बिहे गरि घर टाढा
जेठो छोरा बिदेशमा
माइलो छोरो श्रीमतीको पेटिकोटमा
कान्छो छोरा सधै मोबाइल फोनमा

तर बर्षको एक चोटि
मुख हेर्ने दिनमा
कहिले म बुढाको
कहिले मेरो बुढिको
सामाजिक संजालमा
फोटो हाल्छन यी छोराछोरी।

अचम्मको खुशी लाग्छ
केही चिनेको साथीभाइहरु
र केही नातेदारहरु सबैले त्यो दिन
एक अर्काको बा आमाको फोटो तल
तछाड मछाड गर्दै
लाइक र कमेन्ट गर्दा रहेछ्न।

तर शंका लाग्छ
हामीलाइ कत्तिले चिने सम्झेका छन कि छैन
खै कुन्नि?
बाटोमा भेटे देखे बोल्छन कि बोल्दैनन
खै कुन्नि?

उ बेलामा, सानोमा, गाउँमा
फोटो खिच्ने रिल पनि थियेन
मेरो बा आमाको फोटो

अनि हाम्रो के रह्यो र

मादल हाम्रो, मुर्चुङ्गा हाम्रो,
डोको, नाङलो र भकारी हाम्रो,
कौसी र मझेरी पनि हाम्रो
रोटेपिङ र लिङ्गे पिङ पनि हाम्रो
यसरी सबैथोक हाम्रो भन्छौ
सेन्टिमेन्टल र आफ्नोपनको कुरा गर्छौ

SharadKumarDahal

कोरोना आयो त के भयो ?

खोला निर्बाध बगिरहेछ
हावा निश्चिन्त फैलिरहेछ,
घामको तातोमा कुनै कमि छैन
अनि बिज अङकुरण कहाँ रोकिएको छ ?

चैत्र बैशाखमा हावा हुरी आयो
पोहोर पनि त आएकै थियो,
कोइलीले कुहु कुहु गाउनु
पोथ्रा रुखमा पालुवा पलाउनु,
हिजो पनि त भएकै थियो।

पुस्तक

लेख्ने पढ्ने सबै बानी हराएर अतीत भो
हाम्रा पुस्तकको चर्चा अहिले एक गीत भो ।।

जहाँ ज्ञान र विज्ञान धर्म दर्शन टम्म छन्
भाग जोड गुणा जस्ता अङ्कका ज्ञानसम्म छन् ।।

श्रीमती हराएको मान्छे !

लौ घरको ठेगाना त छ
तर मेरो मान्छेको ठेगान् भएन

मुहार चन्द्रमा जस्तो छ
कुनै बादलले पो छेक्यो कि ?
पात्रो हेर्ने भ्याएको थिएन
कतै औँशीको दिन पो पर्यो कि ?

Image-6208__01

ओह्रालो यात्रा

‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,
प्रगतिको शिखर चुम्नुपर्छ’
भन्नुहुन्थ्यो राम सर !

हजुरबुवा
डाँडामा बसेर
‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दै
डाँडामै घाम बनेर अस्ताउनुभो

घट्ट, पसल, गैरीखेत,
दुधको डेरी र मेरो स्कूललाई
घरदेखिको दूरी घटाउन
बुवा फेदिमा बसाइँ सर्नुभो;

स्कूल पछि क्याम्पस पढ्न
सहरहुँदी झरेँ म
क्याम्पस पछि जागीर खोज्न
झन् ठूलो सहरतिर ओर्लिएँ
ठूलो सहरले नबुझाएको चित्त बुझाउन
युवालाई बगाउँदै आएको
खाडीको बाढीमा होमिएँ

हो, बाढी तल तल बग्छ
खोलाबाढीले नदीमा,
नदीले समुद्रमा,
समुद्रले किनारामा हुत्याइदियो
अहो ! सहजताको शिला टिप्न

चालिसको साढेसाती

उता नि चालिसकै साढेसाती,
यता नि चालिसकै साढेसाती,
खै यो शनिग्रह दशा कटाउने कसरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।१।

उता नि ‘र’ यता नि ‘र’
फरक यति मात्रै कि,
उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ गुम्ने साढेसाती,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।२।

उता क्वारेन्टाइन, यता आइसोलेसन जारी
फरक यति मात्रै कि
उता सार्वजनीकिरण, यता व्यक्तिकरण छानी–छानी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।३।

उता दल फोर्ने, यता बेरोजगारीले दुखी,
समता यति मात्रै कि,
दुवैमा छ अस्थिरता गुण भरी–भरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।४।