कविता
नेता बन्न चाहन्छु
म एउटा साधारण नेपाली,जो नेता बन्न चाहन्छु,
अनि देशको सेवा गर्न चाहन्छु!
देशका निमुखा र गरिबलाइ गाँस,बाँस,र कपासको ब्यवस्था गर्न चाहन्छु,
र भ्रष्टाचारिलाई फाँसी दिन चाहन्छु।
तर म त परे पढेलेखेको मान्छे,
नैतिकता र राष्ट्रियता भएको मान्छे,
अनि देशको लागि लड्ने वीर पुर्खाको रगत भएको मान्छे,
अनि जननी र जन्मभुमिको सम्मान गर्ने मान्छे।
मलाइ त यो देशले नेता बन्न दिदैन रे,
बुबा त भन्नू हुन्छ नेता बन्न ,Comedy champion हुनु पर्छ अरे।
अनि आमा भन्नुहुन्छ, हावा गफ नगरे त नेता नै भइदैन अरे,
फेरि दिदी भन्छिन्,बलत्कारिलाइ आश्रय पनि दिनुपर्छ रे!!
RIP (रिप)
हामी बुढा बुढी एक्लै घरमा
छोरी बिहे गरि घर टाढा
जेठो छोरा बिदेशमा
माइलो छोरो श्रीमतीको पेटिकोटमा
कान्छो छोरा सधै मोबाइल फोनमा
तर बर्षको एक चोटि
मुख हेर्ने दिनमा
कहिले म बुढाको
कहिले मेरो बुढिको
सामाजिक संजालमा
फोटो हाल्छन यी छोराछोरी।
अचम्मको खुशी लाग्छ
केही चिनेको साथीभाइहरु
र केही नातेदारहरु सबैले त्यो दिन
एक अर्काको बा आमाको फोटो तल
तछाड मछाड गर्दै
लाइक र कमेन्ट गर्दा रहेछ्न।
तर शंका लाग्छ
हामीलाइ कत्तिले चिने सम्झेका छन कि छैन
खै कुन्नि?
बाटोमा भेटे देखे बोल्छन कि बोल्दैनन
खै कुन्नि?
उ बेलामा, सानोमा, गाउँमा
फोटो खिच्ने रिल पनि थियेन
मेरो बा आमाको फोटो
ओह्रालो यात्रा
‘तिमीले उन्नतिको उकालो चढ्नुपर्छ,
प्रगतिको शिखर चुम्नुपर्छ’
भन्नुहुन्थ्यो राम सर !
हजुरबुवा
डाँडामा बसेर
‘म डाँडामाथिको जून हुँ’ भन्दाभन्दै
डाँडामै घाम बनेर अस्ताउनुभो
घट्ट, पसल, गैरीखेत,
दुधको डेरी र मेरो स्कूललाई
घरदेखिको दूरी घटाउन
बुवा फेदिमा बसाइँ सर्नुभो;
स्कूल पछि क्याम्पस पढ्न
सहरहुँदी झरेँ म
क्याम्पस पछि जागीर खोज्न
झन् ठूलो सहरतिर ओर्लिएँ
ठूलो सहरले नबुझाएको चित्त बुझाउन
युवालाई बगाउँदै आएको
खाडीको बाढीमा होमिएँ
हो, बाढी तल तल बग्छ
खोलाबाढीले नदीमा,
नदीले समुद्रमा,
समुद्रले किनारामा हुत्याइदियो
अहो ! सहजताको शिला टिप्न
चालिसको साढेसाती
उता नि चालिसकै साढेसाती,
यता नि चालिसकै साढेसाती,
खै यो शनिग्रह दशा कटाउने कसरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।१।
उता नि ‘र’ यता नि ‘र’
फरक यति मात्रै कि,
उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ गुम्ने साढेसाती,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।२।
उता क्वारेन्टाइन, यता आइसोलेसन जारी
फरक यति मात्रै कि
उता सार्वजनीकिरण, यता व्यक्तिकरण छानी–छानी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।३।
उता दल फोर्ने, यता बेरोजगारीले दुखी,
समता यति मात्रै कि,
दुवैमा छ अस्थिरता गुण भरी–भरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।४।

भारतकी एउटी नागरिक
सुतियो नौ बजे हिजो, जागियो तीन नै बजे,
हिंड्दै जाँदा आँखै अगाडि
जल्दैछ आगो शङ्काको त्यहीँ अल्झेँ सँगसँगै बल्दैछु
कस्तो आएको छ आपत, खेर जाँदै छ किसानको पसिना
म मजबुर छु
पत्थर त पत्थरै हो आखिर
भाग छिटै कोरोना
मादल हाम्रो, मुर्चुङ्गा हाम्रो,
खोला निर्बाध बगिरहेछ
लेख्ने पढ्ने सबै बानी हराएर अतीत भो
ओछ्यानमा लडिरहेछु
आपत बिपतमा