म अवश्वै खुसी छु
आज मेरो जन्म दिन
लाग्छ म पक्कै खुसी पनि हुनुपर्छ
भन्छन् सबै यस नि कोही दुखी हुन्छ र ?
तर म आज शत प्रतिसत त होइन
अलि खल्लो अनुभूतिको आभाष
मनको महलमा
गर्दैछु एउटा नमिठो
कस्तो टर्रो अनि तितो तितो !!
एउटा जागिरे जिवन
भौगोलिकताको सिमाङ्कन
अनि कोसौंको दूरी र दूरता
छिच्छोल्न नसकेर होला
भेट्न पाइएन
ममताको खानी बोकेर
सन्तानको लागि
तन छिनाउने मन कुडाउने
मेरो लागि त्याग र तपस्या गर्ने
मेरी आमालाई भेट्न नपाउँदा
आज कस्तो कस्तो नमिठो लाछ
फोन हुनु एउटा कुरा
साक्षात्कारको बेग्लै मज्जा छ!!!
आज मेरो खुसीको दिनमा
यो कोलाहलपूर्ण सहरबाट
सम्झदैछु
उनले गरेका दुःख
उनले सहेका पिडा
आफू रोदनमा हुदाँ नि सन्तान हँसाउने कला
सन्तानको सुखमा सधै मुस्कुराउने त्यो गला
साँच्चै महान छिन् मेरी आमा!
उनको त्याग तपस्या र महानताको वर्णन गर्न
शब्दसागरमा म डुबुल्की मारेर
शब्दको खोजी गर्दा थाक्छु
अनि म बेलामा बसेर सुस्ताउछु
झल्यास्स भएर एकैछिनमा
म फेरी सम्झन्छु आमालाई
साउनको यो महिनामा
असारे रोपो हेर्न
आमा खेत सरैयामा हुनुहुन्छ की
पौरख पोख्दै हुनुहुन्छ होला
सपना बोकेर सन्तानका लागि
पिडा घोलेर सन्तानका लागि
रोदन पिडा भुलेर
मुस्कुराउने मेरी आमालाई
सम्झदै
आज आमाको कोमल चरणमा
ढोग र नमन
मेरो जन्मदिनमा
