Skip to content

पहिले-पहिले त म नमस्कार पनि एक हातले फर्काउँथे,
कसैले नमस्कार गरेन यदी भने खुबै सित रिसाउँथे ।
पहिले-पहिले त म सल्लाह लिनपनी खुवैसित डराउँथे,
होइन्छ कि आफू सानो भनी “जान्दछु म” भनी कराउँथे ।

पहिले-पहिले त म कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा,
कुकूरको मालिक सम्झी खुबैसित डराउँथे,चिच्चाएरै कराउँथे,
तर आज म त्यो कुकूरको मालिकभन्दा पनि ठूलो मेरो मालिक चिन्ने भएको छु ।आखिर सच्चा मालिक मेरो पछिबसी रक्षा गरेको चाल पाउने भएको छु।

हुर्किएछ क्यारे म भित्रको म

पहिले-पहिले बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सन्थेँ म अहिले बाँदर छाडी आफ्नो घर बलियो पार्नतिर दौडिदैछु ।
पहिले-पहिले त म सुँगुरको अगाडीपनिमोती मिल्काउन खोज्थेँ म तर बल्ल आज चर्को भाउमा बजारमा बेच्न सक्ने भएको छु ।

आखिर हुर्किएछ कि त म भित्रको म

पहिले-पहिले बिज्ञान नै ठुलो भनेर खुबैसित कुर्लन्थेँ तर आज म,
ठुलो के रहेछ भनी खुट्टयाउन सक्ने भएको छु । अजर अमर शक्तिलाई छुट्ट्याउन सक्ने भएको छु ।
पहिले-पहिले मान्छे-मान्छे बीच राज्नितिको परखाल लगाउने म,आज
राज्नितिले के गर्दोरहेछ भनिकन छ्ट्टाउन सक्ने भएको छु,

हुर्किएछ क्यारे म भित्रको म

पहिले-पहिले पैसा सबैथोक हो भनी साथिभाइ तथा आफन्त भुल्न खोज्थेँ म,
पहिले-पहिले आफ्नो स्वास्थ्य बेचेर पनि पैसा बटुल्न खोज्थेँ म,
धिक्कार लागेर आउँछ, त्यो धन आज पत्थर वा कागत सरी बनेको देख्दा,
बस! प्रशस्त भो मलाई, यसैमा आस्चर्य चकित भएको छु ।
गोली बिनाको बन्दुक बोक्ने शिकारी झैँ अत्यन्तै थकित भएको छु ।
तैपनी फेरी आज म पैसा के हो भनी छुट्टाउन सक्ने भएको छु,
इस्टमित्र को हुन भनी खुट्ट्याउन सक्ने भएको छु ।

बल्ल पो हुर्किएछ नि म भित्रको म

पहिले-पहिले आफू नाचेको ठाउँमा कोही धोती फुकालेरै नाङ्गै नाच्न तम्सिँदा,
नाच्नेलाई धकेल्न खोज्ने म आज, ठाउँ सरेर नाच्न सक्ने भएको छु ।
पहिले-पहिले सबैजना मेरा मित्र हुन भनी हुरुक्कै गर्थेँ म,
आफ्नै ठानेको साथीले मर्कनेगरी खुट्टा तानेको देख्दा बल्ल पो थाहा भो म त मिथ्या भरममा पो रहेछु ।
तैपनी सिकाइदियौ पाठ कोरोना तिमी, त्यसैले त म आज सच्चा अनि कच्चा मित्र छुट्टाउन सक्ने भएको छु
दुध होकी पानी खुट्ट्याउन सक्ने भएको छु
दुधमा मिसिएको बिष पनि छुट्याउन सक्ने भएको छु ।
दुधमा मिसिएको बिष पनि छुट्याउन सक्ने भएको छु ।

बलियो बन्यो कि त म भित्रको म
धन्यवाद ।

1 thought on “म भित्रको म”

  1. पहिले-पहिले त म नमस्कार पनि एक हातले फर्काउँथे, कसैले नमस्कार गर
    यहाँहरुको महत्वपूर्ण सल्लाह र सुझाबको लागी आभारी हुनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *