किताब तिमी सधैँ मेरो,
सँगै हुने साथी,
तिमीले गर्दा नै म,
पुग्छु धेरै माथि ।
अङ्क, अक्षर, चित्रहरू,
तिम्रै पाना भित्र,
पढ्न-लेख्न सिक्दैछु म,
हेर्दै शब्द-चित्र ।
तिमीबाट ज्ञान पाई,
ठूलो मान्छे बन्छु ।
साना-ठूला सबैलाई,
किताब जाती भन्छु ।
तिमीलाई खोज्दै पढेँ मैले,
पाएँ धेरै ज्ञान,
बुद्ध अनि सगरमाथा,
नेपालको सान ।
त्यसैले त पढ्छु किताब,
पाना फर्काई-फर्काई,
पढिसकेपछि नाच्छु,
जीउ मर्काई-मर्काई ।

मुना २०६७ चैत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *