Skip to content

विविध-विधा

मनको रहर मनभित्र के गुम्स्याएर बस्छ्यौ सानू

मनको रहर मनभित्र के गुम्स्याएर बस्छ्यौ सानू
कि नफक्रिदै कोपिलामै के ओइलाएर झर्छ्यौ सानू ।।१।।

हुल्न पाए कस्तो हुन्थ्यो ?

सधैभरि तिमीसँगै डुल्न पाए कस्तो हुन्थ्यो ?
रात बिच अन्धेरीमा भुल्न पाए कस्तो हुन्थ्यो ?

प्रेम रुपी बगैंचामा गुलाफको फूल जस्तै
जुनी जुनी सँगसँगै फुल्न पाए कस्तो हुन्थ्यो ?

मायाँ गाँसी तिमीसँगै चखेवाको जोडी जस्तै
न्यानो तिम्रै अंगालोमा झुल्न पाए कस्तो हुन्थ्यो ?

तीन मुक्तक (बिन्ती आऊ भन्दिन्, नहुनु है सानु, तिम्रो मन रोक्का )

(१)
भित्र भित्रै जल्छु बरु बिन्ती आऊ भन्दिन् ।
तिमी बिना एक्लो भएँ माया लाऊ भन्दिन् ।
पिडा बोकाई मन भित्र मुटु जलाई तिम्रो,
देवी देउता भाकी कसम खाऊ भन्दिन् ।

कस्तो हो यो जिन्दगी तिमीबिना अधुरो छ

कस्तो हो यो जिन्दगी तिमीबिना अधुरो छ
कस्तो हेर त निभ्न लाग्यो बत्ति मधुरो छ।।१।।

लागेको हो कति तिर्खा तिम्रो तिर्सनाको
कस्तो शुद्ध हो पानी खान छेउमै पँधेरो छ।।२।।

भाकेर ति खाका कसम तिम्ले पोहोर साल
कस्तो हो आज तिनै कसम अझै अपुरो छ।।३।।

ग्रसित छु किन हो खै चिन्ता छ यो मनभरी
घाम लाछ टण्टलापुर किन दिउँसै अँधेरो छ।।४।।

राती राती सपनीमा कति धाइरहन्छ्यौ

राती राती सपनीमा कति धाइरहन्छ्यौ
लुकीछिपी मोहनी लौ कति लाइरहन्छ्यौ।।१।।

एकोहोरिदा कल्पनामा झसङ्ग पार्छ्यौ कति
रचि रचि प्रमका गीत कति गाइरहन्छ्यौ।।२।।

मेरो लागि तिम्रो माया मैनसरी पग्लेपनि
रोकी रोकी श्वासपनि कति आइरहन्छ्यौ।।३।।

देख्छु ति सलबलाउछन् तिम्रा बोल्न ओठहरु
ताकी ताकी सिकारीझै कति मारिरहन्छ्यौ।।४।।

जुध्दा तिम्रा मेरा आँखा कहिलेकाँही किन
काटी काटी कोयासरी कति दारिरहन्छ्यौ।।५।।

अचेल (मुक्तक)

आफन्त र पराइ, उस्तै लाग्न थाले अचेल
आफ्नै ठानेका पनि, देखेर भाग्न थाले अचेल
खै कस्को बिश्वास गर्ने यहाँ, सबै उस्तै भएपछि
दुख पर्दा खेरी यहाँ, शत्रु पनि जाग्न थाले अचेल

तिम्ले मैले सँगसँगै बाटो काटेको बिर्स्यौ कि साथहरू

तिम्ले मैले सँगसँगै बाटो काटेको बिर्स्यौ कि साथहरू
तिम्ले मैले सँगसँगै मिठो काटेको बिर्स्यौ कि रातहरू ।।१।।

कस्तो मज्जा गर्थ्यौ तिमीले साह्रै चुलबुलेपन देखाएर
तिम्ले मैले सँगसँगै खोलो काटेको बिर्स्यौ कि यादहरू ।।२।।

LuckyTara-02

जनतालाई हतकडी र नेल यहाँ

कति बगे कसलाई थाहा रगतका भेल यहाँ
कहिले हुने होला देशमा दाजुभाईको मेल यहाँ

आपसमा जुधाएर कुर्सी ताक्ने धेरै रैछन
कसलाई थाहा राजनीति त चतुरेको झेल यहाँ

साँच्चै मुग्लान पस्नु पर्ने बाध्यता कस्तो कस्तो

साँच्चै मुग्लान पस्नु पर्ने बाध्यता कस्तो कस्तो
साँच्चै नेपाल त्याग्नु पर्ने बाध्यता कस्तो कस्तो।।१।।

हुन्छ भन्थे परिवर्तन दिन्छु भन्थे रोजगार पनि
साँच्चै विदेश म बस्नु पर्ने बाध्यता कस्तो कस्तो।।२।।

गर्छन् कुरा जनसत्ताको आँटेको छु भन्छन् कत्ति
साँच्चै साहु जि डाक्नु पर्ने बाध्यता कस्तो कस्तो।।३।।

पौरखी भै खेत रोपौँ

  • by

पौरखी भै खेत रोपौँ खोरिया त्यो फाड्दै जाऔँ
मल हुन्छ झारपात त्यही हिलोमा गाड्दै जाऔँ

राम्रो बाली पक्कै हुन्छ बिज राम्रो रोपेदेखि
हर्लक्कको बिज रोपी सानो तिनो झाट्दै जाऔँ

तिमी थियौ र त आए

तिमी थियौ र त आए नि तिम्रो गाउँमा
मुटु दियौ र माया लाए नि तिम्रो गाउँमा
आहा त्यो रुप्, छटा अनि अधर्ले बोलायौ
र त पिरती बिसाउन पाए नि तिम्रो गाउँमा

एकान्तमा तिम्रो साथमा रमाएको याद आयो

  • by

एकान्तमा तिम्रो साथमा रमाएको याद आयो
मेरै हौ नि भन्दै हात समाएको याद आयो ।।

टोलाएर बस्दा तिमी आँखा अघि नाचिदिन्थेँ
कुनै साँझ रातो गुलाव थमाएको याद आयो ।।

झुटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ

झुटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ
लूटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।१।।

अजङ्गको कस्तो कस्तो डरलाग्दो छ मुटु थररर
शूटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।२।।

रंगको कालो कालो मोरो त्यसको मन त सफै रैछ
कुटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।३।।

हिलो छ बाटो यहाँ न आउ भो भेट्नलाई

हिलो छ बाटो यहाँ न आउ भो भेट्नलाई
गिलो छ माटो यहाँ न आउ भो टेक्नलाई।।१।।

लोभिन्छु रुपमा फक्रिएछ्यौ मोरी फूलसरी
मिले छ पालो यहाँ न आउ भो रोक्नलाई।।२।।

बनूँ कि माली म बागमा फूलै फूल देख्दछु
साटो छ पालो यहाँ न आउ भो छेक्नलाई।।३।।

म बस्छु रमेर टिप्दै फूल त्यो डाली डालीको
कालो छ सालो यहाँ न आउ भो भेट्नलाई।।४।।

चोखो हाम्रो पिरतीमा बादलू छाँया परेको छ

चोखो हाम्रो पिरतीमा बादलू छाँया परेको छ
वाचा त्यागी तिमी जाँदा नीरका धारा झरेको छ।।१।।

हेर रोहित गरिब छौ मैंले सुख पाउँदिन भनि
कस्तो पेलेर भनी गयौ आज मन गलेको छ।।२।।

मलाई छाडी अंगालेर पराई सँगै गएपनि
यसो आउँदा पस्नु झुपडीले स्वागत गरेको छ।।३।।

मेरो खरको छानो छ तिम्ले रोज्यौ पक्की ढलान
ढिंडोसित सिस्नु खान्छु कस्तो मिठो मन परेको छ।।४।।

आशा पुरै नमार्नु भन्छन् श्वास रहे आश रहन्छ रे
सुक्न लागेको गुलावमा नि पानी हाल्दा सरेको छ।।५।।

ए काली गरेर रिचार्ज म फोन गरुँ

ए काली गरेर रिचार्ज म फोन गरुँ
ए काली कोरेर रिचार्ज म फोन गरुँ।।१।।

भड्किन्छ्यौ की अन्तै भय मनमा लिदै
ए काली किनर रिचार्ज म फोन गरुँ।।२।।

अमूल्य छ पैसा बगाउँछु म जलसरी
ए काली सकेर रिचार्ज म फोन गरुँ।।३।।

खाएर सुत्छ्यौ कि नखाई भोक भोकै
ए काली भरेर रिचार्ज म फोन गरुँ।।४।।

न हुन्छ सम्पर्क के नम्बर चेन्ज भो
ए काली गनेर रिचार्ज म फोन गरुँ।।५।।

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा

किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।१।।

कति राम्रो नशालू रुप जहरिली भइ नहिड है
किन लजाएकी सानू खोले हुन्छ मनका कुरा।।२।।

प्रणय जाल बुन्यौ अब तिम्रो र मेरो बिचमा
किन टोलाएकी सानू खोसे हुन्छ मनका कुरा।।३।।

संयोग छ मिलनको सँगै काट्यौ सयौं जुनि
किन डराएकी सानू खोले हुन्छ मनका कुरा।।४।।

न छ कि रिस राग त्यो मनमा ठुलै शत्रुताको
किन भराएकी सानू पोले हुन्छ मनका कुरा।।५।।

कोर्रा लगाई डाँडा कटाओस

नेताहरूलाई संविधान बनाउने भोक लागोस
देशमा शान्ति कायम राख्ने तृष्णा जागोस

झुटा आशा जगाएर मुख थुने जनताको
बाचा पुरा गर्ने सर्तमा फेरि भोट मागोस