तिम्ले मैले सँगसँगै बाटो काटेको बिर्स्यौ कि साथहरू
तिम्ले मैले सँगसँगै मिठो काटेको बिर्स्यौ कि रातहरू ।।१।।
कस्तो मज्जा गर्थ्यौ तिमीले साह्रै चुलबुलेपन देखाएर
तिम्ले मैले सँगसँगै खोलो काटेको बिर्स्यौ कि यादहरू ।।२।।
बगरछेउको सालको रुखमा हामीले घारे मौरी काटेर
तिम्ले मैले सँगसँगै हात चाटेको बिर्स्यौ कि साथहरू ।।३।।
आँधी हुरी चल्दाखेरी त्रसित हुँदै मन कस्तो आत्तिएर
तिम्ले मैले सँगसँगै हात बाँधेको बिर्स्यौ कि यादहरू ।।४।।
बसन्त बहार चल्दा हामी चौतारीको पिपलमुनि बसेर
तिम्ले मैले सँगसँगै वाचा बाँधेको बिर्स्यौ कि बातहरू ।।५ ।।
