राती राती सपनीमा कति धाइरहन्छ्यौ
लुकीछिपी मोहनी लौ कति लाइरहन्छ्यौ।।१।।
एकोहोरिदा कल्पनामा झसङ्ग पार्छ्यौ कति
रचि रचि प्रमका गीत कति गाइरहन्छ्यौ।।२।।
मेरो लागि तिम्रो माया मैनसरी पग्लेपनि
रोकी रोकी श्वासपनि कति आइरहन्छ्यौ।।३।।
देख्छु ति सलबलाउछन् तिम्रा बोल्न ओठहरु
ताकी ताकी सिकारीझै कति मारिरहन्छ्यौ।।४।।
जुध्दा तिम्रा मेरा आँखा कहिलेकाँही किन
काटी काटी कोयासरी कति दारिरहन्छ्यौ।।५।।
