पौरखी भै खेत रोपौँ खोरिया त्यो फाड्दै जाऔँ
मल हुन्छ झारपात त्यही हिलोमा गाड्दै जाऔँ
राम्रो बाली पक्कै हुन्छ बिज राम्रो रोपेदेखि
हर्लक्कको बिज रोपी सानो तिनो झाट्दै जाऔँ
दिन दिनै पानी हाल्दै सके जति गोड्मेल गरौ
किरा लाग्ला होस गरी सक्दो बाली छाट्दै जाऔँ
राम्रोसँग पाकेपछि बाली काट्नु मौसम् हेरी
फल्छ धान लहलह नहल्लाई काट्दै जाऔँ
केही दिन सुक्नु पर्छ नआत्तिउ है कुन्यु लगाई
दँदेराले दाईँ हाली धाँन सबै माड्दै जाऔँ
भाकारी त्यो टम्म छोपी मुसादेखि जोगाउनु है
यो साललाई अन्न पुग्छ खुशी अब बाँड्दै जाऔँ
(असारे गजल)
स्याङ्जाली रमेश
स्थायी घर : अर्जुनचौपारी ४
हाल : मरुभूमिको छातीबाट
