झुटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ
लूटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।१।।
अजङ्गको कस्तो कस्तो डरलाग्दो छ मुटु थररर
शूटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।२।।
रंगको कालो कालो मोरो त्यसको मन त सफै रैछ
कुटको खेती गर्न खप्पिस नेतामा हुने बानी रैछ।।३।।
