दुनियाँको सामु लुक्ने बनायौ जगत राम बर्देवा घायल गजल by kbsAugust 2, 20101 Commentतिम्रा हरेक गल्लीहरू ढुक्ने बनायौ दुनियाँको सामु आज लुक्ने बनायौ । तिमी बन्यौ महान नारी एक्कै पलमा मलाई भने पाईलै पिच्छे चुक्ने बनायौ । भन्थ्यौ घाउ भयो भने मलम बनिदिन्छु तर आज बिना घाउ दुख्ने बनायौ ।
कसम – गजल मनोज काफ्ले 'मनसुन' गजल by Manoj kafleAugust 1, 20102 Commentsतिमीसँग बिताएका रातहरूको कसम तनैभरि कुदाएका हातहरूको कसम ।
बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा घायल योद्धा गजल by 'Ghayal Yoddha' NawarajJuly 30, 201013 Commentsबाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा हेर्दै मलाई धुरूधुरू रुनुहुन्थ्यो आमा धन कमाई जाऊँला भनी मुग्लानमा हुँदा यिनै नयन वरिपरि हुनुहुन्थ्यो आमा भोकै परिस् भने छोरा यै बेची खानु भन्दै कानकै मुन्द्री लैजा भनी फु’नुहुन्थ्यो आमा
चौतारीमा ढुकी बसे तीर्थ (यात्री) पौडेल गजल by kbsJuly 29, 2010तिमी हिंड्ने बाटो हेरी चौतारीमा ढुकी बसे आउँदाखेरि झुक्याउनलाई बरको रुखमा लुकी बसे, सधै हाम्रो भेट हुने मानेडाँडा चौतारीमा तिम्रो फोटो हातमा लिई केही क्षण रुकी बसे, अतितले खेदिरह्यो सम्झना भई यी आँखामा चर्कियो मुटु बेदनाले शान्त पर्न फुकी बसे,
तिमी बिना दिलु थापा मगर गजल by Dil Maya Thapa MagarJuly 28, 20101 Commentढल्की गयो रात तर पनि पर्खिरहें कसैको छायाँ मानी म झस्किरहें तिमी बिना लामो थियो यात्राहरू आउदै छौ कि भनी पछी फर्किरहें
नाता जिन्दगीको निर्मला थापा गजल by NirmalaJuly 28, 20107 Commentsउनीसँगै गाँस्न पाऊँ नाता जिन्दगीको ओडाउँदै प्रेम रुपी छाता जिन्दगीको हेरिरहुँ लाग्ने सधैं आहा सुन्दर चेहरा ती उनकै बाहुपासमा बितोस् साता जिन्दगीको
ज्ञानको भोको भएर स्कूल धायौ सधैँ (बाल गजल) नन्दलाल आचार्य गजल by kbsJuly 26, 20101 Commentज्ञानको भोको भएर स्कूल धायौ सधैँ प्रत्येक दिन केही न केही पायौ सधैँ । पुरानो जान्छ वर्षौँवर्ष नयाँको हो पालो रीत यस्तै छ नानी माया लायौ सधैँ । अनुशासन शिरमा राखी मनचाहिँ दियौ त्यसैले त सबको दिलमा छायौ सधैँ।
महासागर बल्दैन कसैगरी प्रभाकर पण्डित गजल by gorkhesailoJuly 26, 20106 Commentsझरीमा रुझेर सूर्य गल्दैन कसै गरी शीतको भार वृक्ष ढल्दैन कसै गरी । असम्भव नै छैन भन्छन् जित्नेहरू तर चाहेर रुखमा मोती फल्दैन कसै गरी । रोकिन्न समययात्रा काँडेबार लाए पनि घडीको सुई उल्टो दिशा चल्दैन कसै गरी ।
तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन नवराज गाउँले गजल मधुपर्क २०६७ असार by kbsJuly 24, 2010तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन आखिर माया पाए पनि, जीवन जिउने भर छैन ।
टोलाउने सम्झनाहरू जोडेर गयौ तिमीले वसन्त क्षितिज गजल मधुपर्क २०६७ असार by kbsJuly 24, 2010टोलाउने सम्झनाहरू जोडेर गयौ तिमीले बोलाउने एउटा नाम छोडेर गयौ तिमीले ।
गजल “तिम्रै लागि” मदन डुम्रे गजल http://www.madandumre.blogspot.com by madanJuly 23, 2010परेलीका आँसु पिई तिम्रै लागि बाँची दिन्छु खुसीहरू सजाएर तिम्रै लागि साँची दिन्छु। तिमी हिड्ने बाटोभरि फूलै फूल सजाउँदा बाटो छेक्ने काँडाहरू तिम्रै लागि भाँची दिन्छु ।
मेरो मिल्ने साथी छ नन्दलाल आचार्य गजल by kbsJuly 20, 2010अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ । भेडाऊँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ खानेसुत्ने ठेगानै हुन्न त्योभन्दा त जाति छ। मर्यो भने भेडाऊँटकै भाउ मात्रै मिल्दा त भन्ने गर्छ अरबलाई मानवकै घाती छ।
हरिया चुरा लाएकी रैछ्यौ ( गजल ) मित्र पाठक गजल by Mitra pathakJuly 19, 20103 Commentsपानी मात्रै खाएकी रैछ्यौ मेरै नाममा हो कि ? हरिया चुरा लाएकी रैछ्यौ मेरै नाममा हो कि ?
गाँस खोज्दैछ जिन्दगी सन्देश पोखरेल कल्पित गजल by SandeshJuly 19, 2010एकमुट्ठी चामल छैन, गाँस खोज्दैछ जिन्दगी कतै बस्ने झुपडी छैन, बास खोज्दैछ जिन्दगी । गगनमुनीको विश्रान्ती कति टिक्ला र खै, घिडघिडाउदो नाडी छाम्दै सास खोज्दैछ जिन्दगी ।
म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला तीर्थ (यात्री) पौडेल गजल by kbsJuly 19, 2010म बिनाको तिमीलाई सुमसान हर रात लाग्ला आफै मान्छे भनाउँदाको अनायासै हात लाग्ला, बाँधी राखे पनि मन बरालियो भने कतै होस राख्नु जोस कतै नगरेको बात लाग्ला, तिमी सम्झी बिदेसमा बसेको छु वियोग खपी सम्झिएर रंगीन रात एकान्तमा मात लाग्ला,
धेरै भयो मैले अचेल गोपीकृष्ण ढुङ्गाना 'पथिक' गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010धेरै भयो मैले अचेल गजल नलेखेको त्यति नै दिन भयो सायद तिम्लाई नदेखेको ।
अंशियार उनै श्रेष्ठ प्रिया 'पत्थर' गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010परिवर्तन जे भए नि, अंशियार उनै पाश्र्वबाट सल्लाह दिने, मतियार उनै ।
मानापाथी मुरी गन्छे अन्न मेरी आमा सुनील पुरी गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010मानापाथी मुरी गन्छे अन्न मेरी आमा बाँडीचुँडी खाउँ भन्छे धन्न मेरी आमा
संविधान-लेखन प्रकाश राजापुरी गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010संविधानमा नेपालीको पहिचान लेखिदेऊ । यस राष्ट्रको गौरव र स्वाभिमान लेखी देऊ ।।
फूलझैं वासना छर्नु पो जिन्दगी रवि प्राञ्जल गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010फूलझैं वासना छर्नु पो जिन्दगी । गर्वले वन्दना गर्नु पो जिन्दगी ।